काठमाडौं । भारतीय सञ्चारमाध्यमहरुले चिनियाँ सेना भारतीय क्षेत्रमा प्रवेश गरी स्थानीयलाई धम्की दिएको दाबी गरेका छन् । टाइम्स अफ इण्डियाको एउटा समाचारका अनुसार भारत–चीन सीमामा चिनियाँ सिपाहीहरूले दुईवटा गाडीमा सीमा पार गरे र भारतीय क्षेत्रभित्र प्रवेश गरे ।
Advertisement
अखबारले लेखेको छ कि यो घटना लेहको १३५ किलोमिटर पूर्वमा नियोमा क्षेत्रको चान्ताङ गाउँको हो । स्थानीयले आइतबारको भिडियो साझा गरे ।
टाइम्स अफ इण्डियाले भनेको छ, उसले यस विषयमा थप जानकारी लिन आईटीबीपी सुरक्षा बललाई सम्पर्क गरेपनि उनले कुरा गर्न अस्वीकार गरे ।
अखबारका अनुसार यी व्यक्तिहरू सादा पोशाकमा थिए र त्यहाँ स्थानीय गोठालाहरूलाईआफ्ना पशु चरनमा मनाही गरिरहेका थिए । तर स्थानीय बासिन्दाहरूको विरोधका कारण उनीहरूले त्यहाँबाट फर्किएका थिए ।