हेम बिजी
निभिसक्यो निरङ्कुशता अब बाल्न सकिँदैन
प्रतिगमन नचिच्चाऊ गणतन्त्र ढाल्न सकिँदैन
Advertisement
हजारौँ सहिदको रगत बगाई ल्याको लोकतन्त्र
नलगाऊ थोत्रा नारा अग्रगमन फाल्न सकिँदैन
भत्किएर गयो दुई सय अड्तिस वर्षको स्वर्ग
मालिकको शिरमा फेरि श्रीपेज हाल्न सकिँदैन
सत्र साल कहिल्यै फर्किँदैन यो देशमा अब
नदेख सपना कू कदम फेरि चाल्न सकिँदैन
उल्टो इतिहास कहाँ घुम्दै जान्छ घरिघरि
पूरै च्यातिएको राजतन्त्र टाल्न सकिँदैन