• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

४० वर्ष अगाडि जलजलाले लेखेको त्यो पत्र


  •   शुक्रबार, पुष ०३, २०७७ मा प्रकाशित
  • (यो पत्र विद्या ढकाल (का. जलजला)ले आज भन्दा करिब ४ दशक पहिले आफ्नो १ जना दाइ पर्ने नातेदारलाई लेखेकी थिइन् । उनको निधन पछि उनका कागज–पत्रहरुमा यो पत्र फेला परेको थियो । त्यसबाट थाहा हुन्छ, उनले त्यो पत्र लेखेर पठाउन पाएकी थिइनन् । त्यो बेला त्यो पत्रमा पत्र पाउने व्यक्तिको नाम पनि लेखिएको थियो । २०४३ को महिला ध्वनीमा त्यो पत्र प्रकाशित भएको थियो । त्यो बेला नेपालमा पञ्चायती व्यवस्था भएको हुनाले त्यो पत्रिकामा वास्कतविक नाम दिँदा सम्बन्धित व्यक्तिलाई अपठ्यारो पर्न सक्दथ्यो । पुलिसले उनलाई गिरफ्तार गर्न सक्दथे । त्यसैले त्यो नाम उल्लेख नगरिकन त्यो पत्र प्रकाशित गरिएको थियो ।

    Advertisement

    २०५८ को चैत्रमा अखिल नेपाल महिला संघद्वारा प्रकाशित “महिला मुक्ति आन्दोलन” पुस्तकमा पनि पुनः त्यो लेख प्रकाशित भएको थियो । तर त्यो बेला जलजलाले पत्र लेखेको वास्तविक व्यक्तिको नाम हामीलाई याद हुन सकेको थिएन । त्यसैले त्यो बेला पनि पत्र पर्ने व्यक्तिको नामलाई उल्लेख गर्न सकिएको थिएन । अहिले हामीले पुनः त्यो पत्र प्रकाशित गर्दै छौँ । उनले सम्बोधन गरेको व्यक्ति को हो ? हामीले पत्ता लगाउने प्रयत्न ग¥यौ तर पत्ता लाग्न सकेन । त्यसैले सम्बन्धित व्यक्तिको नामको उल्लेख नगरिकन नै हामीले त्यो पत्रलाई जस्ताको त्यस्तै प्रकाशित गर्दै छौँ । पत्र धेरै पुरानो भएपनि, प्रथम, त्यो पत्रबाट त्यो बेलाको स्थिति बुझ्न, द्धितीय, अहिले पनि त्यो पत्र सान्दर्भिक हुने देखेर हामीले अहिले पुनः त्यो पत्रलाई प्रकाशित गर्दैछौँ । – मोहनविक्रम सिंह)
    ………..,
    तपाईंले पठाउनु भएको २५ जुलाईको पत्र पाएँ । पढेर कुनै आश्चार्य लागेन साथै नराम्रो पनि । कारण झापाली गुटले हाम्रो चौथो महाधिवेशनलाई कहिले पो गद्दार एमवी (मोहनविक्रम) गुट भनेर गाली नगरेको छ र तपाईंबाट पनि यही कुरा दोहोरियो । तपाईं झापाली गुटको समर्थक मान्छेले त्यो भन्नु स्वाभाविकै हो । किनकि चौथो महाधिवेशनलाई गाली गर्नु त तपाईंहरुको गुटको विशेषता नै हो ।

    तपाईको पत्रको उत्तर जति लामो पनि हुन सक्छ । तपाईले भने झैँ एमवीले लेख्नु भएको मोटो ग्रन्थ भन्दा पनि लामो । तर आज लामो उत्तर लेख्ने पक्षमा छैन । परीक्षा नजिकै आएकाले त्यसैको तयारीमा लागेको छु । तपाईको पत्रको प्रतिक्रियासम्म जनाई दिउँ भनेर ।

    तपाईंले एमवी गुट जन्मैदेखिको संशोधनवादी हो भनेर चौथो महाधिवेशनको क्रान्तिकारी चरित्रलाई धमिलो पार्ने कोशिश गर्नु भएको छ । कुनै पनि लाइन सही छ वा गलत, व्यवहारको कशीमा जाँचेर हेरेपछि मात्र थाहा लाग्ने छ कि, झापाली साथीहरुले अँगाल्नु भएको लाइन कहाँसम्म सही लाइन हो ? त्यो कशी होः माक्र्सवाद–लेनिनवाद र माओ विचारधाराको सैद्धान्तिक आधार, दार्शनिक मान्यता तथा तपाईहरुको व्यावहारिक सफलता । अनि मात्र थाहा हुनेछ झापाली साथीहरुले लिनु भएको बाटो माक्र्सवादी हो वा गैर माक्र्सवादी ?

    तपाईंले मलाई पूर्वाग्रहरहित भएर को.के. (कोअडिनेशन केन्द्र) का प्रकाशनहरु पढ्ने सुझाव दिनुभएको रहेछ । तपाईको यो सुझाव संकुचित साथै स्वार्थयुक्त लाग्यो । कारण के भने को.के.का प्रकाशनहरुको अध्ययनले सैद्धान्तिक चेतना उठाउँदैन बरु उल्टो उग्र ‘वामपन्थी’, दलदलमा फसिन्छ मात्र । को.के.ले लिएको लाइन कहाँसम्म सही छ भन्ने पत्ता लगाउन को.के.का प्रकाशनहरुले मात्र मद्दत गर्दैन । त्यसको लागि यो जरुरी छ कि माक्र्सवाद–लेनिनवाद र माओ विचारधाराको कशीमा को.केका प्रकाशनहरुको अध्ययन गरेमा मात्र थाहा हुनेछ, को.केको लाइन कहाँसम्म सही र माक्र्सवादको नजिक छ ?

    मैले आफूलाई माक्र्सवादको साधारण विद्यार्थी नै सम्झन्छु । यसो त मैले माक्र्सवादलाई एक छेउ मात्र पनि बुझिसकेको छैन हुँला । तर जति बुझ्न सफल भएको छु, त्यतिको आधारमा झापाली गुटलाई कशीमा लगाउँदा यो गुटको जन्म वाकुलिनवाद र ब्यांकुइवादबाट भएको भन्न सकिन्छ । त्यसले अल्पमतको शक्तिमाथि विश्वास राख्छ । जनताको शक्तिलाई कम आँक्छ । वाकुलिनको अराजकतावादले माक्र्स, एंगेल्स र लेनिनलाई गाली गर्दथ्यो । माक्र्सवादलाई अक्रान्तिकारी बताउँथ्यो । यसरी नांगो रुपमा आउँदा उसले नराम्ररी हार खाइ आएकाले आधुनिक जमानाका आतंकवादीहरु आफूलाई माक्र्सवाद–लेनिनवाद र माओ विचारधाराको आडमा लुकाउने दुष्प्रयास गर्दैछन् । त्यसैले त उनीहरु माक्र्स, लेनिनको गुणगान गाउन थालेका छन् । माक्र्स, ऐंगल्स, लेनिन र माओका उक्तिहरुलाई वस्तुगत स्थितिबाट खुरुक्क झिकेर आत्मगत रुपमा व्याख्या गर्दैछन् । माक्र्स, ऐंगेल्सको उक्तिहरुलाई नै माक्र्सवाद–लेनिनवादको विरुद्धमा हतियार बनाउँदै छन् ।

    त्यसैले म तपाईंलाई यो सुझाव दिन्छु कि एक पटक पूर्वाग्रहरहित भएर माक्र्सवाद–लेनिनवाद तथा माओ विचारधाराको अध्ययन गर्नुस् । अनि मात्र त्यसको आधारमा झापाली गुटका प्रकाशन साथै चौथो महाधिवेशनका प्रकाशनहरुलाई पढ्नुस् । तब नै तपाईं क्रान्ति गर्ने पार्टीको नजिक पुग्नु हुनेछ । तपाईंले माक्र्सवादको साधारण शिक्षार्थीको रुपमा माक्र्सवादलाई अध्ययन गरेपछि मात्र तपाईं सही बाटो भेटाउनु हुनेछ । तपाईंले मलाई गद्दार गुटभित्र अल्मलिएकी एउटी इमान्दार कार्यकर्ता सम्झनु भएछ । हुन सक्छ त्यसको उल्टो सही लाइन लिएर अघि बढ्दै गरेको पार्टीभित्र एउटा ‘गद्दार व्यक्ति’ पनि म हुन सक्छु वा इमान्दार कार्यकर्ता । त्यो त भविष्यले बताउने छ । भविष्यमा म कतिसम्म क्रान्ति र पार्टीप्रति इमान्दार रहन सक्ने छु, त्यसले नै बताउने छ । आशा त राखेको छु, क्रान्ति र पार्टीको हितमा नै बाँच्ने र मर्ने पनि ।

    तपाईंले वर्ग–संघर्ष ६ पढ्ने सुझाव दिनु भएको रहेछ । मैले अहिलेसम्म त पढेको छैन । तर अवश्य पढ्ने छु । आजसम्मका वर्गसंघर्षको अध्ययनबाट त मैले उल्टो झापाली गुटको लाइन गैर–माक्र्सवादी नै पाएको छु । मलाई आशा छ छैठौँ अंकले झन् तपाईंहरुको लाइनलाई गैर माक्र्सवादी प्रमाणित गरेको होला । किनकि तपाईहरु माक्र्स, लेनिन र माओलाई बुझ्नु नै भएको छैन । त्यसमा पनि उनीहरुका रणनीति र कार्यनीतिलाई त अलिकता पनि । त्यसैले तपाईंहरुको माक्र्सवाद लेनिनवादको व्याख्या माक्र्सवादको विरोधमा हुन्छ । अतः फेरि तपाईलाई भन्छु एक पटक माक्र्स, लेनिन, माओलाई बुझ्ने प्रयास गर्नु ।

    क्रान्तिको बाटो लामो, कठिनाइपूर्ण साथै अप्ठेरो हुन्छ । त्यसैले यसमा न हतारिएर हुन्छ, न विश्राम गरेर । सही रुपमा दृढ भएर अघि बढ्नु पर्छ । क्रान्तिको बाटो लामो देखेर त्यसलाई अप्राकृतिक रुपमा छोट्याउने प्रयास गर्नु पनि इतिहासमा कलंकको टीका हुनु हो । अप्ठेरो र लामो बाटोमा लगनशील भएर अघि बढ्न नसक्नेहरु नै उग्र “वामपन्थी” भड्कावमा भड्किन पुग्छन् । त्यसैले त उनीहरु बस्तुगत परिस्थिति तयार हुँदासम्म या तयार गर्नेतिर न लागिकन आत्मगत परिस्थितिकै आधारमा अल्पमतबाट क्रान्ति गर्ने सपना देख्दछन् । उनीहरुमा लामो समय क्रान्तिको प्रतिक्षा गर्ने क्षमता हुँदैन । लेनिनको शब्दमा “उग्र वामपन्थी” कम्युनिष्ट केटौले खेल ।”

    मैले पनि तपाईको क्रान्तिप्रतिको चाहनालाई राम्ररी चिनेको छु । त्यसैले तपाईलाई उग्रवादी दलदलमा रुमलिएर बसेको हेर्न चाहन्न । तपाईको क्रान्तिकारी स्पिरिटको आदर गर्छु । मलाई आशा छ, तपाई एकदिन सही बाटो पहिल्याउन सफल हुनु हुनेछ । नपहिल्याएको खण्डमा पनि त्यति पीर छैन । किनकि तपाई जस्ता कैयन इमान्दार क्रान्तिकारी युवक उग्रवादी दलदलमा फस्न पुगिरहेका छन् । तपाई मात्र हैन । दुःख लाग्छ यसरी युवा शक्ति बेकारमा खेर गएको देखेर ।

    तपाईले भन्नु भएको कुरा सही हो, क्रान्ति, पार्टी र सिद्धान्तप्रति बलिदानको भावनामा आधारित आत्मीयता र स्नेह नै झन् झन् बलियो हँदै जान्छ । हाम्रो जीवनमा त्यसकै महत्व छ । त्यो हुनै पर्छ । हामी माक्र्सवादीहरु उदारतावादको विरोध गर्दछौँ । एकदिन त्यो थियो जुन दिन तपाईले मलाई विद्या बैनी भन्नु भएको थियो । म कत्ति खुशी भएको थिएँ । मेरो आमाले दाजु नजन्माउनु भए पनि तपाईजस्तो क्रान्ति र पार्टीप्रति बलिदानको भावना भएको दाजु पाएँ भने । तर आज त्यो खुशी छैन । किनकि, तपाईको दृष्टिमा म जुन बाटोमा हिँडिरहेकी छु, त्यो गलत छ । एकपटक मैले तपाईलाई भेट्न चाहन्थे । तपाईलाई प्रष्ट होस् म चौथो महाधिवेशनलाई मान्छु भनेर ! भेट भयो, राम्रै भयो ।

    तपाईसँगको पत्र व्यवहारबाट मेरो सैद्धान्तिक चेतना उठ्ला भन्ने त्यति आश नभएकाले अब उप्रान्त पत्र नलेख्नु भए वेश हुने थियो ।

    शुक्रबार, पुष ०३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.