राम गैरे पाल्पाली
भित्र आँसु हातमा राधानी सरकार के गर्नु ?
सही ठाउँमा छैन लगानी सरकार के गर्नु ?
Advertisement
घाउ बुझेनौँ कि आफ्नो ताकत चिनेनौ के हो ?
बेरोजगारभित्र जवानी सरकार के गर्नु ?
सङ्घीयता हाम्रो माग थिएन कहीँ कतै पनि
ठिक छैन तार्किक कुराकानी सरकार के गर्नु ?
हुँदाखानेको नीतिनियम खोज्नु छ हामीले
यो तिम्रो गफैगफको खानी सरकार के गर्नु ?
जिउँदो हुँदा नै भोकले घरि घरि खान्छ मेरो
आखिर मरेपछि खरानी सरकार के गर्ने ?