• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

‘गाली गलौजको घोडामा चढेर धेरै टाढासम्मको यात्रा गर्न सम्भव हुँदैन’


  •   बुधबार, पुष ०१, २०७७ मा प्रकाशित
  • मोहनविक्रम सिंह

    Advertisement

    १. पार्टीका कतिपय पुराना र जिम्मेवार साथीहरुलाई पार्टीबाट निस्काशित गर्नु परेकोमा हामीलाई धेरै नै दुःख छ र त्यसबाट पार्टीलाई नोक्सान पनि पुगेको छ । तर पार्टीका केही नियमहरु हुनछन् र तिनीहरुलाई पालना गर्नुपर्ने आवश्यकता हुन्छ । पार्टीका नियमहरुको अतिक्रमण हुँदै गयो भने पार्टीमा अराजकता र अनुशासनहिनताको स्थिति उत्पन्न हुन्छ । त्यो अवस्थामा पार्टीले राजनैतिक भूमिका खेल्न, संगठनात्मक जिम्मेवारी पूरा गर्न वा जन आनदोलनलाई पनि अगाडि बढाउन सक्दैन् त्यसैले पार्टीको संगठनात्मक नियम र अनुशासनलाई लगातार उलंघन गर्ने साथीहरुलाई पार्टीबाट निस्काशित गर्नु पर्ने बाध्यता हुन्छ । त्यो कार्य अप्रिय हुन्छ, तर पार्टी र आन्दोलनका वृहत्तर हीतका लागि कतिपय अवस्थामा त्यस प्रकारको कदम उठाउनु अनिवार्य हुन्छ ।

    २. न्यायको क्षेत्रमा एउटा उखान प्रचलित छः अदालतले कुनै व्यक्तिलाई मुद्दा हराईदियो वा सजाय दियो भने उसलाई (सजाय पाएको व्यक्तीलाई) २४ घण्टासम्म न्यायधीशलाई गाली गर्ने पूरै अधिकार हुन्छ रे । हामीले २४ घण्टाको ता कुरा गर्दैनौ तर पार्टीबाट निस्काशित व्यक्तिहरुले पार्टी वा नेतृत्वलाई धुमधामसित गाली गर्ने गर्दछन् वा आरोपहरु लगाउने गर्दछन् भने हामीले त्यसलाई अस्वभाविक मान्नु हुँदैन । खास गरेर जसको सैद्धान्तिक, राजनीतिक वा साँस्कृतिक स्तर निम्न छ उनीहरुका आलोचनाहरु बढी सिद्धान्तहिन र अराजनीतिक प्रकारका आरोपहरु वा गाली गलौजको रुपमा नै प्रकट हुन्छन् । त्यसका पछाडि मुख्य रुपले तर्क वा विवेकले भन्दा बढी रिस वा वदलावको भावनाले नै काम गरेको हुन्छ तर सुस्त सुस्त रीस मर्दै जान्छ र उनीहरु सामान्य हुँदै जान्छन् ।

    ३. पहिले पार्टीबाट निश्कासित वा पार्टी छोडेर गएका व्यक्तिहरुले पनि केही समयसम्म तातो रिस देखाउने गरे तर समय बित्नुका साथै उनीहरु शान्त हुँदै गएर उनीहरुसितको सम्बन्ध सामान्य र कतिपय अवस्थामा मैत्रीपूर्ण हुँदै गयो । कतिपय त पछि पार्टीमा फर्केर आए र पार्टीका केन्द्रीय समितिका सदस्य पनि बने । जस्तै : का. लिलानाथ कुशुम, जो केन्द्रीय समितिको सदस्य पनि बन्नु भयो अहिलेका हाम्रा साथीहरुको पनि केही समय पछि रिस मर्दै जानेछ तर त्यसको लागि कति महिना वा वर्ष लाग्ने छ ? त्यो आउने दिनमा थाहा हुनेछ ।

    ४. अहिले हाम्रो पार्टीबाट निश्काशित वा पार्टी छाडेर गएका साथीहरुले कुन रुप ग्रहण गर्ने हुन ? त्यो स्पष्ट हुनको लागि १० वर्ष वा कमसेकम ५ वर्ष लाग्नेछ । हाम्रो पार्टीबाट निस्काशित वा हाम्रो पार्टीलाई छाडेर गएका सबै व्यक्तिहरुले सुरुमा हामीलाई दक्षिणपन्थी वा अवसरवादी बताउने गरेको इतिहास छ । रिस, बदलाका भावना वा गाली गलौचले केही समयसम्मको लागि गर्मी दिन सक्दछ । तर त्यस प्रकारका आरोप वा गाली गलौजको घोडामा चढेर धेरै टाढा सम्मको यात्रा गर्न सम्भव हुँदैन । आफूलाई क्रान्तिकारी देखाउनका लागि उनीहरुले सकारात्मक र ठोस रुपले केही गरेर देखाउन पर्दछ त्यो क्रममा नै उनीहरुको विकास हुँदै गएको छ वा पतन हँुदै गएको छ ? त्यो प्रष्ट हुँदै जानेछ । अहिले हाम्रो पार्टीबाट निस्काशित वा पार्टी छाडेर जाने व्यक्तिहरुले एकाध वर्ष त हाम्रा विरुद्धका आरोपहरु वा गाली गलौजका आधारमा आफूलाई क्रान्तिकारी देखाउने प्रयत्न गर्न सक्दछन् । केही दिनका लागि त्यो खेलोले उनीहरुलाई बचाएर राख्न सक्दछ । तर ५-१० वर्ष पछि उनीहरुको वास्तविक रुप वा हैशियत के हो ? त्यो प्रष्ट हुँदै जानेछ । त्यसपछि नै हाम्रो उनीहरुसितको सम्बन्ध कुन प्रकारको हुनेछ ? त्यो प्रष्ट हुँदै जानेछ ।

    ५. गत कालमा हाम्रो पार्टीबाट निस्काशित वा छोडेर गएका कैयौँ व्यक्ति वा पक्षहरुसित हाम्रो निकट सम्बन्ध भएका कैयौँ उदाहरणहरु छन्, डा. रायमाझी सित हाम्रो सम्बन्ध टुटेपनि पछि त्यो समूहबाट अलग बनेका कैयौँ समूहसित हाम्रो मैत्रीपूर्ण सम्बन्ध कायम भयो र कैयौँ प्रसँगमा उनीहरुसित कार्यगत एकता पनि हुँदै गयो र अहिले पनि हुने गरेको छ । पुष्पलालको छिटै निधन भएको हुनाले उहाँसितको हाम्रो सम्बन्धले पछि कुन रुपले विकास गर्दथ्यो ? त्यो स्पष्ट हुन सकेन । त्यो स्पष्ट हुनको लागि अवसर मिलेन तर उहाँले बनाएको समूहका साथीहरुसित हाम्रो सम्बन्ध राम्रो हुँदै गयो ।

    ६. हाम्रो पार्टीबाट अलग भएका साथीहरु मध्ये हामीलाई सबै भन्दा बढी सिद्धान्तहीन र अराजनैतिक प्रकारका गाली गलौज गर्ने वैद्य समूह नै थियो । त्यति धेरै गाली गलौज हाम्रो पार्टीको आठौँ महाधिवेशन पछि हाम्रो पार्टीबाट निश्काशित वा पार्टी छोडेर गएका साथीहरुले पनि गरेका छैनन् तर त्यही वैद्य समूहसित पनि आन्दोलनको क्रममा मैत्री सम्बन्ध बढेर गयो र अहिले पनि हामी कार्यगत एकता गरेर आन्दोलनमा अगाडि बढिरहका छौँ । पूर्व माले र पूर्व माओवादी समूहसित हाम्रो तीव्र संघर्षहरु चलेका कुराहरुको इतिहास साक्षी छ तर गत कालमा उनीहरुसित सँगै मिलेर हामीले देशका कैयौँ महत्वपूर्ण संघर्षहरुमा संयुक्त भएर भाग लिएका छौँ । कैयौँ पटक चुनावमा सहकार्य गरेका छौँ र अहिले उनीहरुको सरकारलाई हामीले समर्थन पनि गरेका छौँ, यद्यपी उनीहरुका गलत नीति र क्रियाकलापका विरुद्ध दृढतापूर्वक र सम्झौताहीन प्रकारले संघर्ष गर्दै ।

    ७. अहिले पार्टीबाट निस्काशित वा पार्टी छाडेर गएका साथीहरुसित ५, १० वर्ष पछि हाम्रो सम्बन्धले कस्तो रुपमा विकास गर्ने छ ? गत कालमा त्यसरी गएका साथीहरु मध्ये कतिपयले प्रतिक्रियावादी दिशा समात्ने वा सधैँका लागि हराएर जाने पनि गरेका छन् भने कतिपय एक वा अर्काे प्रकारले वामपन्थी आन्दोलनमा अडिरहेका छन् । त्यसरी वामपन्थी आन्दोलनमा रहेका व्यक्ति वा समूहहरुसित हाम्रो विभिन्न स्तर वा रुपमा सम्बन्ध पनि रहने गरेको छ तर अहिले हाम्रो पार्टीबाट अलग भएका साथीहरुसित भविष्यमा हाम्रो सम्बन्ध कस्तो हुनेछ ? त्यो दुइवटा कुराहरु माथि निर्भर रहनेछ । प्रथम, उनीहरु कुनै न कुनै प्रकारले वामपन्थी आन्दोलनमा सक्रिय भईरहने छन् वा त्यसबाट पतन भएर वा पलाएन भएर हराएर जानेछन । द्धितीय, हाम्रो पार्टीको उनीहरुले आरोप लगाए जस्तो दक्षिणपन्थी वा अवसरवादी भएर पतन भएर जानेछ वा क्रान्तिकारी र वामपन्थी दिशामा अगाडि बढिरहने छ । उक्त दुइवटा कुराहरुको परिणाम माथि नै भविष्यमा उनीहरुसितको हाम्रो सम्बन्धको स्वरुप निर्धारित हुनेछ ।

    ८. गत कालमा वा अहिलेसम्म हाम्रो पार्टी वा पार्टीको नेतृत्वलाई दक्षिणपन्थी, अवसरवादी र गद्दारसम्म भन्ने गरेका सबै आरोपहरुलाई इतिहासले भुट्टा सावित गरेको छ । त्यही प्रकारले अहिले हाम्रो पार्टीबाट निश्कासित वा अलग भएका नयाँ साथीहरुका आरोप वा गाली गलौच गलत सावित हुनेछन् भन्ने कुरामा हामीलाई कुनै शंका छैन । तर उनीहरुले आउने दिनहरुमा कुन रुप ग्रहण गर्दै जानेछन् त्यो कुरा प्रष्ट हुन अरु ५÷१० वर्ष प्रतिक्षा गर्नुपर्नेछ । हामीसित करिब ६५ वर्ष क्रान्तिकारी सिद्धान्त, राजनीतिक लाईन र संघर्षमा निरन्तरताको लामो र गौरवपूर्ण इतिहास छ । तर उनीहरु आउने दिनहरुमा के कस्ता हुने हुन ? त्यो बुझ्न कमसेकम पनि ५÷१० वर्षको समय लाग्नेछ । त्यो क्रममा नै हाम्रो उनीहरुसित कुन प्रकारको सम्बन्ध हुनेछ वा हामीहरुसित सम्बन्ध राख्नको लागि उनीहरुको कुन प्रकारको हैसियत हुनेछ ? त्यो कुरा प्रष्ट हुँदै जानेछ । हामीले कामना गर्दछौँ, उनीहरु लगातार क्रान्तिकारी वा एक वा अर्काे प्रकारले वामपन्थी दिशामा अगाडि बढिरहुन् ।

    बुधबार, पुष ०१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.