• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

संवैधानिक परिषदमा सामूहिक गल्ती


  •   बुधबार, पुष ०१, २०७७ मा प्रकाशित
  • सुवाश संयम

    Advertisement

    राष्ट्रपतिवाट संवैधानिक परिषद्बारे नयाँ अध्यादेश जारी भएसँगै देश फेरि तातेको छ । लामो समयदेखि सरकारको नेतृत्व गरिरहेको नेकपाभित्रको जारी खिचलो यो अध्यादेशका कारण झन् तीव्र र पेचिलो बनेको छ । नेकपाभित्र हुँदै गरेको प्रलय र शक्तिसङ्घर्षलाई यो अध्यादेशले अगोमा घ्यु थपेको छ । अध्यादेशका कारण सृजित थप नयाँ सङ्कटले नेकपा र देशको भविष्य के होला ? त्यो त आउने दिनले नै पुष्टि गर्ने छ । तर अहिले देखिएको संवैधानिक निकाय र त्यसको संवैधानिक व्यवस्थाबारेको विवाद र सङ्कटबारे केही चर्चा गर्नु सान्दर्भिक हुने छ ।

    संवैधानिक व्यवस्था
    नेपालको संविधान–२०७२ ले १३ वटा संवैधानिक निकाय गठन गरेको छ । त्यस्ता निकायमा सार्वजनिक पदमा रहेका व्यक्तिले पदको दुरूपयोग गरी गर्ने भ्रष्टाचार र कानुनको दुरूपयोग गरेमा त्यसबारे अनुसन्धान गरी अदालतमा मुद्दा दायर गर्न पाउनेसम्मको अधिकारप्राप्त संस्था अख्तियार दुरूपयोग अनुसन्धान आयोगदेखि महालेखा परीक्षक, लोकसेवा आयोग, निर्वाचन आयोग, राष्ट्रिय मानवअधिकार आयोग, महिला, दलित, आदिवासी र जनजातिलगायतका विभिन्न १३ वटा आयोग गठन गरिएको छ । यी सबै आयोगमा नियुक्त हुने प्रमुख आयुक्त तथा अध्यक्ष संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

    संवैधानिक परिषद्मा प्रधानमन्त्रीसहित राष्ट्रियसभाका अध्यक्ष, प्रधान न्यायाधीश, सभामुख, उपसभामुख र प्रमुख विपक्षी दलको नेतासमेत ६ जना सदस्य रहन्छन् । सो समितिको सिफारिसमा नै उल्लेखित निकायका प्रमुखको नियुक्ति गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

    संवैधानिक परिषद्को बैठकको कोरम प्रधानमन्त्रीसहित ५ जना सदस्यको उपस्थितिमा मात्रै पुग्ने यसअघि संवैधानिक व्यवस्था थियो । तर राष्ट्रपतिद्वारा जारी नयाँ अध्यादेशले भने अब ३ जना सदस्य मात्रै बैठकमा उपस्थित भए पनि निर्णय गर्न सक्ने प्रावधान राखेको छ ।

    कसरी भयो विवाद ?
    कतिपय महत्त्वपूर्ण संवैधानिक निकाय अहिले पनि प्रमुखविहीन छन्; जस्तै– भ्रष्टाचार अनुसन्धान गर्ने प्रमुख संस्था अख्तियार दुरूपयोग अनुसन्धान आयोग नै अहिले प्रमुखविहीन छ । यो अवस्थामा संवैधानिक परिषद्को बैठकद्वारा ती नियुक्ति हुनु अहिलेका लागि अनिवार्य थियो । त्यसका लागि प्रधानमन्त्रीले परिषद्को बैठक पहिलेदेखि नै आह्वान गरेका हुन् । उपसभामुखको पद अहिले पनि रिक्त भएका कारण अरू बाँकी पाँचै जना सदस्य बैठकमा उपस्थित हुनु अनिवार्य थियो । तर प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका नेता शेरबहादुर देउबा उपसभामुखको नियुक्ति नभएसम्म परिषद् बैठकमा सामेल नहुने बताइरहेका थिए । उपसभामुख विपक्षी दलको हुनुपर्ने भएका कारण शेरवहादुर देउवाले उक्त अडान लिएका हुन् । तर नेकपा भने सजिलै उपसभामुख काङ्ग्रेसलाई दिने पक्षमा छैन । खासमा पहिले विवादको जड यही थियो ।

    गत सोमबार प्रधानमन्त्रीले पुनः परिषद््को बैठक डाकेपछि सभामुख अग्निप्रसाद सापकोटासमेत उपस्थित भएनन् । उनी उपस्थित नहुनुको कारण भने नेकपाभित्र चलिरहेको आन्तरिक किचलो नै हो । प्रचण्ड र केपीबिच अरू थुप्रै विषयमा किचलो र भागबण्डा नमिलेको कुरा त स्पष्ट नै छ । संवैधानिक निकायमा नियुक्त गर्ने प्रमुखको विषयमा पनि भागबण्डा नमिलेको र केपीले आफ्ना मान्छे मात्रै नियुक्त गर्न खोजेपछि प्रचण्डले सभामुखलाई रोकेका हुन् ।

    त्यसपछि प्रधानमन्त्रीले मन्त्रिपरिषद्मा समेत सुइँको नदिई संवैधानिक परिषद्मा बहुमत सदस्य मात्र उपस्थित भए पनि कोरम पुग्ने गरी संशोधनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेका हुन् । सिफारिस गरेलगत्तै राष्ट्रपतिले उक्त अध्यादेशलाई जारी गरिसकेका छन् । त्यसपछि भने विवादले राष्ट्रिय रूपग्रहण गरेको हो ।

    संवैधानिक परिषद्मा सामूहिक गल्ती
    वास्तवमा संवैधानिक परिषद्को बैठक र अध्यादेशको विषयलाई लिएर जसरी राष्ट्रिय राजनीतिमा कैयौँ गम्भीर प्रश्न उठेका छन् । ती सबै विषयमा प्रधानमन्त्री, राष्ट्रपति, सभामुख र प्रमुख विपक्षी दलका नेता, सबैको सामूहिक गल्ती–कमजोरी भएको छ ।

    पहिलो कुरा त, प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले विभिन्न निकायमा भाग खोजेर संवैधानिक परिषद्को बैठकमै नजाने र महत्त्वपूर्ण निकायलाई प्रमुखविहीन बनाउने गरी नियुक्तिलाई रोक्ने काम गर्नुहुँदैनथ्यो । त्यसमा नेपाली काङ्ग्रेस जिम्मेवार छ ।

    प्रधानमन्त्रीले बोलाएको बैठकमा सभामुख उपस्थित नहुने कुरा पनि विवादको उत्तिकै जिम्मेवार छ । कम्तीमा बैठकमा उपस्थित भएर त्यसको नियुक्ति प्रकृयादेखि उपयुक्त व्यक्तिको छनौटसम्म बैठकमा छलफल गर्ने र आफ्ना अडान राख्न सकिन्थ्यो । तर, त्यसरी उपस्थित नै नहुने सभामुखको तरिका गलत छ ।

    प्रधानमन्त्रीले मन्त्रिपरिषद्समेतलाई जानकारी नदिई त्यसरी अध्यादेश जारी गर्न लगाउनु गम्भीर त्रुटि हो । सदन नचलेको अवस्थामा कतिपय विषयका जटिलतालाइ हेरेर अध्यदेश ल्याउनु ठुलो कुरा होइन । तर चलिरहेको सदन एकाएक बन्द गरेर अहिलेसम्म पनि संसद सुचारु नगर्ने र अध्यादेशबाट मात्र सरकार चलाउन खोज्ने मान्यता अलोकतान्त्रिक मात्र होइन, यो संसदीय व्यवस्थाको साधारण मूल्य र मान्यतासमेतको विरुद्धको कुरा हो ।

    अझ महत्त्वपूर्ण र गम्भीर कुरा त के हो भने अहिले केपी ओलीले चालेको कदमको औचित्य के हो भन्ने कुरासमेत स्पष्ट छैन; जस्तो कि विपक्षी र आफ्नै पार्टीको पेलानबाट नियुक्ति रोकिएका हुन् र उनले त्यसको निकासका लागि उक्त कदम चालेका हुन् भने पनि उनको निर्णय कार्यान्वयन हुने देखिँदैन; किनभने, संवैधानिक परिषद्बाट सिफारिस भएका प्रमुखहरू संसदको सुनुवाइ विशेष समितिवाट सिफारिस हुनुपर्दछ । १३ जना सदस्य रहेको उक्त समितिमा केपी ओलीका जम्मा दुई जना सदस्य मात्रै समर्थक रहेको भनिएको छ । उक्त समितिले विगतमा सरकारका कतिपय सिफारिसलाई खारेज गरेकासमेत उदाहरण छन् । त्यसकारण यो विषय कम्तीमा पनि केपीले आफ्नो पार्टीको समर्थनमा निर्णय गर्नुपर्ने देखिन्छ, जुन कुरामा उनी चुकेका छन् ।

    रह्यो कुरा राष्ट्रपतिको । यस प्रकारको जटिल पृष्ठभूमिमा राष्ट्रपतिजस्तो सम्मानित संस्थाले आफ्नो विवेक प्रयोग गर्नुपर्नेमा प्रधानमन्त्रीको रबर स्ट्याम्प मात्र बन्नु दुखद कुरा हो । कम्तीमा राष्ट्रपतिले त्यति हतारमा अध्यादेश जारी गर्नुको साटो अलिकति छलफल र उनी सम्बद्ध पार्टीलाई मिलाउने विषयमा एकदुई दिन सोचेंको भए सायद विवाद यति धेरै चर्काे र पेचिलो हुँदैनथ्यो । सहमति मै नियुक्ति हुन सक्ने स्थिति हुन्थ्यो होला !

    अबको बाटो
    संवैधानिक परिषद्सम्बन्धी जुन जटिलता देखा परेका छन्, त्यसको सही, व्यावहारिक र दीर्घकालीन समाधान नेकपा (मसाल) ले भनेजस्तै हो । मसालले भनेको छ कि संवैधानिक परिषद्को बैठक हुन नसक्दा संवैधानिक नियुक्तिमा लगातार बाधा पुग्ने गरेको छ । त्यसबाट देशलाई धेरै नै क्षति पुग्ने गरेको छ । त्यसबाट के देखिन्छ भने संवैधानिक परिषद्को संरचनासम्बन्धी संविधानको संरचनामा नै त्यही गम्भीर प्रकारको त्रुटि छ; र, त्यसले संवैधानिक परिषद्को बैठक वा कारबाहीलाई अनिश्चित कालसम्म रोक्न धितो प्रदान गर्दछ । त्यसैले त्यसमा व्यावहारिक निकासको आवश्यकता छ ।

    त्यस प्रकारको दीर्घकालीन र व्यावहारिक निकास संविधानले नै दिनुपर्ने भएकाले तुरुन्त संसदको अधिवेशन बोलाउनु र त्यहीँबाट नै निकास निकाल्नु अबको आवश्यकता हो । छिद्र र बिचबाटोबाट अपनाइएको काँचो तरिकाले सरकार कमजोर हुने र नेकपा विघटन हुने स्थिति देखा पर्दै छ । निश्चय नै यस्ता गतिविधि र कदमले प्रतिकृयावादी सल्बलाउने र खेल्न पाउने स्थिति सृजना हुन्छ । त्यो देशको लागि घातक हुन्छ । त्यसकारण अहिले प्रधानमन्त्रीले अध्यादेश फिर्ता लिनु र संसदको अधिवेशन तुरुन्त बोलाएर निकास निकाल्नतिर लाग्नु नै हितकर होला ।

    बुधबार, पुष ०१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ
    मीनराज रानाको सङ्क्षिप्त जीवनी
    घण्टीको उपहार र त्रिपुरेश्वरमा जलिरहेका गणेश

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.