• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

साहित्य र दर्शनमाझको अन्तरसम्बन्धबारे अन्पाको कार्यक्रम


  •   मङ्गलबार, मङि्सर ३०, २०७७ मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) ले ‘साहित्य र दर्शनबिच अन्तरसम्बन्ध’ विषयक अन्तरसंवाद कार्यक्रम सम्पन्न गरेको छ । २०७७ मङ्सिर ३० गते भर्चुअल माध्यमबाट सो कार्यक्रम सम्पन्न भएको हो ।

    Advertisement

    कार्यक्रममा विषयवस्तु प्रस्तुत गर्दै प्रगतिशील लेखक सङ्घका महासचिवसमेत रहनुभएका समीर सिंहले साहित्य समाजसापेक्ष हुने गरेको बताउनुभयो । ‘ऋग्वेद पढ्नुभयो भयो भने तपाईंले त्यहाँ बेग्लाबेग्लै समयको प्रतिबिम्ब पाउनु्हुने छ’ उहाँले भन्नुभयो– ‘ऋग्वेदको प्रारम्भिक ऋचामा ईश्वरको परिकल्पना छैन, मात्र प्रकृतिपूजा छ; अर्थात्, त्यहाँ प्राकृतिक शक्तिको महत्त्व दर्साइएको छ ।’ उहाँले पछिल्लो समयमा वर्गको उत्पत्ति र समाज नै वर्गविभक्त हुँदै गएपछि मात्रै साहित्यमा ईश्वरको स्तुति गर्ने अवाधारणा अगाडि आएको बताउनुभयो । ‘अहिले वर्गविभक्त समाज छ, त्यसकारण अहिलेको साहित्यमा पनि वर्गविभाजित समाजका प्रतिबिम्ब प्रष्ट रूपमा देख्न सकिन्छ’ उहाँले प्रष्टोक्ति थियो ।

    दर्शनले जीवन र जगत्लाई बुझ्ने दृष्टिकोण दिने उहाँले बताउनुभयो । ‘हरेक व्यक्ति आफैमा दार्शनिक हो’ उहाँले अगाडि भन्नुभयो– ‘तर त्यो व्यक्ति सही दार्शनिक हो, जसले जीवन र जगत्बारे सत्य विश्वदृष्टिकोण कायम राख्दछ ।’ द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणले नै जीवन र जगत्लाई हेर्ने सही विश्वदृष्टिकोण प्रदान गर्ने बताउँदै उहाँले अधिभूतवादी वा आदर्शवादी दृष्टिकोणबाट सही समझदारी कायम हुन नसक्ने बताउनुभयो ।

    समाज परिवर्तनमा सहयोग गर्ने साहित्य र दर्शन नै प्रगतिशील लेखक तथा साहित्यकारका लागि आवश्यक रहेको उहाँले बताउनुभयो । वर्तमान समाज अन्यायपूर्ण रहेकाले त्यसको अन्त गरी समानतामूलक समाज निर्माणका लागि द्वन्द्वात्मक भौतिकवादी दर्शन र प्रगतिशील/प्रगतिवादी साहित्यले भूमिका खेल्ने उहाँले ठहर गर्नुभयो ।

    अन्पाका केन्द्रीय अध्यक्ष डा. गोविन्द आचार्यको अध्यक्षता तथा सचिव गिरीप्रसाद बुढाको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा विषयवस्तुमाथि आधारित रहेर हरिलाल महतारा र रगवीर विश्वकर्माले पूरक टिप्पणी राख्नुभएको थियो ।

    कार्यक्रममा रगवीर विश्वकर्माले ‘प्रजातन्त्र’ शीर्षकको गजल तथा समष्टी बुढाले ‘लुटिँदै छ देश, कारण नबनिदेऊ न तिमी’, जगत्प्रसाद रेग्मीले ‘मेरो आस्था’ र हरिलाल महताराले ‘लाऊ, अझै प्रतिबन्ध लाऊ’ शीर्षकको कविता वाचन गर्नुभएको थियो ।

    महासचिव रामप्रकाश पुरीका अनुसार अन्पाले प्रत्येक महिनाको अन्तिम दिन अन्तरसंवाद कार्यक्रम सम्पन्न गर्ने सिलसिला सुरु गरेको जानकारी दिनुभयो । उहाँका अनुसार यो दोस्रो कार्यक्रम हो, यसअघि कार्तिक मसान्तका दिन पहिलो कार्यक्रम सम्पन्न भएको थियो ।

    मङ्गलबार, मङि्सर ३०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति
    गजल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.