दिनेश रैदास
नेपाली विद्यार्थी र युवा एक हौँ
नेपालको भूभाग र सिमाना मिच्न नदिन
हामी नेपाली जनता एकजुट हौँ
हिमाल, पहाड र तराई टुक्राउन नदिन
हाम्रो देशको सिमाना सत्रुले मिच्दै छ
कालापानी लिपुलेक छिमेकीले घिच्दै छ
हिमाल पहाड र तराई टुक्राउन नदिन
देश टुक्र्याउन नदिन
जागौँ मेचीदेखि महाकालीसम्मका सबै
काँध काँध मिलाएर एक हौँ जनता सबै
हिमाल, पहाड र तराई टुक्राउन नदिन
नेपाली दाजुभाइ तथा दिदीबहिनी एक हौँ
हाम्रो देश जोगाउन कति लडे पुर्खाहरू
कति मरे आफै पनि कति मारे मूर्खहरू
हो त्यही इतिहासलाई जोगाउन
आफ्नो मातृभूमिलाई बचाउन
आजैदेखि लागौँ सत्य सुमार्गको बाटो
युवा साथीहरू यो देशको माटो जोगाउन
हिमाल, पहाड र तराई टुक्राउन नदिन
सङ्घीयता खारेज गराउन सबै एक हौँ
कालापानी लिपुलेक भारतले मिच्दै छ
पार्टी, जाति धर्मको आधारमा होइन नेपाली भएर
आऊ सबै देश टुक्र्याउन नदिन
आऊ सबै देशको सिमाना जोगाउन