• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

छोरीको जीवन


  •   मङ्गलबार, मङि्सर ३०, २०७७ मा प्रकाशित
  • खगेन्द्रा विष्ट
    बाहिरी संसारको मिठो कल्पना गर्दै
    आमाको गर्भमा हुर्किँदै गरेको
    त्यो सानो भ्रुण,
    जब, छोरी हो भनी गर्भमै उसको
    लिङ्ग पहिचान हुन्छ,
    तब,आफू छोरीको नाममा
    तुहिन्छु कि भन्ने त्यो त्रासको अगाडि
    सुन्दर सपना, अनि
    संसार स्पर्स गरुँला भन्ने बृहत् खुशी
    त्यो बेला उसको लागि क्षणिक बन्न पुग्छ
    यो हो छोरीको
    पहिलो भयभित र त्रासमय जीवन

    Advertisement

    जता गयो त्यतै
    पितृसत्तात्मक व्यवस्था भन्दै
    अझै पनि
    छोरीमाथि अनेकौँ प्रहार गर्ने
    यो मेरो देशमा
    पुस्ताहरूको वंश बचाउन
    बाउबाजेको गैरी राख्न
    अंशभोग गर्न छोरा खोज्ने
    यो मेरो समाजमा
    छोराको चाहना लिएर
    अदृश्य वस्तुमाथि अन्धविश्वास राख्दै
    दिनरात प्रार्थना गर्ने परिवारभित्र
    छोरी जन्मदा
    छोरीप्रति आमाको ममता र मायाको
    उच्च मूल्य भएता पनि
    छोरी जन्माएको निहुँमा
    श्रीमान र छोराब्रत परिवारले
    आलो सुत्कोदेखि जीवनकालसम्म
    दिएको त्यो असह्य पीडाको अगाडि
    त्यो ममताको घडी निर्मम बन्न पुग्छ
    यो हो
    त्यहीँ श्रीमानकी श्रीमती
    त्यहीँ परिवारकी बुहारी
    अनि, हामी सबकी आमाको
    दोस्रो भयभित र त्रासमय जीवन

    छोराको चाहना लिई मरिहत्ते गर्ने घरमा
    छोरीको जन्म हुँदा,
    उक्त घरको मानमर्यादा र प्रतिष्ठामाथि
    औँला उठ्छ कि भन्दै
    नमिठो कल्पना गरेर छोरीप्रति गरिने
    छुट्टै प्रकारका अविश्वासको डोरी बाट्ने
    यो समाजले गर्दा
    आजको यो समयमा पनि छोरीहरू
    साक्षर हुन् या निरक्षर
    शिक्षक हुन् या विद्यार्थी
    मालिक्नी हुन् या दासी
    साहसी हुन् या हतासी
    दायित्वबोध र देश हाक्ने नेत्री हुन्
    या घरगृहिणी
    डाक्टर, पाइलट, इन्जिनियर, समाजसेवी जस्ता
    देशका क्षमतावान नारी हुन्
    या साधारण महिला नै किन नहुन्
    आखिर छोरी त छोरी नै हुन्
    जसलाई
    यो समाजले शारीरिक अशक्तताका साथै
    उर्जाहीन, बौद्धिक क्षमताहीन
    र, अबोध प्राणीको रूपमा स्वीकार्दै आएको छ
    अन्ततः
    हाम्री महान् आमा—सक्षम नारी
    छोरीचेली, महिला दिदीबहिनीहरू
    त्यो साँघुरो सोचाइको पालादेखि
    अहिलेको बृहत् सोचाइको पालासम्म पनि
    हिच्किएर हिँड्न बाध्य छन्
    कारण यो हो कि
    उनिहरुलाई मिठो बोल्दा डर छ
    तितो त झन् अपच र असह्य हुने
    राम्रो पहिरन गर्दा पनि डर भयो ।
    कुपहिरहनले त झन् चरित्र औल्याउने
    भद्र बन्यो खेपैपिच्छे मरिने डर भयो
    अभद्रले त झन संस्कारलाई औल्याउने
    हास्यो, उत्ताउलोको सङ्ज्ञा पाउने डर भयो
    निरासी त झन् निराशावादी हुन्छ
    यस्तै यस्तै कहानीले भरिएको
    जति पोखे पनि नसकिने
    जति तान्यो उति लम्बिने
    एक पीडाभित्र सङ्घर्ष अनेक रहेको
    चुनौती नै चुनौतीले भरिएको
    यो आधा धर्ती ओगटेका
    ती नै छोरीहरूको
    बेग्लै भयभित र त्रासमय जीवन

    अब छोरीनारीहरू
    चुनौतीदेखि भाग्ने होइन
    रोएर अधिकार माग्ने होइन
    निडर भई सबै छोरी मिली
    हिंसा विरुद्ध आवाज उठार्इ
    दमन विरुद्ध औँला ठड्यार्इ
    सफलताभित्र समानता ल्याउने छ
    ती छोरी
    जो बाहिरी संसारको स्पर्श गर्न नपाउदै
    गर्भमै पतन हुन्छे
    जन्मिसके पनि बालकदेखि
    वृद्धावस्थासम्म असुरक्षित महसुस गर्छे
    ती आमा,
    जसले छोरी जन्माएको निहुँमा
    हरेक यातना सहेर बसेकी हुन्छिन्
    ती बुहारी,
    जसलाई दाइजो नल्याएकै निहुँमा
    ज्युँदै जलाइएको हुन्छ
    हो, उनीहरुको मुक्ति र न्यायका लागि
    हामी छोरी जुर्मुराउनु आवश्यक छ
    बलात्कारको सिकार होइन
    बलात्कारीको शिकारी बन्नु छ

    हामी अदम्य साहस लिएर
    एकता र समानताको बिगुल फुक्दै
    निरन्तर लाग्दाखेरि
    त्यो बेला पक्कै पनि
    हाम्रो न्याय, अधिकार र मुक्तिका लागि
    अरूले आवाज उठाइरहनु पर्ने छैन
    हामी छोरीचेली,
    आफ्नो मुक्तिको बाटो आफै खन्नु छ
    आफूलाई परिवर्तन गराई
    परिवार, समाज र देशले छोरीप्रति
    हेर्ने दृष्टिकोणलाई फेर्नु छ
    हामीलाई हिम्मत दिलाउने
    देशविदेश र विश्वभरिका लाखौँ
    छोरीहरुको गौरवान्वित उदाहरण छन्
    त्यहीँ उदाहरणलाई हेरेर
    प्रभावशाली छोरीको सूचीमा हामीले
    प्रत्येक छोरीको नाम कोर्नु छ
    जहाँ
    छोराछोरीको भेदभाव नहोस्
    छोरीलाई आँखा चिम्लेर विश्वास गरियोस्
    यो समाजमा भयभित भई बस्न नपरोस् ।

    मङ्गलबार, मङि्सर ३०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने
    के गुमाएँ मैले ?

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.