काठमाडौं । प्रहरीको फरार सूचीमा रहेका अनिल पोद्दार पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले चेक अनादर मुद्दामा दोषी ठहर पोद्दारलाई सोमबार पक्राउ गरेको हो ।
Advertisement
पोद्दारले आफ्नो खातामा पर्याप्त निक्षेप छैन भन्ने जान्दा जान्दै बुद्दनगरका नानीबाबु खरेललाई एक करोड ६३ लाखको बैंक चेक दिई फरार रहेका प्रहरीले जनाएको छ ।
उनी विरुद्ध काठमाडौं जिल्ला अदालतले ठगी मुद्दामा २०७३ भदौ १५ मा दोषी ठहर गरी १ महिना कैद र रु. तीन हजार जरिवाना तथा एक करोड ६३ लाख बिगो भराउने फैसला गरेको थियो ।
काठमाडौंको बबरमहल बस्ने ४८ वर्षीय पोद्दारलाई विशेष सूचनाका आधारमा प्रहरीले कलंकीमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि आजै काठमाडौं जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।