• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

‘सानो छ देश, ठूलो छ सरकार, अटेन किसान !’


  •   आइतबार, मङि्सर २८, २०७७ मा प्रकाशित
  • काठमाडौं । काठमाडौंको माइतीघर मण्डलामा आन्दोलनरत उखु किसानहरुले समातेको ब्यानरको नारा अहिले सामाजिक सञ्जालमा भाइरल भएको । ब्यानरमा लेखिएको छ, ‘सानो छ खेत सानो छ बारी सानै छ जहान, सानो छ देश ठूलो छ सरकार अटेन किसान !’
    उखु मिलले भुक्तानी नदिएपछि सर्लाहीका उखु किसानले काठमाडौंमा आएर आन्दोलन सुरु गरेका हुन् ।

    Advertisement

    पहिलो चरणमा माइतिघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गर्ने र सरकारले आफुहरुलाई पैसा नदिलाए कडा आन्दोलन गर्ने चेतावनी समेत किसानहरुले दिएका छन् ।

    उखु किसान संघर्ष समिति, सर्लाहीका संरक्षक राकेश मिश्रले यसपटक किसानको पुरै पैसा नपाउँदा सम्म आन्दोलन नरोकिने बताउनुभयो । संरक्षक मिश्रले तिहार अगाडि उद्योग मन्त्री लेखराज भट्टलाई भेट गरी स्मरण पत्र बुझाएर छठ पर्व सम्म भुक्तानी दिलाइदिन माग गरेपनि पैसा नआएकाले आफुहरु काठमाडौं आएर आन्दोलन गर्न बाध्य भएको बताउनुभयो ।

    मन्त्रालयले उद्योगीहरुको सम्पर्कमा छौं भन्ने तर किसानलाई रकम भुक्तानी गराउन नसक्ने भएकाले सरकार र उद्योगी बिच मिलेमतो भएको हुन सक्ने आशंका पनि किसानहरुको छ ।

    यस अघि किसानहरु कात्तिक २३ गते मिल सञ्चालकबाट उखुको रकम भुक्तानी गराउन माग गर्दै काठमाडौं आएका थिए । किसानहरुले २०७६ पुष १८ गते मन्त्रालयको उपस्थितमा किसान र उद्योगी बिच भएको समझदारी कार्यान्वयन नभएको भन्दै उद्योग मन्त्री भट्टको ध्यानाकर्षण गराएका थिए ।

    गत वर्ष भएको सम्झौतामा नेपाल सरकारबाट निर्धारण भएको उखुको मूल्य बमोजिम उखु किसानहरुको सम्पूर्ण बक्यौता रकम चिनी उद्योगीहरुले २०७६ माघ ७ गते भित्र भुक्तानी गरिसक्ने व्यवस्था मिलाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आवश्यक समन्वय र सहजीकरण गर्ने उल्लेख छ ।

    त्यसैले पनि सरकारले नै उखुको भुक्तानी दिलाउने जिम्मेवारी लिएर पनि दिलाउन नसकेको भन्दै यस पटक किसानहरु निर्णयक आन्दोलन गर्ने बताएका छन् । उखु किसानहरुले उद्योगीहरुबाट करिब ९० करोड रुपैयाँ उठाउन बाँकी रहेको बताएका छन् ।

    चिनीको पैसा सिधै किसानको हातमा जाने व्यवस्था
    यता, किसानहरु आन्दोलित भएपछि सरकारले भने चिनी उद्योगीबाट बिक्रि भएको पैसा सिधै किसानको हातमा जाने व्यवस्था सुरु गरेको छ। किसानको १७ करोड बक्यौता रहेको अन्नपूर्ण सुगर एण्ड जनरल इण्ड्रष्टिजले चिनी बेचेको पैसा उद्योगीको हातमा नगई सिधै किसानको बैंक खातामा जाने व्यवस्था सुरु गरेको हो।

    चिनी उद्योगीले किसानलाई वर्षौंदेखि उखुको पैसा नतिरेपछि सो उपाय अपनाइएको उद्योग वणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
    मन्त्रालय र सर्लाही जिल्ला प्रशासन कार्यालयको समन्वयमा हाललाई ५० लाख रुपैयाँ उद्योगीको हातमा नै नपारी किसानहरुको बैंक खातामा जम्मा गरिदिने व्यवस्था सुरु गरिएको हो । एसियन बिस्कुट एण्ड कन्फेस्नरी कम्पनी विराटनगरले ५० लाख रुपैयाँ बराबरको चिनी खरिदको तयारी गरेको थियो ।

    किसानलाई उखुको पैसा नतिर्ने मुख्यतयाः ४ वटा उद्योगहरु देखिएका छन्। तीमध्ये अन्नपूर्ण सुगर एण्ड जनरल कम्पनीले १७ करोड, इन्दिरा सुगर मिलले ४ करोड ७० लाख, श्रीराम सुगर मिलले २६ करोड र लुम्बिनी सुगर मिलले ८ करोड ४१ लाख रुपैंया किसानलाई तिर्न बाँकी छ ।

    आइतबार, मङि्सर २८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.