काठमाडौं । एक भारतीय पुरुष र नेपाली महिला मिलेर विभिन्न व्यक्तिहरुलाई क्यानाडा पठाइदिने बहनामा लाखौं रुपौयाँ ठगी गरेको खुलेको छ ।
अर्घाखाँचीको तिलगंगा–१ तल्लोटोल बस्ने रेनुका सारु र भारत पश्चिम बंगाल कलकत्ता बर्दमान घर बताउने शेख सम्सुर आलोनले विभिन्न व्यक्तिहरुसँग १२ देखि १४ लाख रुपैयाँसम्म ठगी गरेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुलाई काठमाडौंको सुन्धाराबाट पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पाल्पाको माथागडी गाउँपालिका– ४ घर भई हाल काठमाडौंको मनमैजु बस्ने खिन्तबिर सारुले सामाजिक सञ्जाल फेसबुक मार्फत रेनुकासँग चिनजान भएपछि कुरा गर्दै जादाँ उनले क्यानडा पठाई दिन्छु भनी विश्वासमा पारी क्यानडाको भिषा लागेको भन्दै नक्कली प्लेन टिकेट समेत देखाई रु १४ लाख रुपैयाँ ठगी सम्पर्कविहीन भएकी थिइन् ।
साथै उनीहरुले अन्य तीनजना व्यक्तिहरुबाट १२ लाखको दरले रकम उठाई ठगी गरेको भन्ने बुझिन आएको भन्दै यदी कोही ठगीमा परेको भए सम्पर्कमा आउन प्रहरीले आग्रह गरेको छ । पक्राउ परेकाउपर थप अनुसन्धान भइरहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।