जनकराज पौडेल
प्रश्चगमन होइन, अग्रगमनका कुरा गरौँ
दुई डुङ्गामा टेकी नदी पार हुँदैन
एउटै डुङ्गामा विश्वास गरौँ
छलछाम, भ्रमले हुँदैन
निर्धक्क भई अघि बढौँ
गतव्य सफा छ यहाँ
आफैमा दोधार नबनौँ
Advertisement
एकताबद्ध हुनु छ हामी
विचारको सङ्घर्ष गरौँ
सिर्जना गर्नु छ सबै मिली
ध्वंसपट्टि नलागौँ
हामी फुटे बैरी हाँस्छ
त्यसमा हेक्का राखौँ
लक्ष्य एउटै भए’सी
नमिल्ने छैन केही
आफैलाई चिनेर अघि बढौँ
प्रतिगमन सल्बलाउन थाल्यो
एकताबद्ध भई रोक्न लागौँ
गणतन्त्र समाप्त पार्ने खेल सुरु भयो
समय छँदै निस्तेज पारौँ
राष्ट्रियता, गणतन्त्रको रक्षा गरौँ
संघीयता खारेज गरौँ
समयको माग यही हो
सारा जनता एक जुट बनौँ ।