• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

राजतन्त्र पुनःस्थापनाको उद्देश्य सफल हुने छैन


  •   सोमबार, मङि्सर २२, २०७७ मा प्रकाशित
  • मोहनविक्रम सिंह ।।
    (२०७७ मङ्सिर २२ गते काठमाडौँमा “गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौँ, सङ्घीयता र भ्रष्टाचारको विरोध गरौँ” भन्ने विषयमा राष्ट्रिय जनमोर्चाका तर्फबाट हुन थालिरहेको भर्चुअल अन्तरक्रिया कार्यक्रममा प्रस्तुत मन्तव्य)

    Advertisement

    यो कार्यक्रमका अध्यक्ष तथा आदरणीय अतिथि र सहभागी साथीहरू,

    १. आज राष्ट्रिय जनमोर्चाको आजोजनामा “गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौँ, सङ्घीयता र भ्रष्टाचारको विरोध गरौँ” भन्ने नाराअन्तर्गत हुन थालिरहेको यो अन्तरक्रिया कार्यक्रममा उपस्थित सबै अतिथि र सहभागीलाई हामीले नेपाल कम्युनिस्ट पार्टी (मसाल) को तर्फबाट अभिनन्दन गर्न चाहन्छौँ ।

    २. देशमा सामान्यतः करिब पुगनपुग एक शताब्दी लामो जनताको सङ्घर्ष, त्याग र बलिदान तथा मुख्यतः २०६२–६३ को महान् जनआन्दोलनको परिणामस्वरूप नै गणतन्त्रको स्थापना भएको हो । आज त्यो गणतन्त्रलाई समाप्त गर्नका लागि प्रतिगामीहरू उठ्न थालिरहेका छन् । यदि प्रतिगामी शक्तिहरू आफ्नो उद्देश्यमा सफल भए भने देश प्रतिगनतिर जाने छ; र, आजका उपलब्धि पुनः प्राप्त गर्नका लागि हामीले लामो सङ्घर्ष गर्नुपर्ने छ । त्यो अवस्थामा गणतन्त्रको रक्षा गर्नु आज ऐतिहासिक र राष्ट्रिय आवश्यकता भएको छ ।

    ३. आज प्रतिगामी शक्तिहरूले राजतन्त्रको पुनस्र्थापनाका लागि पूरा शक्ति लगाइरहेको भए पनि अन्ततः उनीहरूको उद्देश्य सफल हुने छैन भन्ने कुरामा हामीलाई पूरा विश्वास छ । यदि उनीहरूले अस्थायी रूपले त्यसका लागि केही सफलता प्राप्त गर्छन् भने पनि त्यसको परिणामस्वरूप उनीहरूले झन् ठुलो क्षति उठाउनुपर्ने छ । स्वयम् नेपालको इतिहासबाट पनि यो कुरा प्रष्ट भइसकेको छ कि प्रतिगामी शक्तिहरूले कुनै खास अवस्थामा केही सफलता प्राप्त गरे पनि अन्तमा उनीहरूले झन् ठुलो क्षति उठाउनुपर्दछ । २०१७ सालको काण्डपछि उनीहरू ३ दशकसम्म सत्तामा टिक्न सफल भएका थिए, तर २०५९ को काण्डपछि उनीहरूको सत्ता करिब ३ सालमा नै समाप्त भएको थियो; र, राजतन्त्रको अन्त्यसहित उनीहरूले झन् ठुलो क्षति उठाउनुपरेको थियो । त्यसैले अहिले उनीहरूले केही सफलता प्राप्त गर्न सके भने पनि त्यो एकदम अल्पअवधिका लागि हुने छ; र, प्रतिगामी शक्तिहरू झन् बढारिएर जाने छन् । अन्तमा, जित प्रतिगामी शक्तिको होइन, गणतन्त्र पक्षधर शक्तिको नै हुने छ भन्ने कुरामा हामीलाई पूरा विश्वास छ ।

    ४. हामी यो कुरामा स्पष्ट छौँ कि आज देशमा कायम भएको गणतन्त्र बुर्जुवा प्रकारको हो; र, त्यसद्वारा जनताका आधारभूत आवश्यकताको समाधान सम्भव छैन । त्यसका लागि नयाँ जनवादी गणतन्त्रको स्थापना आवश्यक छ । त्यसका लागि परिस्थिति तयार पार्नका लागि हामीले लगातार प्रयत्न गर्दै जानुपर्दछ । त्यो हाम्रो आजको आधारभूत र रणनीतिक कार्य हो र त्यो लक्ष्य लामो क्रान्तिकारी सङ्घर्षपछि नै सम्भव हुन सक्ने छ । तर तत्कालका लागि अहिले देशमा कायम भएको गणतन्त्रले पनि प्रगतिशील महत्त्व राख्दछ; र, त्यो उपलब्धिको रक्षा गर्नु सम्पूर्ण जनताको दायित्व हुन्छ ।

    ५. आज देशको राष्ट्रियताका अगाडि पनि गम्भिर प्रकारको खतरा छ । भारतीय साम्राज्यवादले कालापानीमा त पहिलेदेखि नै कब्जा गरेर त्यहाँ आफ्नो सेना राखेको थियो । अब त्यसले त्यो भूमिलाई आफ्नो देशको नक्सामा सामेल गरेर त्यो सम्पूर्ण भूमि आफ्नो देशको नै भएको भनेर दावी गर्न थालिरहेको छ । त्यसले तराईको विखण्डनका लागि पनि पृथकतावादीहरूलाई प्रोत्साहित गर्ने काम गरिरहेको छ । नेपालका कैयौँ सीमामा त्यसले अतिक्रमण गरेको छ । त्यो अवस्थामा राष्ट्रियता रक्षाको प्रश्न पनि हाम्रो देशका लागि अत्यन्त गम्भीर समस्या भएको छ ।

    ६. नेपाल बहुजातीय, बहुसांस्कृतिक, बहुभाषिक र बहुधार्मिक देश हो । त्यो अवस्थामा कुनै एउटा धर्मलाई राज्यको धर्म बनाउनु सही हँुदैन । त्यसैले पहिले निरङ्कुश राजतन्त्रअन्तर्गत नेपाललाई हिन्दु राष्ट्र बनाउने सोचाइ प्रतिक्रियावादी सोचाइ थियो । हामीले हिन्दुसहित सबै धर्मालम्बीको धार्मिक स्वतन्त्रतालाई समर्थन गर्दछौँ । धर्म निरपेक्षताको सोचाइले नेपालको बहुजातीय, बहुसांस्कृतिक र बहुधार्मिक राष्ट्रिय चरित्रसँग मेल खान्छ । नेपालको संविधान–२०७२ ले धर्म निरपेक्षताको सिद्धान्तलाई स्वीकार गरेको छ र हामीले त्यसलाई स्वागत गरेका छौँ ।

    ७. अहिले प्रतिगामी शक्तिहरूले नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्ने माग गर्न थालिरहेका छन् । उनीहरूको त्यो माग खालि धर्म निरपेक्षताको सिद्धान्त र नेपालको बहुधार्मिक चरित्रका विरुद्ध मात्र छैन, स्वयम् त्यसले हिन्दुहरूको धार्मिक भावनाको पनि प्रतिनिधित्व गर्दैन । वास्तवमा प्रतिगामी शक्तिहरूले राजतन्त्रको पुनस्र्थापना प्रतिगामी उद्देश्य पूरा गर्न नै हिन्दु धर्मलाई हतियारको रूपमा प्रयोग गर्न प्रयत्न गरिरहेका छन् । त्यसकारण हामीले त्यस प्रकारको मागको कडा विरोध गर्नुपर्दछ ।

    ८. हामीले पहिलेदेखि नै स्पष्ट गर्दै आएका थियौँ– सङ्घीयता हाम्रो देशको सानो आकार, भूराजनीतिक स्थिति वा पिछडिएको अर्थतन्त्रका लागि उपयुक्त छैन । त्यसले जाति र क्षेत्रीय विग्रह र राष्ट्रिय विखण्डनको स्थितिको सिर्जना गर्दछ । त्यसमा लाग्ने अत्यधिक र अनावश्यक खर्चका कारणले जनतामा करको वृद्धि हुन्छ, विकास कुण्ठित हुन्छ; र, स्थानीय निकायको अधिकारको हनन हुन्छ । छोटो समयमा पनि त्यसको अभ्यासबाट त्यो कुरा व्यावहारिक रूपले नै प्रमाणित हुँदै गएको छ । त्यसकारण हाम्रो पार्टीले सङ्घीयता वा त्यसको प्रादेशिक संरचनालाई खारेज गर्नुपर्ने आवश्यकतामा जोड दिदैँ आएको छ; र, अहिले पनि दिन्छ ।

    ९. आज देशमा भ्रष्टाचार व्यापक रूपले बढ्दै गएको छ । त्यसबाट सम्पूर्ण प्रशासन, विकास कार्य, सार्वजनिक सेवा र जनजीवनसमेत नराम्ररी प्रभावित भएको छ । वर्तमान सरकारले त्यस प्रकारको भ्रष्टाचारको छानबिन गर्न र त्यसलाई नियन्त्रण गर्नुको सट्टा, त्यसलाई सरक्षण गर्ने नीति नै अपनाइरहेको छ । सरकारको त्यस प्रकारको नीति र कार्यप्रणालीप्रति हाम्रो पार्टीले गम्भीर चिन्ता र क्षोभ प्रकट गर्दछ; र, भ्रष्टाचार विरुद्धको सङ्घर्षमा विशेष जोड दिन्छ ।

    १०. उपर्युक्त प्रकारको पृष्ठभूमिमा नै हाम्रो पार्टीले गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा तथा सङ्घीयता र भ्रष्टाचारका विरुद्धको सङ्घर्षलाई अगाडि बढाउने निर्णय गरेको छ । त्यसैले त्यस विषयमा अहिले राष्ट्रिय जनमोर्चाले गर्न थालेको यो अन्तरक्रिया कार्यक्रमलाई पनि हाम्रो पार्टीले स्वागत गर्दछ । हामीले उक्त विषयमा राष्ट्रिय जनमोर्चा वा अन्य कुनै सङ्गठनले गर्ने कुनै पनि कार्यक्रम वा सङ्घर्षलाई समर्थन गर्ने छौँ; र, तिनीहरूसित ऐक्यबद्धता प्रकट गर्नेछौँ । धन्यवाद !

    सोमबार, मङि्सर २२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ
    मीनराज रानाको सङ्क्षिप्त जीवनी
    घण्टीको उपहार र त्रिपुरेश्वरमा जलिरहेका गणेश

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.