राम गैरे पाल्पाली
सबै कुरा आयो गाउँमा तर भ्रष्टाचार रोक्ने कानुन आएन
किसानहरूले गरेको खेतीलाई आखिर मनसुन आएन
Advertisement
सात सालदेखि जनताको सङ्घर्षबाट आएको यो गणतन्त्र
महङ्गी अनि बेरोजगारीले जनवादी सङ्गीतको धुन आएन
वर्गसङ्घर्षबाट देश जनताको हित हुने कुरा ढुक्क थियो
हेर यो वर्गसमन्वयकै कारण त्यो योगदानको गुण आएन
विश्वासकै भरोसामा विजय तिम्रो निश्चित भएको थियो
सत्ताको लालसा बढेर अँध्यारोमा उज्यालो जुन आएन
नीतिसिद्धान्तभित्र नेता हुनैपर्छ त्यो कम्युनिस्ट हो भने
महान् छ श्रमको मूल्य तिमी बताऊँ त्यो बाटो कुन आएन