• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

नेकपामा एमसिसी र नवउदारवादको सन्दर्भ


  •   बुधबार, मङि्सर १७, २०७७ मा प्रकाशित
  • प्रकाश थापामगर ।।
    एमसिसीको सन्दर्भमा सत्तारूढ नेकपाभित्र दुई विपरीत प्रवृत्ति देखा परेका छन् : एकथरिले एमसिसीमा राष्ट्रहित विपरीत प्रावधान देखिरहेको छ भने अर्काथरिले एमसिसीलाई अन्य वैदेशिक सहायताजस्तै सामान्य सहयोग ठानिरहेको छ । त्यसका बाबजुद नेकपाभित्र यो विषयमा समान समझदारी छ; त्यो हो– नेपालको विकासका लागि वैदेशिक सहायता लिनु अपरिहार्य छ ।

    Advertisement

    यसरी नेकपाभित्र वैदेशिक सहायताको अपरिहार्यताबारे आधारभूत समझदारी भएको मान्न सकिन्छ । त्यसका बाबजुद एमसिसीको बारेमा विवाद यो हो– एमसिसीमा अहिले केही अस्पष्टता देखिएका छन्, त्यसलाई स्पष्ट पार्नेतर्फ लाग्ने कि त्यसलाई जस्ताको तस्तै पारित गर्ने ? अर्थात् अन्तर्यमा बहालवाला सरकारले अमेरिकालाई चिढाउने कि नचिढाउने ?

    पार्टीभित्रको एउटा पक्ष एमसिसीको सन्दर्भमा देखा परेका अस्पष्टताबारे स्पष्टीकरण चाहेको छ भने अर्को पक्ष विषयवस्तुलाई सामान्य र स्वाभाविक ठान्दै यसलाई यथाशीघ्र पारित गरेर जाने पक्षमा छ । यदि सरकारमा रहेको पक्षले एमसिसीसित जोडिएको प्रष्टताको विषयलाई बाइपास गरेर जाने तरिका अपनायो भने पार्टीभित्रको अन्य मतभेदसमेत यससित जोडिने सक्छन्; र, अन्तरपार्टी विवादले उग्र रूपधारण गर्ने सम्भावना त्यत्तिकै छ । त्यसका विपरीत सत्ता सञ्चालन गरिरहेको पक्षले केही धैर्य र संयम रहेर विषयवस्तुबारे स्पष्टीकरण दिने तरिका अपनायो भने अहिले एमसिसीको सवालमा प्रष्टीकरण खोजेका नेता–कार्यकर्ता नरम हुने छन् । फलस्वरूप अहिलेको एमसिसीप्रतिको विरोध गाजरको चक्कु बन्न जाने सम्भावना पनि त्यत्तिकै छ ।

    यस प्रकार एमसिसीको सवालमा नेकपाको पार्टीनिर्णय काफी हदसम्म नेतृत्वको कार्यशैली, खास गरेर सरकार सञ्चालन गरिरहेको नेतृत्वको कार्यशैलीसित जोडिएको देखिन्छ । प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले एमसिसी पारित गर्न हतारो देखाइरहेका बेला नेकपाको सरकार सञ्चालन गरिरहेको पक्षले धैर्यता र संयमताको कार्यशैली अपनाउँछ कि प्रतिपक्षी नेपाली काङ्ग्रेसले आफ्नो पार्टीभित्रको कार्यशैलीमा जस्तै अधिनायकवादी कार्यशैली अपनाउँछ ? त्यसको उत्तरमा सत्तारूढ नेकपाबाट पार्टीनिर्णयको रूपमा एमसिसी स्वीकार गर्ने वा नगर्नेबारे निक्र्यौल हुने छ ।

    अर्को सम्भावना प्याकेजमा सहमतिको हो । सबै पार्टीमा जस्तै नेकपा पनि मतभेद हुनु नयाँ विषय होइन । तर नेकपाभित्र जनवादी केन्द्रीयतासम्बन्धी कम्युनिस्टको अनुशासन लागु नभएकाले मतभेद पटक–पटक सार्वजनिक रूपमै छताछुल्ल हुने गरेको छ । जब मतभेद उत्पन्न हुन्छ, तथ्यको आधारमा सत्य पत्ता लगाउने र उक्त सत्यको आधारमा सम्भव भएसम्म सर्वसम्मतिले, नभए बहुमत–अल्पमतको पद्धतिद्वारा ती मतभेदलाई टुङ्गो लगाउने पद्धति सत्तारूढ नेकपामा पाइन्न । यस्तो अवस्थामा त्यहाँ मतभेदमाझ सौदाबाजी चल्ने गर्दछ । “विन–विन” पोजिसन अर्थात् सबैले जितेको महसुस गर्नेजस्तो सम्झौतापरस्त र अवसरवादी पद्धति त्यहाँ पटक–पटक अवलम्बन गरिन्छ । त्यस क्रममा मतभेदलाई टुङ्गो लगाउने सवालमा सिद्धान्तहीन समायोजनको तरिका अपनाइन्छ । सम्भव छ, मतभेदको यस्तै “विन–विन” समायोजनाको क्रममा एमसिसी भेटी चढ्न सक्छ; अर्थात्, एमसिसी जस्ताको तस्तै पारित हुन सक्छ । सत्तारूढ नेकपा यस्तो पार्टी हो, जहाँ जुनसुकै विषयमा कुनै पनि समय जे पनि हुन सक्छ ।

    नेकपाको सन्दर्भमा एउटा उल्लेख गर्नयोग्य विषय हो– उसको सङ्गठनात्मक र अनुशासनात्मक प्रणाली । अहिले एकता महाधिवेशनपूर्वको सङ्क्रमण कालीन अवधिमा मात्रै होइन, एकतापूर्व पनि पूर्व एमाले र पूर्व माओवादी पक्षमा जनवादी केन्द्रीयतासम्बन्धी पद्धतिको पालना हुँदैनथ्यो । अहिले त झन् सो पार्टी सङ्क्रमण कालीन अवस्थामा छ । फलस्वरूप नेकपा अहिले एउटा वर्गको पार्टीजस्तो भन्दा पनि काङ्ग्रेसजस्तो ‘सम्मेलन’ वा ‘महासङ्घ’ जस्तो चरित्रमा सहवरण गरिरहेको छ । यस्तो अवस्थामा एमसिसीको सम्बन्धमा सही सही निर्णय हुन सक्ने सम्भावना कमजोर छ ।

    सत्तारूढ नेकपामा ठुलो सङ्ख्यामा देशभक्त (र, क्रान्तिकारी चिन्तन भएकासमेत) नेता–कार्यकर्ता छन् । त्यसको प्रतिबिम्ब केन्द्रीय नेतृत्वमा पनि देखा पर्दछ । जब नेकपाको केन्द्रीय नेतृत्वमा कसैले देशभक्तिपूर्ण अडान लिन्छ, तब त्यसबाट सिङ्गै पार्टी तरङ्गित हुन्छ । अहिले नेकपामा पनि त्यही भइरहेको छ । यतिखेर सचिवालयका केही सदस्यले एमसिसीको सन्दर्भमा प्रष्टता चाहेका छन् भने त्यसको पक्षमा सिङ्गो केन्द्रीय समिति र तलसम्मका नेता–कार्यकर्ता तरङ्गित भएका छन् । यो तरङ्गको सकारात्मक महत्त्व छ । केन्द्रीय नेतृत्वदेखि तलसम्मका नेता–कार्यकर्ताको यस खालको देशभक्तिपूर्ण तरङ्गले नै अहिलेसम्म नेकपाको सरकार सञ्चालन गरिरहेको शक्तिसित चेक एन्ड ब्यालेन्सको स्थिति कायम छ । यस खालको अवस्था कहिलेसम्म रहने छ वा यो परिस्थितिले भविष्यमा कस्तो रूपधारण गर्ने छ ? त्यसबारे अहिले नै केही भन्न सकिने अवस्था छैन ।

    सत्तारूढ नेकपामा दुई वटा रङको मिश्रण छ :कोही राता छन्, कोही पहेँला, तर गाढा रातो वा गाढा पहेँलो अवस्थामा भने होइन । कोही हल्का राता छन्, कोही पहेँलिँदै गइरहेका छन् । यसरी नेकपा रातोपन कम हुँदै गइरहेको वा पहेँलिँदै गइरहेको पार्टी हो । यस खालको प्रष्ट चित्र यो पार्टीमा देख्न सकिन्छ । राजनीति, सङ्गठन, अनुशासन, कार्यशैली र सरकारको कामकारबाहीमा जताततै यस्तै बिम्ब देख्न सकिन्छ । एमसिसीको सन्दर्भमा पनि पहेँलिँदै गइरहेकाले देशभक्तिपूर्ण अडान छोड्दै जाने र हल्का रातो रङ रहेकाले भने देशभक्तिपूर्ण अडानमा कायमै रहने अवस्था पनि हुन सक्छ । यद्यपि यस्तो समझदारी सामान्य रूपमा सत्य हो । कतिपय मामिलामा राता देखिनेहरू भित्रभित्रै पहेँलिएको र बाहिर देख्दा पहेँलोजस्तो देखिनेहरूमा भित्रभित्रै रातोपन बाँकी रहेको हुन सक्छ ।

    वर्तमान सत्तारूढ नेकपामा एमसिसीको सन्दर्भलाई एउटा अवधारणाको सापेक्षतामा जाँच गर्नैपर्ने हुन्छ । त्यो अवधारणा हो– नवउदारीकरण । सत्तारूढ नेकपामा नवउदारवादी प्रभाव कति गहिरो छ ? त्यो प्रभावले अहिले सतहमा देखिएको एमसिसीसम्बन्धी विवादमा धेरै हदसम्म भूमिका खेलिरहेको छ । कारण– वैदेशिक सहायता नवउदारवादी टुल्स हो । वैदेशिक सहायताको सम्बन्धमा जसले नवउदारवादबारे सही धारणा कायम गरेका हुन्छन्, उनीहरूले एमसिसीप्रति अवश्य पनि शङ्का गर्ने छन् । त्यसका विपरीत जसले वैदेशिक सहायतासम्बन्धी नवउदारवादी अन्तर्य बुझेका हुँदैनन्, उनीहरूले एमसिसीको सन्दर्भमा देशभक्तिको कोणबाट शङ्कासम्म गर्ने छैनन् ।
    सत्तारूढ नेकपामा नवउदारवादको प्रभाव कति छ ? त्यसको असर एमसिसीको सन्दर्भमा पनि प्रकट भएको छ । सचिवालय सदस्य तथा एमसिसीबारे अध्ययन गर्न बनेको कार्यदलका एक सदस्य प्रदीप ज्ञवालीले प्रतिवेदनमा भिन्न मत राख्दै भनेका छन्– “कतिपय एक्जिम बैङ्कबाट लिइने ऋणमा सहायतामा लगानीकर्ताकै दुईतिहाइभन्दा बढी सामग्री र निर्माण व्यवसायी संलग्न हुन पाउनेजस्ता असमान सर्तहरूसमेत देखिएको/स्वीकारिएको परिप्रेक्ष्यमा यस्तो सहयोग तुलनात्मक रूपमा अनुकूल भएको कुरा सहजै देख्न सकिन्छ ।” यसको आसय यही हुन्छ ः एक्जिम बैङ्कका “असमान सर्त” समेत त स्वीकार्न सकिन्छ भने एमसिसी के हो र ?

    अर्कातिर, प्रष्टीकरण चाहनेहरू पनि अमेरिकी हिन्दप्रसान्त रणनीतिको अङ्ग एमसिसी भएको तथ्यमा दृढतापूर्वक अडान लिन सक्दैनन् । उनीहरू खालि प्रष्टीकरण चाहन्छन्, एमसिसीप्रति पूर्ण अस्वीकृति चाहन्नन् । भनिरहनु नपर्ला, वैदेशिक सहायताबारे नवउदारीवादी अवधारणाप्रति उनीहरू आफै प्रष्ट नभएकैले, अर्थात् आधारभूत रूपमा नवउदारवादलाई स्वीकारेकै कारण उनीहरूले एमसिसीको सन्दर्भमा गुम्न सक्ने नेपालको सार्वभौमिकता र असंलग्नसहितको स्वतन्त्र परराष्ट्र नीतिप्रति गम्भीर हुन चाहन्नन् । फलस्वरूप उनीहरू एमसिसीलाई पूर्ण खारेज गर्ने अडानमा उभिन चाहँदैनन् ।

    एमसिसी विशुद्ध वैदेशिक सहायताको विषय होइन, बरु त्यो साम्राज्यवादको नवउदारवादी प्रोजेक्ट हो भन्ने प्रमाण त थ्रेसहोल्डमा सामेल गरिएका विषयबाट प्रष्टै हुन्छ । एमसिसी परियोजना सञ्चालन गर्नेले पूर्णतः करछुटको व्यवस्था त गर्नैपर्ने हुन्छ । त्यो हाम्रा लागि नयाँ विषय पनि होइन, तर थ्रेसहोल्ड अन्य विषयहरू समावेश छन् ।

    एमसिसीको थ्रेसहोल्डमा यी विषय समावेश गरिएका छन्– १. बहुलतावाद, २. समानता र कानुनी शासन, ३. पारदर्शिता, ४. मानवअधिकार, ५. भ्रष्टाचार नियन्त्रण, ६. महिला र बालबालिकाको क्षेत्रमा लगानी, ७. जैविक विविधताको संरक्षण, ८. प्राकृतिक श्रोतको पारदर्शी र दिगो व्यवस्थापन, ९. निजी सम्पत्तिको अधिकारको रक्षा, १०. जनतामा लगानीलाई सुदृढ गर्ने परम्परा, ११. आफ्ना नागरिकलाई विश्व व्यापार र अन्तर्राष्ट्रिय पुँजीबजारमा सहभागिताप्रतिको प्रोत्साहन, १२. निजी क्षेत्रको प्रवद्र्धन, १३. अर्थतन्त्रमा बजारशक्तिको प्रवद्र्धन, १४. सरकारको पारदर्शिता र जवाफदेहिताको प्रोत्साहन ।

    कुनै पनि राजनीतिक र सामाजिक क्षेत्रको सामान्य कार्यकर्ताले पनि सहजै बुझ्न सक्छ, एमसिसी परियोजना स्वीकार्नुभन्दा अगाडि कुनै देशले स्वीकार गर्नुपर्ने थ्रेसहोल्डका उपर्युक्त आधार विशुद्ध आर्थिक प्रकृतिका छैनन्; यी प्रावधान विशुद्ध वैदेशिक सहयोगजस्ता पनि छैनन् । जोकसैले बुझ्न सक्छ, माथि उल्लेखित थ्रेसहोल्डका प्रावधान त राजनीतिक–सामाजिक अभियानका विषयवस्तु हुन् र त्यसको आधारमा सिङ्गै राजनीतिक आन्दोलन सङ्गठित गर्न सकिन्छ । के एमसिसी कुनै राजनीतिक आन्दोलन हो ? एमसिसीको दातृराष्ट्र अमेरिकाले यस्तो प्रष्टीकरण दिन सक्छ ? अहिलेसम्म अमेरिकाले यस्तो घोषणा गरेको छैन । यदि त्यसो हो भने केही समस्या अवश्य छ ।

    जुन व्यक्ति वा राजनीतिक पार्टी साम्राज्यवाद, साम्राज्यवादी भूमण्डलीकरण, उदारीकरण, नवउदारीकरणजस्ता अवधारणाबारे प्रष्ट छन्, उनीहरू साम्राज्यवादद्वारा प्रदान गरिने वैदेशिक सहायताको चरित्रबारे पनि प्रष्ट हुन्छन् । त्यसका विपरीत जसमा यस खालको प्रष्ट समझदारी हुन्न, उनीहरू साम्राज्यवादद्वारा प्रदान गरिने वैदेशिक सहायताभित्रको साम्राज्यवादी राजनीतिप्रति दिग्भ्रमित हुन्छन् । अहिले सत्तारूढ नेकपाको उच्च नेतृत्वमा देखा परिरहेको एमसिसीसम्बन्धी मतभेदमा पनि उपर्युक्त समझदारीले काम गरेको प्रष्टै छ । वास्तवमा नवउदारवादप्रतिको सही वा गलत समझदारीले नै नेकपामा एमसिसीको भविष्यबारे छिनोफानो गर्ने छ ।

    सत्तारूढ नेकपाभित्र नवउदारवादबारे स्पष्ट समझदारी राख्नेहरू थुप्रै छन् । यस्तै समझदारी राख्नेहरूले एमसिसीको विरोध गरिरहेका छन् । त्यसका विपरीत जोसित यस खालको प्रष्ट समझदारी छैन, उनीहरू त अमेरिकी मन्त्रीसमेतले एमसिसी हिन्दप्रसान्त रणनीतिअन्तर्गतको एउटा परियोजना हो भनिसक्दा पनि पत्याइरहेका छैनन् । अमेरिकी रक्षा मन्त्रालयको प्रतिवेदन र मन्त्रीका अभिव्यक्तिमाथिसमेत विश्वास नगर्ने हाम्रा भक्तलाई कसले सम्झाउनुपर्ने हो:ः जिसस क्राइस्टले कि पशुपतिनाथले ?

    एमसिसी हिन्दप्रसान्त रणनीतिको अङ्ग हो । हिन्दप्रसान्त रणनीति तात्कालिक रूपमा चीनले अगाडि सारेको बेल्ट एन्ड रोड इनिसियटिभ अवधारणाको काउन्टरमा अगाडि सारिएको अमेरिकी प्रोजेक्ट हो । एमसिसी स्वीकार गर्नुअघिको थ्रेसहोल्ड र एमसिसीमा विद्यमान प्रावधानले चिच्याई चिच्याई यही तथ्य बोलिरहेका छन् । त्यसका बाबजुद नेकपाका केही “कमरेड” हरूले अमेरिकालाई समानता, मानवअधिकार, कानुनी शासन, पारदर्शिताजस्ता सवालमा आदर्शको प्रतिमूर्ति ठानिरहेका छन् ।

    नेपालजस्तो देशले आवधिक रूपमा वैदेशिक सहायता लिनै हुन्न भन्ने होइन । तर यस्तो सहायता निःसर्त हुनुपर्दछ । एउटा देशले अर्को देशको वास्तविक भलो चिताएर सहयोग गरिएको हुनुपर्दछ । त्यसका विपरीत कसैद्वारा सार्वभौमसत्ता र असंलग्नतासहितको स्वतन्त्र परराष्ट्र नीतिमाथि धावा बोल्दै सहायताको अफर गरिन्छ भने त्यस्तो जोकसैको सहयोगलाई अस्वीकार गरिनुपर्दछ । यदि सत्तारूढ नेकपा साँच्चै वीर गोर्खालीको आधिकारिक उत्तराधिकारी हो भने यस्तो नवउदारवादी चरित्रयुक्त साम्राज्यवादी वैदेशिक सहयोगलाई अस्वीकार गर्न सक्नुपर्दछ । के हँसिया–हथौँडाङ्कित झण्डा उठाएको राजनीतिक शक्ति, जहाँ दश वर्षसम्म नेपाली समाजमा आमूल परिवर्तनको नाममा हतियार उठाएका योद्धाहरू पनि सामेल छन्, ले यस्तो हिम्मत गर्ला ?

    अन्तमा, यस तथ्यप्रति हामी सबै स्पष्ट हुनैपर्दछ– एमसिसी नवउदारवादी साम्राज्यवादी रणनीतिअन्तर्गतको वैदेशिक सहायता हो । त्यति मात्र होइन, एमसिसीले नेपालको सार्वभौमसत्ता र असंलग्नतासहितको स्वतन्त्र परराष्ट्र नीतिमाथि पनि आँच पुर्याउँछ । एमसिसी स्वीकार गरेको खण्डमा अन्ततः नेपाल चीनविरोधी क्याम्पमा सामेल हुने छ । त्यसको परिणामस्वरूप हामी इजरायल, दक्षिण कोरिया, इराकजस्तै आफ्नै छिमेकीको विरुद्धमा, तर साम्राज्यवादको अभिन्न अङ्ग बन्ने छौँ । नेपाली जनता यस्तो पराधीन विकल्पप्रति असहमति जनाउँछन्; र, सत्तारूढ नेकपाभित्रको देशभक्तिपूर्ण पङ्क्तिले आफ्नो पार्टीलाई राष्ट्रघात गर्नबाट अवश्य बचाउन सफल हुने छ ।

    बुधबार, मङि्सर १७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.