धनवीर पुन, नयाँ दिल्ली ।
अखिल नेपाल किसान महासंघका अध्यक्ष भैरवराज रेग्मीले संघीयताका नाममा देशको अखण्डतालाई खण्डित पार्ने प्रयास अहिले पनि भइरहेको भन्दै सजग रहन विश्भरीका नेपालीहरुलाई आग्रह गर्नुभएको छ ।
संघीयताविरुद्धको संघर्षप्रति ऐक्यवद्धता प्रकट गर्न मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष रेग्मीले संघीयताको नाममा राष्ट्रिय विखण्डन गर्ने, तराईलाई पहाडी भूभागबाट अल्ग्याउने, सामाजिक सद्भाव खल्बल्याउने, साम्प्रदायिक भड्काव पैदा गराउने कार्य भइरहेको बताउनुभयो ।
देशी विदेशी प्रतिक्रियावादी शक्तिहरुले देश विखण्डनका लागि संघीयता भिराइदिएको स्मरण गर्दै रेग्मीले विगतदेखि अहिले पनि उनीहरुको त्यो प्रयास जारी रहेको बताउनु भयो । रेग्मीले नेपालको परिवेशमा कुनै पनि अवस्थामा ठिक नभएकोले यसलाई खारेज गर्नुको विकल्प नरहेकोमा जोड दिनु भयो ।
यस्तै, राजमो नेता आनन्द शर्माले नेपालमा संघीयता चाहनेहरुले संघीयताको नेपाली मौलिकता, त्यसको परिभाषा, औचित्य आदिबारे अहिलेसम्म कुनै वस्तुपरक तर्क दिन नसकेका उल्लेख गर्दै संघीयताको कुनै ऐतिहासिक पृष्ठभूमि नहुनु र संघीयता चाहनेहरुले मौलिक अर्थ सहित त्यसको औचित्यता प्रष्ट गर्न नसक्नुले नै नेपालका संघीयतावादीको औचित्य समाप्त भएको बताउनुभयो ।
उहाँले नेपालबाट संघीय प्रणालीलाई खारेज गरेर कोरोना भाइरसबाट प्रभावितका समस्या समाधानमा जोडनु पर्ने बताउनु भयो ।
कार्यक्रम मूल प्रवाहका केन्द्रीय उपाध्यक्ष कपिल खनाल, महासचिव ठाकुर खनाल, केन्द्रीय सचिव प्रेम पौड्याल, नेपाली समाचार सह सम्पादक तथा केन्द्रीय सल्लाहकार धनवीर पुन, सदस्य रामप्रसाद आचार्य, मूल प्रवाह महिला केन्द्रीय विभागकी संयोजक फुलविना पौडेल, सल्लाहकार रामकुमार क्षेत्री, क्षेत्रीय सदस्य प्रतिनिधि रतनसिंह विक, क्षेत्रीय सदस्य भीमबहादुर थापा लगायतको आतित्थ्यता रहेको थियो ।
क्षेत्रीय सदस्य थम्मन बस्नेतको सञ्चालन र क्षेत्रीय अध्यक्ष रामप्रसाद पौडेलको अध्यक्षतामा अगाडि बढेको सो कार्यक्रममा क्षेत्रीय सदस्य घनश्याम शर्माले स्वागत गर्नुभएको थियो ।
यो पनिः
संघीयता विरुद्ध भारतको अलिबागमा ऐक्यवद्धता सभा
नेपालमा चल्ने संघीयता विरुद्धको आन्दोलनमा ऐक्यवद्धता जनाउन भारतब्यापी कार्यक्रम

