• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

बागलुङ गल्कोटका किसानले पाएनन् अनुदान रकम


  •   बिहिबार, मङि्सर ११, २०७७ मा प्रकाशित
  • बागलुङ । किसानलाई अनुदानको रकम लिन प्रक्रियागत, प्राविधिक ज्ञान तथा समस्याका कारण मुस्किल पर्ने गरेकोे छ । अनुदान पाए पनि कागजात मिलाउन नसक्दा कृषि कार्यालयबाटै ठगिनुपरेको उनीहरुको गुनासो छ ।

    Advertisement

    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला जोन म्याग्दीअन्तर्गत बागलुङका तीन जना सुन्तला किसान ग्रिनहाउस बनाउन गत आर्थिक वर्षमा रु. १२ लाखका दरले अनुदान पाउने सूचीमा परेका थिए । सूचीमा परे पनि अहिलेसम्म रकम नपाएको उनीहरुको गुनासो छ । ती किसानले सुन्तला जोनअन्तर्गत ५० प्रतिशत किसान र ५० प्रतिशत सुन्तला जोनको लगानीमा सुन्तलाका बिरुवा उत्पादन गर्ने नेटहाउस निर्माण गर्न अनुदान पाएका थिए । उनीहरुले भुक्तानीमा कार्यालयले ठगेको आफूहरूलाई आरोप लगाएका छन् ।

    काठेखोला गाउँपालिका–६ का थानेश्वर कँडेलले रु. १२ लाखमा ५० प्रतिशत आफ्नो र ५० प्रतिशत सुन्तला जोनको लगानीमा सम्झौता गरेको, दुई वटा आधुनिक नेटहाउस निर्माण गरेको र .रु तीन लाख ८१ हजार पाएको जानकारी दिनुभयो । “रु. १२ लाखको काममा राज्यले जम्मा रु. छ लाख बेहोर्छ, त्यसमाथि भुक्तानीमा विभिन्न बहाना गरेर पैसा घटाउँदा ऋणमा डुब्न थालियो” उहाँले भन्नुभयो– “गत आवको जेष्ठ २५ गते सम्झौता गर्ने कार्यालयले असार १५ मै खाता बन्द गर्दा हामी समस्यामा परेका छौँ ।” उहाँले सम्झौतानुसार टनेल निर्माण गर्दा रकम कटौती भएको गुनासो गर्नुभयो । उहाँका अनुसार दुई नेटहाउसमा अहिले १२ हजार सुन्तलाका बिरुवा तयारी अवस्थामा छन् ।

    “ जेठमा सम्झौता भएको कार्यक्रम असार २५ मा सम्पन्न गर्दासमेत भुक्तानी घटेर आयो” किसान कँडेल भन्नुहुन्छ । सिगानाका किसान हरिबहादुर क्षेत्रीले रु. १२ लाखको योजनामा जम्मा रु. एक लाख ६० हजार मात्रै भुक्तानी प्राप्त गरेको जानकारी दिनुभयो । “कोरोनाले जताततै ठप्प थियो, यस्तो अवस्थामा नेटहाउसका सामग्री माग गर्दा केही समय लागेको थियो” उहाँले भन्नुभयो– “असार मसान्तभित्रै काम सक्ने गरी सामग्री घरमा आइसकेको थियो । उहाँहरूले काम नगरेको जनाउँदै रकम कटौती गर्नुभयो ।”

    उहाँले सम्झौतामा दुई वटा नेटहाउस भए पनि अनुदान कटौती भएपछि एक मात्रै बनाउनुभएको छ । एउटा नयाँ र अर्को मर्मत सम्भार गरी दुई वटा नेटहाउस रु. आठ लाखमा निर्माण गरेको भए पनि अनुदान जम्मा रु एक लाख ६० हजार पाउँदा ऋणमा डुबेको उहाँको भनाइ छ । गत जेठ २५ मा सम्झौता गर्न बोलाउने कार्यालयले गत असारको १५ गते नै सम्पन्न खोजेको बताइएको छ । सुन्तलाका बिरुवामा आत्मनिर्भर बनाउन नेटहाउस निर्माण गर्ने सुन्तला जोनको लक्ष्य रहेको जनाइएको छ ।

    यस्तै, चार वर्षअघि जिल्ला कृषि विकास कार्यालयबाट रु. २१ लाखको अनुदान कार्यक्रम पाएर तीन वटा नेटहाउस बनाएका बागलुङ नगरपालिका–१० भकुण्डेका किसान समूहले जम्मा रु. पाँच लाख प्राप्त गर्यो । अन्य टनेल बनाउँदाको ऋण समूहको थाप्लोमा रहेको दह कृषि किसान समूहका उपाध्यक्ष सुशील थापाले गुनासो गर्नुभयो । “किसानलाई कृषि कार्यालयले अनुदानको नाममा ठग्दै आएको छ” उहाँले भन्नुभयो– “पहिला कृषि कार्यालयले अनुदानमा ठग्यो, अहिले सुन्तला जोनले अनुदानका नाममा ठग्यो, रु. छ लाख अनुदानमा जम्मा रु. १३ हजार दियो, समूहले फर्काइदियौँ ।”

    नेटहाउस निर्माणमा प्राविधिकले कमजोरी गरेका कारण केही समस्या भएको प्रधानमन्त्री आधुनिकीकरण परियोजना सुन्तला एकाइ सुन्तला जोन म्याग्दीका प्रमुख सुधीर थापाले बताउनुभयो । “प्राविधिक र किसानले समयमै सामग्री ल्याउन नसकेको यथार्थ हो, सुन्तला जोन सञ्चालक समितिले पनि अनुगमन नगर्दा समस्या भयो” उहाँले भन्नुभयो– “गत वर्षको योजना हो, अहिले प्राविधिक सरुवा भएर गइसके, कोरोनाका कारण हामीले असार १५ सम्म काम सक्ने भनेका थियौँ, त्यतिबेलासम्म गरेको कामको मुल्याङ्कनका आधारमा मात्रै भुक्तानी दिएको हो ।”

    सञ्चालक समितिलाई सबै अधिकार दिँदा अनुदान वितरणमा समस्या भएका कारण यस वर्षदेखि सञ्चालक समितिको अधिकार घटाएको प्रमुख थापाको भनाइ छ । दुवै पक्षको त्रुटि हुनसक्ने जनाउँदै गत आवको कुरा अहिले पूरा गर्न सम्भव नभएको जिकिर गर्नुभयो । सञ्चालक समितिले सिफारिस मात्रै गर्ने र अनुगमनपछि मात्रै भुक्तानी दिने गरी परिपत्र आएको उहाँले बताउनुभयो । (रासस)

    बिहिबार, मङि्सर ११, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.