• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

सुरक्षा परिषद् सुधारमा भारतको जोड

जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

भोटेकोशी बाढीबाट ७९ अर्बको क्षति, ३० प्रतिशत भूमिहीन बन्ने जोखिम

खराब मौसमका कारण श्रीलङ्काका सबै विद्यालय बन्द

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

बागलुङ गल्कोटका किसानले पाएनन् अनुदान रकम


  •   बिहिबार, मङि्सर ११, २०७७ मा प्रकाशित
  • बागलुङ । किसानलाई अनुदानको रकम लिन प्रक्रियागत, प्राविधिक ज्ञान तथा समस्याका कारण मुस्किल पर्ने गरेकोे छ । अनुदान पाए पनि कागजात मिलाउन नसक्दा कृषि कार्यालयबाटै ठगिनुपरेको उनीहरुको गुनासो छ ।

    Advertisement

    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला जोन म्याग्दीअन्तर्गत बागलुङका तीन जना सुन्तला किसान ग्रिनहाउस बनाउन गत आर्थिक वर्षमा रु. १२ लाखका दरले अनुदान पाउने सूचीमा परेका थिए । सूचीमा परे पनि अहिलेसम्म रकम नपाएको उनीहरुको गुनासो छ । ती किसानले सुन्तला जोनअन्तर्गत ५० प्रतिशत किसान र ५० प्रतिशत सुन्तला जोनको लगानीमा सुन्तलाका बिरुवा उत्पादन गर्ने नेटहाउस निर्माण गर्न अनुदान पाएका थिए । उनीहरुले भुक्तानीमा कार्यालयले ठगेको आफूहरूलाई आरोप लगाएका छन् ।

    काठेखोला गाउँपालिका–६ का थानेश्वर कँडेलले रु. १२ लाखमा ५० प्रतिशत आफ्नो र ५० प्रतिशत सुन्तला जोनको लगानीमा सम्झौता गरेको, दुई वटा आधुनिक नेटहाउस निर्माण गरेको र .रु तीन लाख ८१ हजार पाएको जानकारी दिनुभयो । “रु. १२ लाखको काममा राज्यले जम्मा रु. छ लाख बेहोर्छ, त्यसमाथि भुक्तानीमा विभिन्न बहाना गरेर पैसा घटाउँदा ऋणमा डुब्न थालियो” उहाँले भन्नुभयो– “गत आवको जेष्ठ २५ गते सम्झौता गर्ने कार्यालयले असार १५ मै खाता बन्द गर्दा हामी समस्यामा परेका छौँ ।” उहाँले सम्झौतानुसार टनेल निर्माण गर्दा रकम कटौती भएको गुनासो गर्नुभयो । उहाँका अनुसार दुई नेटहाउसमा अहिले १२ हजार सुन्तलाका बिरुवा तयारी अवस्थामा छन् ।

    “ जेठमा सम्झौता भएको कार्यक्रम असार २५ मा सम्पन्न गर्दासमेत भुक्तानी घटेर आयो” किसान कँडेल भन्नुहुन्छ । सिगानाका किसान हरिबहादुर क्षेत्रीले रु. १२ लाखको योजनामा जम्मा रु. एक लाख ६० हजार मात्रै भुक्तानी प्राप्त गरेको जानकारी दिनुभयो । “कोरोनाले जताततै ठप्प थियो, यस्तो अवस्थामा नेटहाउसका सामग्री माग गर्दा केही समय लागेको थियो” उहाँले भन्नुभयो– “असार मसान्तभित्रै काम सक्ने गरी सामग्री घरमा आइसकेको थियो । उहाँहरूले काम नगरेको जनाउँदै रकम कटौती गर्नुभयो ।”

    उहाँले सम्झौतामा दुई वटा नेटहाउस भए पनि अनुदान कटौती भएपछि एक मात्रै बनाउनुभएको छ । एउटा नयाँ र अर्को मर्मत सम्भार गरी दुई वटा नेटहाउस रु. आठ लाखमा निर्माण गरेको भए पनि अनुदान जम्मा रु एक लाख ६० हजार पाउँदा ऋणमा डुबेको उहाँको भनाइ छ । गत जेठ २५ मा सम्झौता गर्न बोलाउने कार्यालयले गत असारको १५ गते नै सम्पन्न खोजेको बताइएको छ । सुन्तलाका बिरुवामा आत्मनिर्भर बनाउन नेटहाउस निर्माण गर्ने सुन्तला जोनको लक्ष्य रहेको जनाइएको छ ।

    यस्तै, चार वर्षअघि जिल्ला कृषि विकास कार्यालयबाट रु. २१ लाखको अनुदान कार्यक्रम पाएर तीन वटा नेटहाउस बनाएका बागलुङ नगरपालिका–१० भकुण्डेका किसान समूहले जम्मा रु. पाँच लाख प्राप्त गर्यो । अन्य टनेल बनाउँदाको ऋण समूहको थाप्लोमा रहेको दह कृषि किसान समूहका उपाध्यक्ष सुशील थापाले गुनासो गर्नुभयो । “किसानलाई कृषि कार्यालयले अनुदानको नाममा ठग्दै आएको छ” उहाँले भन्नुभयो– “पहिला कृषि कार्यालयले अनुदानमा ठग्यो, अहिले सुन्तला जोनले अनुदानका नाममा ठग्यो, रु. छ लाख अनुदानमा जम्मा रु. १३ हजार दियो, समूहले फर्काइदियौँ ।”

    नेटहाउस निर्माणमा प्राविधिकले कमजोरी गरेका कारण केही समस्या भएको प्रधानमन्त्री आधुनिकीकरण परियोजना सुन्तला एकाइ सुन्तला जोन म्याग्दीका प्रमुख सुधीर थापाले बताउनुभयो । “प्राविधिक र किसानले समयमै सामग्री ल्याउन नसकेको यथार्थ हो, सुन्तला जोन सञ्चालक समितिले पनि अनुगमन नगर्दा समस्या भयो” उहाँले भन्नुभयो– “गत वर्षको योजना हो, अहिले प्राविधिक सरुवा भएर गइसके, कोरोनाका कारण हामीले असार १५ सम्म काम सक्ने भनेका थियौँ, त्यतिबेलासम्म गरेको कामको मुल्याङ्कनका आधारमा मात्रै भुक्तानी दिएको हो ।”

    सञ्चालक समितिलाई सबै अधिकार दिँदा अनुदान वितरणमा समस्या भएका कारण यस वर्षदेखि सञ्चालक समितिको अधिकार घटाएको प्रमुख थापाको भनाइ छ । दुवै पक्षको त्रुटि हुनसक्ने जनाउँदै गत आवको कुरा अहिले पूरा गर्न सम्भव नभएको जिकिर गर्नुभयो । सञ्चालक समितिले सिफारिस मात्रै गर्ने र अनुगमनपछि मात्रै भुक्तानी दिने गरी परिपत्र आएको उहाँले बताउनुभयो । (रासस)

    बिहिबार, मङि्सर ११, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो
    सुरक्षा परिषद् सुधारमा भारतको जोड
    जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु
    अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान
    सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते
    जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

    • २.
      सुरक्षा परिषद् सुधारमा भारतको जोड

    • ३.
      जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

    • ४.
      अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

    • ५.
      सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    • ६.
      जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

    • ७.
      अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

    • ८.
      भोटेकोशी बाढीबाट ७९ अर्बको क्षति, ३० प्रतिशत भूमिहीन बन्ने जोखिम

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.