राम गैरे ‘पाल्पाली’
आखिर म रुने राष्ट्रघाती बाटो सम्झिँदा
रातारात सीमापारि पुग्ने पाटो सम्झिँदा
Advertisement
विकृति–विसङ्गति हटाउm भन्दै लागिपर्दा
सहिदको मन रुन्छ आखिर लाटो सम्झिँदा
समाजका लागि आहुति दिने योद्धा नै थिए
जनता रुन्छ आज रगतको टाटो सम्झिँदा
मान या नमान यो इतिहासकै विषय हो
करले मिचेको सङ्घीयताको घाटो सम्झिँदा
मित्रराष्ट्रहरू नाफामा सीमित हुँदा आज
छैन गणतन्त्र मेरो देशको फाटो सम्झिँदा