काठमाडौँ । क्यासर रोगलाई जितेकाहरूको संस्था नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटीले भर्चुअल कार्यक्रम गर्ने भएको छ । यही २०७७ मङ्सिर १२ गते बेलुका ७ बजे जुम प्रविधिबाट सो कार्यक्रम हुने भएको हो ।
Advertisement

संस्थाकी कोषाध्यक्ष बिनु केसीका अनुसार क्यान्सरलाई जितिसकेका र अहिलेको महामारी कोरोनाबाट बच्न सफल भएका विभिन्न साथीहरूलाई लिएर सो कार्यक्रम हुन गइरहेको हो । उक्त कार्यक्रममा डा. अरुण शाही र डा. राजु पङ्गेनीको विशेष उपस्थिति रहने छ ।
उहाँका अनुसार अहिलेको जल्दोबल्दो महामारी कोरोना र क्यान्सरसम्बन्धी केही भ्रम र तथ्यबारेमा जस्तोसुकै जिज्ञासारू विशेषज्ञ डाक्टरसामु राख्न सकिने छ