• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

सुरक्षा परिषद् सुधारमा भारतको जोड

जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

भोटेकोशी बाढीबाट ७९ अर्बको क्षति, ३० प्रतिशत भूमिहीन बन्ने जोखिम

खराब मौसमका कारण श्रीलङ्काका सबै विद्यालय बन्द

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

‘जोतौँ बाँझो खेतबारी, उठाऔँ अब जिम्मेवारी’


  •   आइतबार, मङि्सर ०७, २०७७ मा प्रकाशित
  • प्युठान । स्वर्गद्वारी नगरपालिकाले चालु आर्थिक वर्ष २०७७/७८ मा भारत तथा तेस्रो मुलुकबाट फर्किएर आएका र स्थानीय क्षेत्रमा रहेका बेरोजगारलाई रोजगारी तथा व्यवसायमा जोड्नका लागि ‘जोतौँ बाँझो खेतबारी, उठाऔँ अब जिम्मेवारी’ कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । नगरपालिकाले चालु आवका लागि रु ५६ करोड ६० लाख ३३ हजार ४५९ बजेट विनियोजन गरेको छ ।

    Advertisement

    नगरपालिकाभित्र थोरै लगानीमा केही व्यवसाय सञ्चालन गरेका र आर्थिक समस्याले गर्दा व्यवसाय फस्टाउन नसकेका व्यक्तिलाई थप सहयोग गर्नका लागि कार्यक्रमले फाइदा पुग्ने नगर प्रमुख नेत्रबहादुर रोका क्षेत्रीले बताउनुभयो ।

    कोरोना संक्रमणका कारण नगरक्षेत्रभित्र आएका व्यक्ति तेस्रो मुलुक तथा भारतमा सिकेको सीपलाई प्रयोग गर्न चाहेमा र नगरक्षेत्रका अन्य बेरोजगार व्यक्तिले पनि केही व्यवसाय गर्न चाहेमा यो कार्यक्रममा समेटिने उहाँले बताउनुभयो । कोभिड लक्षित कार्यक्रमका लागि प्रदेश सरकार र स्थानीय तहमार्फत अन्य बजेटसमेत विनियोजन भएकाले सोे कार्यक्रममार्फत सबै बेरोजगारलाई रोजगारी बनाउने र व्यवसायी बनाउने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

    कार्यक्रम सञ्चालन गर्नका लागि कार्यपालिकाबाट ‘स्वरोजगार कार्यक्रम सञ्चालन कार्यविधि २०७७’ पारित गरिएको नगर प्रमुख क्षेत्रीले बताउनुभयो । त्यसका लागि नेपाल बैंक लिमिटेड भिङ्ग्री शाखासँग सहकार्य गरिने छ । सम्झौताका लागि केन्द्रीय कार्यालयमा पत्र पठाइएको छ । उहाँले भन्नुभयो ‘अबको केही समयमा सम्झौता हुने छ।’ सम्झौतालगत्तै नगरपालिकाले वडामार्फत व्यवसाय गर्ने व्यक्ति तथा समूहको तथ्याङ्क सङ्कलन, व्यवसाय छनोट, संस्थागत र व्यक्तिगत व्यवसाय प्रकृतिका विषयमा तथ्याङ्क सङ्कलन गरिने उहाँले बताउनुभयो ।

    सो कार्यक्रममार्फत नगरपालिकाभित्र रहेका बाँझो खेतबारी कृषिमार्फत हराभरा हुनुपर्ने उहाँले बताउनुभयो । वडामार्फत बाँझो जग्गाको तथ्याङ्क सङ्कलन हुनेछ । बेरोजगारलाई आम्दानीको स्रोतसँगै आगामी दिनमा सफल व्यवसायी बनाउने योजनासहित सोे कार्यक्रम अघि बढाइने उहाँको भनाइ छ । नगरपालिकाले कार्यक्रमको कार्यविधिमा निम्न पिछडिएको, लगानी गर्न रकम नभएको र दलित वर्गलाई प्राथमिकता दिने उल्लेख गरेको छ ।

    नगरपालिकाले रु ५० लाख धरौटी बैंकमा राख्ने र बैंकले नगरपालिकाको धरौटी रकमको दोब्बर लगानी गर्ने छ । यसमार्फत संस्थागत कृषि व्यवसाय गर्नेले न्यूनतम रु २० लाख र व्यक्तिगत व्यवसाय गर्नेले न्यूनतम रु १० लाख ऋण लिन सक्नेछन् । नगरपालिकाले कृषिमा बाँझोबारीलाई हराभरा बनाउन, बाँझो बारी जोती कृषिमा आमूल परिवर्तन गर्नका लागि कार्यक्रमले सहयोग पु-याउने नगर प्रमुख रोका क्षेत्रीले बताउनुभयो ।

    नगरपालिकाले सो कार्यक्रमका लागि रु ६० लाख बजेट विनियोजन गरेकामा रु ५० लाख बैंकमा धरौटी राखिने छ भने रु १० लाख प्रोत्साहनका लागि खर्च गरिनेछ । कोरोना सङ्क्रमणका कारण नगरपालिकाभित्र हालसम्म भारतबाट एक हजार ९६८ र तेस्रो मुलुकबाट १५० जना व्यक्ति आएको तथ्याङ्क छ । (रासस)

    आइतबार, मङि्सर ०७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो
    सुरक्षा परिषद् सुधारमा भारतको जोड
    जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु
    अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान
    सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते
    जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

    • २.
      सुरक्षा परिषद् सुधारमा भारतको जोड

    • ३.
      जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

    • ४.
      अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

    • ५.
      सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    • ६.
      जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

    • ७.
      अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

    • ८.
      भोटेकोशी बाढीबाट ७९ अर्बको क्षति, ३० प्रतिशत भूमिहीन बन्ने जोखिम

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.