• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

सादा जीवन उच्च विचार


  •   शनिबार, मङि्सर ०६, २०७७ मा प्रकाशित
  • दुर्गानाथ खरेल ।।
    सादा जीवन भनेको हाम्रो आवश्यकताका वस्तुहरूको उपयोग गर्दा स्वास्थ्यलाई फाइदा गर्ने खालका, तर मूल्य र देखाइको हिसाबले महङ्गा, भड्किलो नहुने किसिमको, बहुमत जनताले प्रयोग गर्न सक्ने र गर्ने भन्ने अर्थमा नै लिइन्छ ।

    Advertisement

    उच्च विचार भनेको कस्तो हुनुपर्दछ भन्ने विषयमा सबैको एक मत नहुन सक्छ । उच्च विचार भन्दा उच्च उद्देश्य भन्ने अर्थमा नै लिइन्छ । लक्ष्मीप्रसाद देवकोटाले “उद्देश्य के लिनु, उडी छुनु चन्द्र एक” भनेको पनि उच्च विचार हुनुपर्छ भनने अर्थमा नै लिइएको हो । समाजमा भएका कमीकमजोरी हटाउने, समाजलाई स्वस्थ, सरल र समान हिसाबले सबैले काम गर्न सक्ने अवस्थामा लैजाने र कसैले कसैलाई उचो वा निचो नबनाउनुका साथै बनाउन नसक्ने विचार नै उच्च विचार हो । त्यस्तो विचारको विषयमा लामो समयदेखि समाजमा छलफल चल्दै आएको थियो ।

    कार्ल माक्र्सभन्दा पहिलेका विचारकले ठोस, व्यावहारिक र वैज्ञानिक तथ्यमा आधारित रहेर आफ्नो विचार राख्न सकेका थिएनन् । इसापूर्व ५६३ अर्थात् आजभन्दा करिब २६ सय वर्षपहिले जन्मेका गौतम बुद्धले दुःख व्याप्त भएको संसारमा तृष्णाका कारणले दुःख भएको हो; दुःख अन्त्य गर्ने बाटो भएकाले दुःखको अन्त्य हुन सक्छ । त्यसैका लागि सही ढङ्गले बुझ्ने राम्रा नियतले भनाइ र गराइमा फरक नपर्ने, निर्दोषपूर्वक अरूलाई हानी नहुने गरी काम गर्ने, अति अल्छी र अति परिश्रमी दुवै नभइकन एकाग्र चित्तका साथ सचेत र सतर्क रहेर काम गर्दा दुःखको अन्त्य हुन सक्छ र गर्न सकिन्छ भन्ने बुद्धको भनाइ थियो ।

    यी सबै भौतिक दर्शनमा आधारित तथ्य थिए । तर कालान्तरमा बुद्धको भनाइलाई आदर्शवादी रूप दिएर उनको मूर्तिपूजा गर्न लागे । अर्को जन्ममा फल पाउने गुम्बामा लामा जीवन बिताउन थाले । त्यसकारण त्यो उच्च विचार हुन सकेन । अरू आदर्शवादीले त झन् स्वर्ग, नर्क, अघिल्लो–पछिल्लो जुनी, भाग्यजस्ता पूरै काल्पनिक कुरा गरेर उच्च होइन, निच विचारको प्रचार प्रसार गरेर मान्छेलाई उल्लु बनाए ।
    अठाह्रौँ शताब्दीका काल्पनिक समाजवादीहरू सेन्ट साइमन, चाल्र्स फुरिये र रबर्ट ओवनले समाजमा समानता ल्याउने कल्पना गरेर समानताको महान् अभियानमा खट्ने बलिदानी र आदर्श व्यक्तिको कल्पना गरेका थिए ।

    उच्च विचार भनेको वास्तवमा वर्गविचार नै हो । किनभने उनीहरू सङ्ख्यामा धेरै छन् र शोषित पनि हुन् भन्ने मात्र होइन, उनीहरूलाई मुक्ति पनि चाहिएको छ भन्ने हो । समाजमा समानताको अवस्थामा श्रमजीवी वर्गको मुक्ति हुन्छ । पुँजीजीवी वर्गको मुक्ति शोषणमा आधारित छ र श्रमजीवी वर्गको मुक्ति समानतामा आधारित छ ।

    मान्छे प्रकृतिको सचेत जीवन भएको हुनाले मान्छेले प्रकृतिमाथि शासन गर्न सक्नुपर्छ । तर मान्छेका भौतिक आवश्यकता पूरा गर्न मान्छेले मान्छेमाथि शासन गर्न सुरु गरेको हो र गरिरहेको छ । मान्छेले मान्छेमाथि शासन गर्ने व्यवस्थाको अन्त्य गर्ने विचार उच्च विचार हो । त्यो विचारको वाहक शक्ति सर्वहारा वर्गको नेतृत्वमा सञ्चालन हुने कम्युनिस्ट पार्टी हो । त्यो संस्थाका लागि सबैभन्दा प्रमुख सिद्धान्त हुन्छ । सिद्धान्तअन्तर्गत द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादी दर्शन, अतिरिक्त मूल्यसहितको राजनैतिक अर्थशास्त्र, वैज्ञानिक समाजवाद र वर्गसङ्घर्षको सिद्धान्त आदि पर्दछन् ।

    दोस्रो महत्त्वको विषय राजनीति हो । त्यसमा खास गरी रणनीतिक कार्यक्रम र कार्यनीतिक कार्यक्रम पर्दछन् । रणनीतिक कार्यक्रम दीर्घकालीन प्रकृतिको हुन्छ । त्यसलाई सहयोग पुग्ने गरी दिनानुदिनको कार्यक्रम अथवा छोटो समयको र छिटो छिटो परिवर्तन हुन सक्ने कार्यक्रम कार्यनैतिक कार्यक्रम हो । ठोस परिस्थितिको ठोस विश्लेषण गरेर उपर्युक्त कार्यक्रम निश्चित गर्न अन्तर्राष्ट्रिय र राष्ट्रिय परिस्थिति, विश्व कम्युनिस्ट आन्दोलन, गत कालको राजनीतिक परिस्थितिको मूल्याङ्कन, देशका राजनैतिक शक्तिको मूल्याङ्कन, तात्कालिक राजनीतिक परिस्थिति आदि विषयमै विचार पुर्याउनुपर्छ ।

    तेस्रो महत्त्वको विषय सङ्गठन हो । सिद्धान्त र राजनीतिलाई ख्यान नगरिकन बनाइने सङ्गठन अवसरवादी स्वार्थ पूरा गर्ने गठबन्धन मात्र हुन्छ । त्यसकारण पहिलेका दुई पक्षको मातहतमा रहेर मात्र सङ्गठन निर्माण र परिचालन गर्नुपर्छ । तर पनि सङ्गठन बलियो भएन भने सिद्धान्त र राजनीति मात्रको कुनै अर्थ र महत्त्व हुन्न । त्यसैले सङ्गठनको विशेष महत्त्व छ । सङ्गठनमा जनवादी केन्द्रीयता तथा छलफलमा स्वतन्त्रता र कार्यमा एकताको नीति लागु गरिन्छ । सर्वसाधारण जनता कम्युनिस्ट पार्टीको सदस्य हुन नसक्ने र जनताभन्दा सचेत, सङ्गठित र अनुशासित व्यक्ति मात्र जनताको पक्षमा काम गर्न तयार हुनुपर्दछ ।

    कार्ल माक्र्सको विचार सबैभन्दा उच्च विचार हो । किनभने; उहाँले समाजमा दास व्यवस्थादेखि नै मान्छेले मान्छेलाई शोषितवर्ग बनाएर शासन र शोषण गर्दै आएको तथ्य बताएर त्यसको समाधानको उपायसमेत बताउनुभयो । माक्र्सका अनुसार अहिलेसम्म अस्तित्वमा आएको दासव्यवस्था, सामन्ती व्यवस्था र पुँजीवादी व्यवस्था एउटा वर्गले अर्को वर्गलाई चरम शोषण गर्ने व्यवस्था हुन् । वर्गविरोध खप्न नसकेर पहिलेका दुई वटा व्यवस्थाहरू समाप्त भए । अहिले संसारमा पुँजीवादी व्यवस्था अस्तित्वमा छ । यो नाफा कमाउने व्यवस्था हो । नाफा अतिरिक्त मूल्यबाट हुने शोषणको व्यवस्था हो । यो पहिलेका व्यवस्थाभन्दा बढी व्यवस्थित र बढी शोषणको व्यवस्था हो । यो व्यवस्था जति व्यवस्थित र विकसित हुँदै जान्छ, उति सर्वहारा वर्ग उत्पादन हुँदै जान्छन् ।

    सर्वहारा वर्ग सबैभन्दा शोषित र सबैभन्दा क्रान्तिकारी वर्ग हो । त्यसको नेतृत्वमा गठन गरिएको कम्युनिस्ट पार्टीको नेतृत्वमा आन्दोलन उठाएर विजयी भई राज्यसत्तामा वर्गको अधिनायकत्व भई वर्गसङ्घर्षको आधारमा आमूल परिवर्तन गर्दै सामूहिक स्वामित्व र वर्गविहीन तथा शोषणविहीन समाज निर्माण गर्ने माक्र्सको विचार हो ।

    माक्र्सले भनेको व्यवस्था समाजवादी र साम्यवादी व्यवस्था हुन् । वर्ग भएको र सामूहिक स्वामित्वका लागि आफ्नो वर्गको राज्यसत्ता गठन गरेर वर्गसङ्घर्ष चलाउने व्यवस्था समाजवादी व्यवस्था हो भने व्यक्तिगत स्वामित्व वर्ग र शोषण अन्त्य भइसकेको व्यवस्था साम्यवादी व्यवस्था हो । श्रम विभाजनको सिलसिलामा वर्ग विभाजन भएको हो । श्रम गर्ने र श्रम गराउने विरोधी वर्ग हुन् । श्रम गराउनका लागि उत्पादनका साधन आफ्नो व्यक्तिगत स्वामित्वमा दर्ता गरेर उत्पादनका साधन आफ्नो नाममा हुने र आफ्नो नाममा उत्पादनका साधन नहुने विरोधी वर्गलाई स्थायित्व दिइएको हो ।

    समस्याको जरो जहाँ छ, समाधान पनि त्यहीँबाट सुरु गर्नुपर्छ । व्यक्तिगत स्वामित्वको सम्पत्तिलाई सामूहिक स्वामित्वमा नलग्दासम्म वर्गको अन्त्य गर्न सकिन्न । सबैभन्दा शोषितवर्ग सर्वहारा वर्ग भएकाले उसैको नेतृत्वमा पार्टी गठन गर्नुको कारण सामूहिक स्वामित्वमा लैजानका लागि नै हो ।

    मान्छेका आवश्यकताका वस्तु उत्पादन गर्ने उत्पादक शक्ति तीन थरिका हुन्छन् । ती हुन्, मजदुर, किसान र बुद्धिजीवी । मजदुर र किसानले शारीरिक श्रम धेरै गर्छन्, बौद्धिक श्रम थोरै गर्छन् । तर बुद्धिजीवीले बौद्धिक श्रम धेरै गर्छन् तथा शारीरिक श्रम थोरै गर्छन् । यी शक्तिहरू समाजवादी समाजमा पनि रहन्छन् । यिनीहरूबाहेकका निम्न पुँजीपति र पुँजीपति शक्ति, जो वर्तमान समाजका सञ्चालक हुन्, तिनीहरूलाई मजदुर, किसान र बुद्धिजीवीको मातहत र सामूहिक स्वामित्वअन्तर्गत काम गराइन्छन् । यी सबै काम वर्गसङ्घर्षसहित गरिने हुनाले वर्गविहीन समाज निर्माण गर्ने सिलसिलामा अघि बढ्दै जान्छ ।

    वर्गसङ्घर्षको काम सर्वहारा विश्वदृष्टिकोण निर्माणबाट सुरु हुन्छ । सर्वहारा विश्वदृष्टिकोणको विकासबाट अहिलेसम्म पश्चिम दिशातिर फर्केर हिँडिरहेको समाजलाई त्यसको ठिक विपरीत पूर्व दिशातिर फर्केर हिँडाउने कामको सुरुवात हुन्छ । त्यो भनेको व्यक्तिगत स्वामित्वको मातहत हिँडिरहेको समाज सामूहिक स्वामित्वअन्तर्गत हिँड्न सुरु गर्छ । पहिले सम्पत्ति के हो ? बुझ्छ । बुझेपछि फेरि वर्गसङ्घर्ष के हो र वर्गसङ्घर्ष किन आवश्यक छ ? त्यो पनि बुझ्दछ ।

    सम्पत्ति सामूहिक श्रमको उत्पादन हो । कसैले पनि एकल परिश्रमबाट कुनै पनि सम्पत्ति उत्पादन गर्न सक्दैन । उत्पादन गर्न धेरैको श्रम लागेको वस्तुलाई एउटाको स्वामित्वमा राख्दा शोषणको आधार खडा हुन्छ । शोषण व्यक्तिले होइन, सम्पत्तिले गर्दछ । त्यसकारण व्यक्तिगत स्वामित्वमा सम्पत्ति थप्ने उद्देश्यले कम्युनिस्ट पार्टीको सदस्य पनि रहने काममा बाधा खडा गर्दछ ।

    विश्वदृष्टिकोणमा सर्वहाराकरण भएपछि आफ्नो स्वामित्वमा भएको सम्पत्ति सामूहिक स्वाथृका लागि उपयोग हुन सुरु हुन्छ । त्यो भनेको सर्वहाराकरणका लागि सम्पत्ति बाधक होइन, सहयोगी नै हुन्छ । मान्छेलाई समस्या सामूहिक श्रम, सामूहिक स्वामित्व र सामूहिक स्वार्थका लागि अभ्यस्त हुनका लागि हो । धेरै पुस्तादेखि चल्दै आएको व्यक्तिगत श्रम, व्यक्तिगत स्वामित्व र व्यक्तिगत स्वामित्वमा आधारित व्यवस्था हाम्रो नसा नसामा सञ्चालन भइरहेको हुनाले हामीलाई सामूहिकता हुन नसक्नेजस्तो र असम्भवजस्तो लागेकाले हो । तर वास्तविकताको कसीमा घोटिँदै जाँदा त्यो अनिवार्य रूपमा लागु हुने र लागु गर्नैपर्ने वास्तविकता हो ।

    वर्ग र वर्गीय विचार उद्देश्यबाट सुरु हुन्छ । उत्पादनका साधन आफ्नो नाममा दर्ता भएकाहरूले उत्पादन गर्न अरूलाई काम गराउँदा थोरै पारिश्रमिक दिएर धेरै काम गराउने उद्देश्य हुन्छ भने अरूकहाँ काम गर्न जानेलाई धेरै पारिश्रमिक ल्याउने उद्देश्य हुन्छ । विरोधी उद्देश्य भएको हुनाले वर्गसङ्घर्ष त्यहीँबाट सुरु भएको हुन्छ । आफू शोषणमा परेको महसुस नगर्दासम्म र आफूमा वर्गीय विचार महसुस नहुँदासम्म वर्गसङ्घर्षको विचार आउन्न ।

    वर्गसङ्घर्ष वर्गले गर्ने काम हो । त्यसकारण वर्गविचार उच्च विचार हो । त्यसले सामूहिक हितका लागि आफ्नो योगदान थप्न प्रेरित गर्दछ । समाजमा धेरै सङ्ख्यामा निम्न पुँजीपति वर्गअन्तर्गतका मान्छे हुन्छन् । आफ्नो अलिकति व्यक्तिगत सम्पत्ति हुन्छ । आफूले त्यसमा श्रम लगाउँछन् । केहीले अरूको श्रम पनि किन्छन् र केहीले आफ्नो श्रम अरूलाई पनि बेच्दछन् । केहीले श्रमको अ‍ैँचोपैँचो गरेरसमेत उत्पादन गर्दछन् । यस्ता निम्न पुँजीपति वर्गको सङ्ख्या समाजमा धेरै हुन्छ । तिनीहरूको सहयोग, समर्थन र संलग्नताबेगर राजनीतिक, आन्दोलन, क्रान्ति, प्रतिक्रान्ति केही पनि सफल हुन सक्दैन । वर्तमान राज्यसत्ता पनि तिनीहरूको सहयोग र समर्थनले अडेको छ । भोलिको जनवादी र समाजवादी राज्यसत्ताको लागि पनि तिनीहरूको सहयोग र समर्थन चाहिन्छ मात्र होइन, आमूल परिवर्तनसहितको क्रान्तिका लागि पनि तिनीहरू नै कस्सिनुपर्दछ ।

    राजनैतिक पार्टीको काम निम्न पुँजीपतिहरूलाई राजनैतिक हिसाबले सचेत, सङ्गठित र अनुशासित बनाउँदै आन्दोलनमा सहभागी बनाउने हो । त्यसका लागि आफ्नो पार्टीको पत्रिका, सिद्धान्त, नीति र कार्यक्रमसहितका पुस्तक–पुस्तिका, भाषण, प्रशिक्षण, सांस्कृतिक कार्यक्रम जनतामाझ पुर्याउनुपर्छ । वर्तमान व्यवस्थामा समर्थकलाई जनताको पिछडिएको चेतनाबाट फाइदा उठाए पुग्ने हुनाले जनताको राजनैतिक चेतनास्तर उच्च बनाउन आवश्यक पर्दैन । तर जनताको मुक्तिका लागि र व्यवस्थामा आमूल परिवर्तन गर्न चाहनेका लागि ती काम अनिवार्य सर्त हुन् । त्यसैले जनताको मुक्तिसँगै आफ्नो मुक्ति पनि जोडिएका कार्यकर्ता मात्रै जीवनभर क्रान्तिकारी काममा लाग्न र खट्न सक्छन् ।

    उच्च विचार कार्ल माक्र्सको थियो । उहाँका अनुसार सर्वहारा वर्ग पुँजीवादको अनिवार्य उत्पादन भएको र त्यो वर्ग क्रान्तिकारी वर्ग भएकाले उसले आफ्नो नेतृत्वमा राज्यसत्तामा आमूल परिवर्तन गरेर वर्गसङ्घर्षलाई तेज पार्दै आफू सबै जनताको नेताको रूपमा स्थापित हुन्छ । समाजलाई आमूल परिवर्तन गरेर वर्गविहीन, राज्यविहीन, शोषणविहीन र मान्छे मान्छेबिच माया, प्रेम र सद्भावसहित प्रकृति विरुद्ध सङ्घर्ष गर्ने साम्यवादी व्यवस्था स्थापना गर्दछन् । यो उच्च विचार थियो । किनभने, अरू कसैले पनि मान्छे मान्छेबिच समानता ल्याउने व्यवस्था बताएर वैज्ञानिक तथ्यसहित प्रमाणित गर्न सकेका थिएनन् ।

    माक्र्सले समाजवादी र साम्यवादी व्यवस्था स्थापना गर्ने र सञ्चालन गर्ने तिथिमिति निश्चित गर्ने काम आफ्ना अनुयायी नेताको जिम्मा लगाए । माक्र्स र एङ्गेल्स दुवै समाजवाद र साम्यवादका संस्थापक नेता थिए । उहाँहरूका पहिलो अनुयायी नेता लेनिन थिए । लेनिनले समाजवादी राज्यसत्ता स्थापना र सञ्चालन गर्न केही नयाँ कुरा सुरु गरे । माक्र्स र एङ्गेल्सको पालासम्म सिद्धान्तकै कुरा बढी भए । सङ्गठन पुरानै किसिमको थियो । सङ्गठन निर्माण र सञ्चालनमा लेनिनले आफ्नो नयाँ र क्रान्तिकारी योगदान थपे ।

    उनले सबैभन्दा पहिले क्रान्तिकारी राज्यसत्ता स्थापना गर्न ठुलो धनजनको क्षति हुन सक्ने कुरालाई ख्याल गरेर राजनीति खुल्ला गर्नुपर्ने, तर सङ्गठन भूमिगत बनाउनुपर्ने नयाँ र क्रान्तिकारी नीति बनाए । दोस्रो योगदान सङ्गठनको सदस्यता दिने बेलामा तीन वटा सर्त अनिवार्य रूपमा पालना गर्नुपर्ने भयो । पहिलो पार्टीले निश्चित गरेको राजनीतिक लाइन स्वीकार गर्नैपर्ने, दोस्रो नियमित रूपमा प्रत्येक महिना लेबीको रूपमा आपसमा सल्लाह गरेर तोकिएको रकम तिर्नैपर्ने र तेस्रो सर्त कुनैनकुनै समितिमा बसेर समितिले दिएको जिम्मे पूरा गर्नैपर्ने गरी तीन वटा अनिवार्य सर्त पूरा गर्न इन्कार गर्नेलाई कम्युनिस्ट पार्टीको सदस्यता नदिने क्रान्तिकारी नीति बनाए ।

    दस्यतासम्बन्धी नीति मान्न नसक्ने मेन्सेभिकहरू पार्टी छाडेर गए पनि पार्टीमा सर्त अनिवार्य बनाइरहे । सङ्गठन सञ्चालनसम्बन्धी जनवादी केन्द्रीयतासहित छलफलमा स्वतन्त्रता र काममा एकताको नियम पनि लेनिनको अर्को क्रान्तिकारी योगदान थियो ।

    लेनिनको विचार उच्च थियो । किनभने, लेनिनबाहेक अरू कसैले पनि माक्र्स र एङ्गेल्सको उच्च विचारलाई आफ्नो सङ्गठनात्मक उच्च विचारसहित समाजवादी राज्यसत्ताको स्थापना र सञ्चालन गर्न सकेका थिएनन् । त्यसकारण माक्र्सवाद–लेनिनवाद भनेर दुवैलाई उच्च विचारको रूपमा गणना गरिन्छ ।

    त्यसपछिको उच्च विचार स्टालिनको थियो । उनले पहिलो काम त लेनिनका विचार शृङ्खलालाई जम्मा पारेर लेनिनवादको रूपमा स्थापित गराए । दोस्रो काम लेनिनले स्थापना गरेको समाजवादी राज्यसत्तालाई निरन्तर रूपमा चालिस वर्षसम्म समाजवाद निर्माण गर्ने कामलाई निरन्तरता दिन सक्ने गरी नेतृत्व गरिरहे ।

    त्यसपछिका अनुयायी नेता माओत्सेतुङ थिए । माओत्सेतुङको उच्च विचारले समाजवादी राज्यसत्ताभन्दा पहिला कम्युनिस्ट पार्टीले पुँजीवादको विकास नभइसकेका देशमा जनवादी व्यवस्था स्थापना गरेर पुँजीवादको विकास गरेर सर्वहारा वर्ग उत्पादन गर्दै उनीहरूको नेतृत्वमा समाजवादमा जान फेरि सशस्त्र क्रान्ति गर्नुपर्दैन भन्ने नयाँ उच्च विचार प्रतिपादन गरेर कम्युनिस्ट पार्टीलाई राज्यसत्ता कब्जा गराउन नेतृत्व गरे । उनले त्यति मात्र गरेनन्, आफ्नो २७ वर्र्षे शासनकालमा १० वर्षसम्म प्रतिगमनबाट बचाउन महान् सर्वहारा सांस्कृतिक क्रान्तिको नेतृत्व र निर्देशनसमेत गरे । त्यसकारण माक्र्स, एङ्गेल्स, लेनिन, स्टालिन र माओत्सेतुङ उच्च विचार भएका व्यक्ति हुन् । हामी क्रान्तिकारीहरू पनि उनीहरूको उच्च विचारको मातहतमा रहेर क्रान्तिकारी काममा आफ्नो योगदान थप्न कोसिस गर्नुपर्छ । उच्च विचारमा शङ्का उनीहरूलाई होइन, आफूलाई गर्नुपर्छ ।

    शनिबार, मङि्सर ०६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.