काठमाडौं । नेपालमा बुधबार थप १४४२ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको प्रेस ब्रिफिङका क्रममा प्रवक्ता प्राडा जागेश्वर गौतमले ६७३१ जनाको पीसीआर परीक्षणका क्रममा १४ सय ४२ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।
डा. गौतमका अनुसार आज निको हुनेको संख्या तीन हजार ५३८ रहेको छ। योसँगै आजसम्म एक लाख ८२ हजार ७८० जना कोरोना संक्रमणमुक्त भएका छन् । यस्तै, आज थप १२ जनाको मृत्यु भएको प्रवक्ता डा. गौतमले जानकारी दिए ।
उपत्यकामा थपिए एक हजार ३८ संक्रमित
बुधबार काठमाडौं उपत्यकामा थप एक हजार ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता प्राडा गौतमले उपत्यकामा १०३८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । प्रवक्ता डा. गौतमका अनुसार काठमाडौंमा ८२२, ललितपुरमा १६८ र भक्तपुरमा ४८ जना संक्रमित थपिएका छन् ।