जनकराज पौडेल
स्वास्थ्य संवेदनशीलताप्रति
खेलवाड गर्नेहरू
स्वार्थपूर्ति गर्न नपाउँदा
मानवता नै गायब भई
आगो ओकेल्नेहरू
के साँच्चै मानवता हराएकै हो ?
मृत्युशैयामा छटपटाइरहँदा पनि
कमजोर चिन्तनलाई प्रयोग गरी
भ्रम सिर्जना गर्नेहरू
समयको जटिलता नबुझी
प्रहार मात्र पेसा बनाउनेहरू
कमसेकम मानवताको त ख्याल गर
के ती मन साँच्चै कठोर भएकै हुन् ?
उनी लड्दै आए गरिबका लागि
कहिल्यै लोभलालच भएन
उनी भिड्दै आए राष्ट्रका लागि
कहिल्यै कालो दाँग लागेन
अदम्य हिम्मत अझै छ उनमा
स्वस्थ भई फर्किने छन्
पूर्ण विश्वास छ हामीमा
उनको शरीर कमजोर भएको हो
विचार हजारौँ पहाडसरि छ
समय निर्मम हुँदा
संवेदनशीलता भुल्नेहरू
के मानवता हराएकै हो ?
अजम्बरी त कोही छैन होला
ठिटो पनि सधैँ रहिँदैन होला
शरीर हो, रोग पनि लाग्ने होला
प्रकृतिको नियम हो
त्यो टार्न कसैले सक्दैन होला
प्रतिसोधको पनि हद हुन्छ होला
तर किन यति निर्मम
साँच्चै मानवता नै हराएको हो ?