शंकर प्रसाद पोख्रेल, गुल्मी ।
गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर ५ हसरमा राष्ट्रिय जनमोर्चाको समिति गठन भएको छ । आज सम्पन्न भेलाले लक्ष्मण बिकको अध्यक्षतामा ७ सदस्यीय वडा समिति गठन भएको हो ।
Advertisement
समितिको उपाध्यक्षमा कुमार गोर्खाली ,सचिव यम बहादुर बिक र कोषाध्यक्षमा सीता बिक चयन हुनु भएको छ । सदस्यहरु कृष्ण बिक र दुर्गा प्रसाद गोर्खाली रहनु भएको छ।
नेकपा मसाल गुल्मी जिल्ला प्रवक्ता ओम कुँवरले नवगठित समितिका सदस्यहरुलार्इ सैद्धान्तिक तथा राजनीतिक प्रशिक्षण दिनुभएको थियो ।
भेलामा राष्ट्रिय जनमोर्चा जिल्ला सल्लाहकार मित्रलाल तरामु र जनजाती सम्मेलन जिल्ला नेता कमल पुलामीको पनि उपस्थिति रहेको थियो।