• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर

अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस

ट्रम्पको धम्कीबीच अमेरिका–इरान अधिकारीबीच वार्ता

ट्रम्पद्वारा अमेरिका–इरान संवादलाई प्राथमिकता, शान्तिपूर्ण समाधानको प्रयास

फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही

युग दर्शनलाई शुभकामना

अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

युगदर्शन डटकमको आठौँ वर्ष प्रवेशमा शुभकामना

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ८. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ९. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • १०. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

प्रचण्डलाई ओलीको चेतावनी : औपचारिक बैठक राखे पार्टी फुटको घोषणा हुनेछ


  •   शुक्रबार, कार्तिक २१, २०७७ मा प्रकाशित
  • काठमाडौं । दुई अध्यक्षबीच विाद चुलिएका बेला सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले सचिवालयको अनौपचारिक बैठक बसालेका छन् ।

    Advertisement

    शुक्रबार प्रचण्डसहित  पाँच जना सचिवालय सदस्य धुम्बाराहीस्थित पार्टी कार्यालयमा बसेका हुन् । अध्यक्ष प्रचण्डले बोलाएको उक्त बैठकमा अर्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसहित महासचिव बिष्णु पौडेल, ईश्वर पोखरेल र रामबहादुर थापा सहभागी भएनन् ।

    बैठकमा झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, नारायणकाजी श्रेष्ठ सहभागी थिए , त्यस क्रममा कार्यकारी अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष ओलीसँग भएको छलफलबारे ब्रिफिङ गरेका थिए ।

    ‘औपचारिक बैठक बस्नुभयो भने त्यो नै फुटको घोषणाको बिन्दु हुनेछ भनेर प्रधानमन्त्री ओलीले भन्नु भएको अध्यक्ष प्रचण्डले बैठकमा जानकारी गराउनुभयो,’ बैठकपछि प्रवक्तासमेत रहेका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले पत्रकारहरूसँग भने ।

    बैठकले अध्यक्ष ओलीलाई सचिवालयको औपचारिक बैठक बोलाउन लिखित आग्रह गर्ने निर्णय गरेको छ । ‘कार्यकारी अध्यक्ष प्रचण्डले बैठक बोलाउन सक्ने भए पनि सकभर सहमतिमै सचिवालय बैठक राख्न खोजिएको छ । भोलि अध्यक्ष ओलीलाई भेटेर सहमतिमै छिटो सचिवालय बैठक राख्न आग्रह गर्न निर्णय भएको छ,’ प्रवक्ता श्रेष्ठले भने ।

    अध्यक्षद्वय ओली र प्रचण्डबीच बिहीबार बालुवाटारमा छलफल भएको थियो । उक्त छलफलमा सचिवालय बैठक राख्न प्रचण्डले गरेको प्रस्तावमा अध्यक्ष ओली सहमत भएका थिएनन् । प्रवक्ता श्रेष्ठका अनुसार कार्यकारी अध्यक्ष प्रचण्डले अध्यक्ष ओलीकै सहमतिमा आज अनौपचारिक बैठक राखेको जानकारी दिए।

    ‘पार्टीलाई विधिपद्धतिका अनुसार सञ्चालन गर्ने, सरकारका कामकारबाही थप प्रभावकारी ढंगले अगाडि बढाउन बारम्बार प्रस्ताव राखियो। तर हिजोसम्म पनि अध्यक्ष ओलीले बैठक बस्न सहमति दिनुभएन,’ श्रेष्ठले भने, ‘कार्यकारी अध्यक्षले औपचारिक बैठक बस्नुभयो भने त्यो नै फुटको घोषणाको बिन्दु हुनेछ भन्नुभएछ‘  अध्यक्ष ओलीकै सहमतिमा अनौपचारिक बैठक आह्वान गरेको र सबै सदस्यलाई बैठकबारे जानकारी गराइएको उनले बताए ।

    ‘केही कमरेडहरू व्यस्तताले गर्दा आउनुभएन,’ उनले भने, ‘अध्यक्ष ओलीले हिजै प्रचण्डसँग अनौपचारिक बैठकमा आफू उपस्थित हुन नसक्ने जानकारी गराउनुभएको रहेछ।’

    पछिल्लो समय बसेको स्थायी कमिटीले गरेका निर्णयको कार्यान्वयन प्रक्रियामा समस्या आएपछि नेकपाभित्र विवाद छ। पार्टीका सचिवालय सदस्यहरूले लिखित र मौखिक रूपमा सचिवालय बैठक तत्काल बोलाउन माग गरे पनि अध्यक्ष ओली सहमत भएका छैनन् ।

    शुक्रबार, कार्तिक २१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर
    अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो
    एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस
    ट्रम्पको धम्कीबीच अमेरिका–इरान अधिकारीबीच वार्ता
    ट्रम्पद्वारा अमेरिका–इरान संवादलाई प्राथमिकता, शान्तिपूर्ण समाधानको प्रयास
    फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर

    • २.
      अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

    • ३.
      एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस

    • ४.
      ट्रम्पको धम्कीबीच अमेरिका–इरान अधिकारीबीच वार्ता

    • ५.
      ट्रम्पद्वारा अमेरिका–इरान संवादलाई प्राथमिकता, शान्तिपूर्ण समाधानको प्रयास

    • ६.
      फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही

    • ७.
      युग दर्शनलाई शुभकामना

    • ८.
      अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.