• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर

अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस

ट्रम्पको धम्कीबीच अमेरिका–इरान अधिकारीबीच वार्ता

ट्रम्पद्वारा अमेरिका–इरान संवादलाई प्राथमिकता, शान्तिपूर्ण समाधानको प्रयास

फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही

युग दर्शनलाई शुभकामना

अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

युगदर्शन डटकमको आठौँ वर्ष प्रवेशमा शुभकामना

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ८. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ९. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • १०. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

भारतीय सेनाप्रमुख काठमाडौँमा, माइतीघरमा विरोध प्रदर्शन


  •   बुधबार, कार्तिक १९, २०७७ मा प्रकाशित
  • काठमाडौँ । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवाणेको नेपाल भ्रमणको विरोधमा काठमाडौँको माइतीघरमा प्रदर्शन भएको छ । बुधबार नेकपा (मसाल), नेकपा (क्रान्तिकारी–माओवादी), नेकपा (माले), राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेकपा, जनसमाजवदी पार्टीसहितका २१ राजनीतिक दल तथा सङ्घसंस्थाहरूले विरोध प्रदर्शन गरेका हुन् ।

    Advertisement

    नरवाणेको नेपाल भ्रमण रद्द हुनुपर्ने माग राख्दै आएका २१ दलका प्रदर्शनकारीहरूले माइतीघर मण्डलामा नाराबाजी गरेका थिए । गो ब्याक नरवाणे, नेपाली सार्वभौमिकता विरुद्ध नरवाणेले आफ्नो अभिव्यक्तिप्रति क्षमायाचना गर, नरवाणेलाई नेपाली सेनाको मानार्थ महारथीको पद्वी नदे, कालापानीबाट भारतीय सैनिक तुरन्त हट्लगायतका नाराबाजी गरिएपछि कार्यक्रममा २१ राजनीतिक दल तथा सङ्घसंस्थाको तर्फबाट नेकपाका नेता लोकनारायण सुवेदीले मन्तव्य राख्नुभएको थियो ।

    सो अवसरमा उहाँले नेपाली जनताको यति चर्को विरोधको बाबजुद पनि भारतीय थलसेना अध्यक्ष नरवाणेको नेपाल भ्रमण हुनु विडम्बनाको विषय भएको बताउनुभयो । नेपाली सार्वभौमिकताको विरुद्ध आपत्तिजक अभिव्यक्ति दिने तिनै व्यक्तित्वलाई नेपाली सेनाको मानार्थ महारथीजस्तो पद्वी दिने नेपाल सरकारको निर्णय घोर आपत्तिजनक भएको बताउँदै नेता सुवेदी उक्त पद्वी नदिन सरकारलाई चेतावनी दिनुभयो । उहाँले हँसिया–हथौँडाङ्कित झण्डा बोकेको नेकपा सरकारले यस्तो काम गरे कम्युनिस्टप्रति नै दाग लाग्ने पनि बताउनुभयो ।

    बुधबार मध्यान्ह भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणे काठमाडौँ आइपुगेका छन्। भारतीय सेनाको विशेष विमानमार्फत चार सदस्यीय टोलीको नेतृत्व गर्दै नरवणे नेपाल भ्रमणमा आएका हुन् ।

    नरवणेको भ्रमण टोली दुईवटा विमानमा आएको विमानस्थल स्रोतले जनाएको छ । उनको स्वागतका लागि नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मासहितका सैन्य अधिकृतहरू विमानस्थल पुगेका थिए ।

    प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणमा सेनाप्रमुख नरवणे नेपाल आएका नरवणेको आज कुनै औपचारिक कार्यक्रम नरहेको सैनिक श्रोतले बताएको छ ।

    यस्तो छ उनको कार्यक्रम

    बुधबार सेनाध्यक्ष नरवाणेको एयरपोर्टबाट सिधै होटल सोल्टीमा जाने र त्यसपछि साँझ पशुपति दर्शनमा जाने कार्यक्रम रहेको सैनिक श्रोतले जनाएको छ ।

    बिहीबार बिहान उनले टुँडिखेलस्थित वीर स्मारकमा पुष्पगुच्छा अर्पण गर्नुका साथै जङ्गी अड्डाको निरीक्षण गर्ने कार्यक्रम रहेको छ । निरीक्षणपछि नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापासँग दुईपक्षीय हित तथा पारस्परिक सम्बन्धको विषयमा छलफल गर्नेछन् ।

    प्रधान सेनापतिसँगको छलफल लगत्तै नेपाली सेनाका उच्च अधिकारीहरूसँग छोटो भेटघाटको कार्यक्रम रहेको छ । भेटघाट सम्पन्न भएपछि भारतीय सेनाको तर्फबाट नरवाणेले नेपाली सेनालाई सहयोगस्वरूप चार वटा एम्बुलेन्स र स्वास्थ्य सामग्री प्रदान गर्नेछन् । एउटा फिल्ड अस्पताल बराबरका स्वास्थ्य सामग्री हस्तान्तरण गरेसँगै बिहीबार बिहानको कार्यक्रम सम्पन्न हुने नेपाली सेनाको एक उच्च अधिकारीले बताए ।

    त्यसपछि नेपालस्थित भारतीय दूतावासमा रहेर उनले केही भेटघाट कार्यक्रम गर्नेछन् । बिहीबार दिउँसो ४ बजेतिर राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न ग्रहण गर्ने कार्यक्रम छ ।

    त्यसलगतै शीतल निवासमै राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेटघाटको कार्यक्रम रहेको छ ।

    शीतल निवासको कार्यक्रम सकिएपछि भारतीय सेना प्रमुख नरवणेको सम्मानमा प्रधान सेनापति थापाले जङ्गी अड्डामा रात्रिभोजको आयोजना गर्नेछन् । रात्रिभोजसँगै बिहीबारको कार्यक्रम सम्पन्न हुने छ ।

    शुक्रबार बिहान उनले आर्मी कमान्ड तथा स्टाफ कलेज शिवपुरीमा रहेका प्रशिक्षार्थीहरूलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सम्बोधनपछि दूतावासमा फर्किएर केही भेटघाट गर्नेछन् ।

    शुक्रबार दिउँसो रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेर सोही दिन भारततर्फ प्रस्थान गर्ने नरवाणेको कार्यतालिका रहेको छ ।

    यसबाहेक मौसम अनुकूल भएमा माउन्टेन फ्लाइट गर्नेसमेत तयारी नेपाली सेनाले गरेको छ ।

    नेपाली भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्र मिचेर भारतले सडक निर्माण गरेपछि नेपाल र भारतबिचको सम्बन्ध चिसिएको छ।

    पालले आफ्नो भूमि समेटेर नक्सा जारी गरेपछि नरवाणेले दिएको अभिव्यक्तिको नेपालमा विरोध भइरहेको छ।

    यसअघि नै तय भएको उनको नेपाल भ्रमणसमेत सोही कारण रोकिएको थियो।

    बुधबार, कार्तिक १९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर
    अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो
    एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस
    ट्रम्पको धम्कीबीच अमेरिका–इरान अधिकारीबीच वार्ता
    ट्रम्पद्वारा अमेरिका–इरान संवादलाई प्राथमिकता, शान्तिपूर्ण समाधानको प्रयास
    फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर

    • २.
      अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

    • ३.
      एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस

    • ४.
      ट्रम्पको धम्कीबीच अमेरिका–इरान अधिकारीबीच वार्ता

    • ५.
      ट्रम्पद्वारा अमेरिका–इरान संवादलाई प्राथमिकता, शान्तिपूर्ण समाधानको प्रयास

    • ६.
      फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही

    • ७.
      युग दर्शनलाई शुभकामना

    • ८.
      अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.