रवि पौडेल
Advertisement
पस्र्वमा टल्किने हिमाल पनि
खै किन हो ? टल्किन छोडेजस्तो लाग्यो
सधैँ हाँसिरहने माछापुच्छ्रे पनि
खै किन हो ? रोएजस्तो लाग्यो ।
विश्वकै अग्लो सगरमाथा पनि
खै किन हो ? छोटिँदै गएजस्तो लाग्यो
सुन्दर देश नेपाल पनि
खै किन हो ? अन्तर्राष्ट्रिय क्रिडास्थल बन्यो ।
बाकुमबाकुम गर्ने परेवा पनि
खै कि हो ? मौन रह्यो
कुहुकुहु गर्ने कोइली चरीको पनि
खै किन हो ? स्वर मधुरो भयो ।
धान फल्ने खेतहरू पनि
खै किन हो ? मरुभूमिजस्तो लाग्न थाल्यो
पलाएका आशाहरू पनि
खै किन हो ? निराशजस्तै लाग्न थाल्यो ।