काठमाडौं । भारतको रिपब्लिकन टिभीका प्रधान सम्पादक अर्णव गोस्वामीलाई प्रहरीले पक्राउ गरेको छ ।
Advertisement
मुम्बई पुलिसको एक टोली बुधबार बिहान अर्णव गोस्वामीको घरमा पुगेर उनलाई आफूसँगै पुलिस भ्यानमा लगेका रिपब्लिक टिभी च्यानललाई उदृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।
गोस्वामीले ५३ वर्षे एक इन्टेरियर डिजाइनरलाई आत्महत्या गर्न बाध्य पारेको आरोप छ। आत्महत्याको घटना भने सन् २०१८ को हो ।
गत मे महिनामा महाराष्ट्रका गृहमन्त्री अनिल देशमुखले सो घटनाका विषयमा नयाँ अनुसन्धान सुरु भएको जानकारी दिएका थिए ।
रिपब्लिकन टिभीले तिर्नुपर्ने पैसा नदिएका कारण आफ्ना पिता र हजुरआमाले आत्महत्या गरेको इन्टायर डिजाइनरकी छोरीले आरोप लगाएकी छन् ।
गोस्वामीले पक्राउ गर्दा प्रहरीले आफूलाई हातपात गरेको आरोप लगाएका छन्।