काठमाडौं । प्रतिनिधि सभाका सदस्य सूर्यबहादुर केसीको निधन भएको छ । नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्यसमेत रहेका ६३ वर्षीय नेता केसीको सोमबार राति निधन भएको हो ।
Advertisement
पोखरा ७ एयरपोर्टस्थित आफ्नै निवासमा सोमबार राति १०ः३० बजे उनको निधन भएको पारिवारिक श्रोतले जनाएको छ । मिर्गौलाका बिरामी केसी केही समयदेखि सुगर र प्रेसरबाट पनि पीडित थिए ।
पहिलो संविधानसभामा राप्रपपाबाट सांसद बनेका केसी ३ वर्षअघि मात्रै नेपाली कांग्रेस प्रवेश गरेका थिए ।
२०७४ सालमा राप्रपाबाट नेपाली कांग्रेसमा प्रवेश गरेका केसी कांग्रेसमा आमन्त्रित केन्द्रीय सदस्य थिए । उनी पोखरा उपमहानगरपालिकाका तत्कालीन प्रधानपञ्चसमेत थिए ।
चाउचाउ उद्योग, जलविद्युत आयोजना लगायतका क्षेत्रमा ठूलो लगानी गरेका केसी माछापुच्छ्रे बैंकका संस्थापक समेत हुन् ।