राम गैरे पाल्पाली
Advertisement
छैन भेटी लेसन बाच्ने आस मेटिएको छ
कोरोना आयो गरिबको घाटी रेटिएको छ
हुनेखानेको यो सरकार हुँदाखानेको छैन
वर्गसमन्वय छ वर्गसङ्घर्ष त मेटिएको छ
सत्ताबाहेक देशका लागि आविष्कार के छ ?
नयाँ नयाँ भ्रष्टाचारका तरिका खेपिएको छ
नियन्त्रण छैन भ्रष्टाचार पुँजीवादभित्र
गरिब त् झन् झन् पीडामा झेटिएको छ
सङ्घीयता नै पीडाको श्रोत हो देशमा
साँच्चै सत्ताभित्र वर्गसमन्वय फेटिएको छ

