कमल पौडेल, प्युठान ।
राष्ट्रिय जनमोर्चाले प्युठानको मल्लरानी गाउँपालिकाका सबै वडाहरुमा भेला तथा प्रशिक्षण अभियान सुरु गरेको छ । आइतबार वडा नं १ मा राजमो तथा अखिल नेपाल युवक संघको संयुक्त भेला तथा प्रशिक्षण सम्पन्न भएको छ ।
कार्यक्रममा मल्लरानी गाउँपालिकाका अध्यक्ष अम्मरध्वज राना मगरले प्रशिक्षण दिनुभएको थियो । यस्तै, राजमो मल्लरानी गाउँपालिकाका अध्यक्ष सूर्य नेपाली, १ न. वडाअध्यक्ष चिन्ताबहादुर राहु, अखिल नेपाल युवक संघका प्युठान जिल्ला उपाध्यक्ष तथा वडा नं १ का वडा सदस्य कमल पौडेल, जनजाति नेता हिमबहादुर राहु, युवा नेता वामदेव पौडेल लगायतले प्रशिक्षणात्मक मन्तव्य राख्नु भएको थियो ।
भेला पश्चात रुमान केसीको अध्यक्षता मा २१ सदस्यीय राजमो वडा समिति गठन गरिएको छ भने ज्ञानबहादुर राहुको अध्यक्षतामा १७ सदस्यीय अखिल नेपाल युवक संघ वडा समिति गठन गरिएको छ ।
रुमान केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन युवा नेता चुमान सिंह घर्तीले गर्नुभएको थियोे ।