• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

नरवणे जस्तो नेपाल विरोधीलाई यहाँ ल्याएर पुज्न जरुरी छ ?


  •   शुक्रबार, कार्तिक १४, २०७७ मा प्रकाशित
  • चित्रबहादुर केसी

    Advertisement

    नेपालका राजनीतिक पार्टी र शासकहरूमा भारतलाई खुसी नपारीकन सत्तामा टिक्न सकिँदैन भन्ने डर छ । भारतको चाहना अनुसार गरिएन भने सत्ताबाट बञ्चित भईन्छ भन्ने छ । त्यसकारण उनीहरु कसरी हुन्छ भारतलाई खुशी पार्न प्रयत्नशील रहन्छन् । त्यसले गर्दा मुलुक अप्ठ्यारोमा परेको छ । विगतदेखि नै सत्तामा बस्नेहरुलाई यही डरले घर गरिरहेको छ । अहिले केपी ओली सरकारलाई पनि यदि भारत साच्चिकै रिसायो भने सत्ताबाट बञ्चित भइन्छ भन्ने डर छ । वास्तवमा केपी ओलीको राष्ट्रवाद मौसमी राष्ट्रवाद हो । उनले आफूलाई कसरी सहज हुन्छ र सत्तामा टिक्न सकिन्छ, त्यही नीति अपनाउँछन् । अवसरवादीहरुले गर्ने यस्तै नै हो । भारतसँग असमान महाकाली सन्धी गर्न ओलीको प्रमुख भूमिका थियो । उनी सत्तामा आएपछि पनि भारतलाई खुशी पार्न ‘जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण’ गर्ने प्रस्ताव ल्याए र संसदबाट पास गरे ।

    अहिले ओलीले जसरी ‘रअ’ का प्रमुख सामान्तकुमार गोयललाई भेटे त्यसले उनको मौसमी राष्ट्रवाद फेरि उदाङ्गो भएको छ । नेपाललाई भारतले कहिल्यै पनि एउटा सार्वभौम सम्पन्न मुलुक ठान्दैन । आफ्नो उपनिवेश र बजार ठान्छ । भारतले वर्षौंदेखि कालापानी लगायतका क्षेत्र अतिक्रमण गरेर बसेको छ । त्यसलाई फिर्ता गर्न कुटनीतिक पहल र अन्तर्राष्ट्रियकरण गर्न भन्दा पनि भारतलाई नै रिझाएर सत्तामा टिकिरहने सत्ताधारीहरुको सोच छ । सरकारले प्रधानमन्त्रीस्तरमा वार्ता गर्नुपर्ने ठाउँमा ‘रअ’ जस्तो बदनाम र कालो इतिहास भएको संस्थाको मान्छेसँग वार्ता गरेको छ । रअ त्यस्तो संस्था हो, जसको योजनामा सिक्किम भारतमा विलय भयो । श्रीलंकामा भाँडभैलो मच्चियो । भुटानको सार्वभौमसत्ता खत्तम भयो । यस्तो बदनाम संस्थाका मान्छेलाई बोलाएर ओलीले जसरी भेट गरेका छन् । त्यो गम्भीर विषय हो । यदी भारतले हाम्रो सार्वभौमिकतालाई सम्मान गर्ने भए त प्रधानमन्त्रीस्तरमै कुरा हुन सक्थ्यो नि । अथवा परराष्ट्रमन्त्रीलाई पठाउन सक्थ्यो । वा कुटनीतिक तवरबाट कुरा हुन सक्थ्यो ।

    अर्को कुरा, भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई नेपालमा बोलाएर मानार्थ महारथी बनाइँदैछ । त्यसो गर्न के जरुरी थियो ? जवकी कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर नेपालले नक्सा बनाउँदा अर्कैको इशारामा नेपालले त्यसो गरेको भन्ने आक्षेप लगाएर उसले नेपाल विरुद्ध गम्भीर अपराध गरेको छ । त्यस्तो मान्छेलाई नेपालमा ल्याएर पुज्न आवश्यक छ ? यो हद दर्जाको नालायकीपन हो । भारतको सेना प्रमुखलाई नेपालमा ल्याएर महारथी बनाउने परम्परा त हटिसकेको छ । सच्चित शमसेर प्रधानसेनापति हुँदा उनी भारतमा महारथी बन्न गएनन् । हटिसकेको यो परम्परालाई निरन्तरता दिन खोजिएको छ । त्यो पनि नरवणे जस्तो नेपाल विरुद्ध अपराध गर्ने मान्छेलाई पुजेर ।

    नेपालका सत्ताधारीहरुका निम्ति राष्ट्र र जनता प्रधान हुन्न । राष्ट्र र जनता गौण हुन्छ । तिनीहरूले विदेशीहरूको दलाली नगरे, चाकडी नगरे सत्तामा बस्न पाइन्न भन्ने सोचाइ राख्छन्। अहिले ओली सरकारले राष्ट्रियताप्रति जसरी सौदाबाजी गरिरहेको छ, त्यो केवल आफ्नो सत्ता जोगाउनका लागि मात्रै हो ।

    विगतमा म पनि सामेल भएको सरकारले चीनसँग व्यापार प्रवर्द्धन सम्झौता गर्ने बित्तिकै सरकार ढल्यो । सरकारमा आठवटा मन्त्रालय लिएको तत्कालिन माओवादीले आफ्नै सरकारविरुद्ध अविस्वासको प्रस्ताव दर्ता गर्यो । आफ्नै सरकारविरुद्ध अविस्वासको प्रस्ताव राख्ने संसारमा कहीँ पनि हुँदैन । तर नेपालमा भयो, प्रचण्डले गरे । चीनसँग सम्झौता गर्नु नै हाम्रो अपराध थियो । हामीले चीनसँगका नाका खोल्ने पहल गर्नु उसका लागि धेरै नराम्रो कुरा थियो । त्यसकारण मोदीले तत्कालिन माओवादी र कांग्रेसका नेताहरुलाई दिल्लीमा बोलाएर सरकार ढाल्न लगाए । प्रचण्डलाई  अबको प्रधानमन्त्री तिमी हो भने । प्रचण्डले अविश्वासको प्रस्ताव राखे । त्यो सरकार ढल्यो । सरकार ढलेपछि प्रचण्ड प्रधानमन्त्री भए र अहिलेको प्रतिपक्ष कांग्रेस पनि मिसियो । यति गरेपछि उनीहरुले ५ नम्बर प्रदेशलाई पहाडबाट अलग गर्ने भनेर संशोधन प्रस्ताव नै ल्याए संसदमा । के त्यो प्रस्ताव नेपालीको आवश्यकता थियो ? अहँ नेपालीको आवश्यकता हुँदै होइन । त्यो त सत्तामा पुर्याइदिए बापत दिल्लीलाई खुशी पार्न ल्याइएको प्रस्ताव हो भन्ने कुरा जगजाहेर छ ।

    तपाईंंहरुलाई थाहा छ, हिमालमा पाइने एक किलो यार्सागुम्बालाई नेपालमै ४० लाख रुपैयाँ पर्छ । त्यसलाई बाहिर लैजानुस् त कति पर्छ ? त्यस्तो जडिबुटी उम्रिने हिमाल २ नम्बर परदेशलाई किन चाहिएन ? तराईमा बस्ने जनतालाई नचाहिएको हो र ? जलस्रोत, वनस्पति, पहाड त्यहाँका जनतालाई नचाहिएको होइन । भारतलाई नचाहिएको हो । नेपालको तराईलाई अलग्गै प्रदेश बनाउँदा भारतमा विलय गर्न सजिलो हुन्छ भन्ने रणनीति अनुसार भारतले काम गरिरहेको छ । त्यसकारण उसको प्रयास तराईका जिल्लाहरुको मात्रै अलग्गै प्रदेश बनाउनेमा छ ।सत्ताधारीहरु उनीहरु भारतलाई कसरी सजिलो हुन्छ, त्यसरी नै राज्यको पुनर्संचना गर्न कस्सिए । हाम्रो लगातार जोड के कुरामा छ भने राज्य पुनःसंरचना गर्दा हिमाल, पहाड र तराईलाई मिलाएर गर्नुपर्छ । जसरी पञ्चायतले जोडेको थियो, उत्तर–दक्षिण त्यसरी नै हुनुपर्छ ।

    अर्को कुरा, विदेशबाट आउने महिलाले नेपाली केटासँग बिहे गर्नासाथ जुन दिन सिन्दुर हाल्यो त्यही दिन अंगीकृत नागरिकता दिने गरिएको छ, यो हुनुहुँदैन । यो गलत हो । कमसेकम सात वर्ष कुर्नुपर्छ अनिमात्रै अंगीकृत नागरिकता दिनुपर्छ । विवाह गरेर आउनासाथ नागरिकता चाहियो भनेर प्रतिपक्ष दललगायत पूर्व प्रधानमन्त्री भइसकेका मान्छेले नारा लगाए । यसले नेपालको स्थिति के हुन्छ ? यति थोरै जनसंख्या भएको देशमा उता (भारत) बाट एक प्रतिशत मात्र आए भने पनि तपाईं हामी अल्पमतमा पर्नेछौं । तर, नेपालमा सत्तामा बस्नेहरु देशको राष्ट्रियता र जनतालाई परेको पिरकर्माप्रति कत्ति पनि गम्भीर भएनन् ।

    जब जब नेपालमा असहज परिस्थिति उत्पन्न हुन्छ, त्यतिबेला विदेशीहरु नेपालमा चलखेल गर्छन् । त्यो स्वभाविक कुरा हो । विगतमा हेर्नुभयो भने पनि २०३६ साल वा २०४५/०४६ सालमा अथवा २०६२/०६३ सालको जनआन्दोलनताका होस् वा नेपालले नयाँ संविधान जारी गर्दा होस् भारतीय साम्राज्यवादले नेपालमाथि आफ्नो स्वार्थ कायम गर्न दबाब दिने गरेको छ ।

    अहिले पनि सत्ताधारी दल नेकपाभित्र पद र शक्तिका लागि झगडा चलिरहेको छ । प्रतिपक्ष कांग्रेसभित्र त्यस्तै समस्या छ । राजनीतिक पार्टीभित्रको बहस त देशको सार्वभौमिकता अखण्डता र राष्ट्रियतालाई कसरी सुरक्षित गर्ने भन्नेमा हुनु पर्ने हो नि । अहिले विदेशबाट आएका लाखौं युवाहरु बिचल्लीमा परेका छन् । तिनीहरूलाई के रोजगारी दिने, कलकारखाना खोल्ने नीति के हो सरकारको रु त्यसमा हो नि सरकारमा बस्ने पार्टीहरूको छलफल हुनुपर्ने । सयौं जनताको गासबास बाढी पहिरोले पुरेको छ । ती जनताको के हाल छ, त्यसमा हो नि छलफल हुनुपर्ने गम्भीर भएर । तर छलफल केमा भयो भन्दा पदको लागि । नेपालमा पार्टी र तिनका नेता कार्यकर्ताहरुको काम भनेको सत्ता र शक्तिको पछाडि लाग्ने र सम्पत्ति कमाउने भइरहेको छ । उनीहरुले जीवीकोपार्जनका लागि राजनीतिको दुरुपयोग गरिरहेका छन् ।
    हिजै थोत्रा चप्पल लगाएर मै सँगसँगै हिँड्ने मान्छेहरू अहिले करोडौं सम्पत्ति आर्जन गरेका छन् । के त्यो ठेक्कापट्टा गरेर आएको हो ? कि व्यापार विजनेस गरेर आएको हो ? कि लोट्री परेर आएको हो त्यो ? जुन समाजमा राजनीति जीविकोपार्जनको साधन हुन्छ, राजनीतिको आडमा लुटपाट हुन्छ, जुन समाजका अगुवाहरुले यस्तो काममा सामेल हुन्छन् त्यो देशको हालत यस्तै हुन्छ ।

    कतिपय मान्छेहरुलाई के लाग्छ भने यस्तो भएको गणतन्त्रले गर्दा हो, धर्मनिरपेक्षताले गर्दा हो । उनीहरुले जतिपनि बिकृति बिसंगति देख्छन्, त्यसलाई गणतन्त्रको उपज ठान्छन् । तर गणतन्त्रका कारण वा धर्मनिरपेक्षताका कारण बिकृती बिसंगती आएको होइन । राजनीतिक दल र तीनका नेताहरुको चरित्रका कारण यस्तो अवस्था आएको हो । यो संसदीय व्यवस्थाको उपज हो । तर, यही स्थिती नेपाली जनताले सधैँभरी सहँदैनन् । यसलाई नेपाली जनताले फ्याँक्छन् । जनतामा लुकेको अजय शक्ति हुन्छ । त्यो शक्तिले नै देशको राष्ट्रियता जोगाउन सक्छ र गलत तत्वविरुद्ध विजय प्राप्त गर्न सक्छ ।

    अहिले देशमा भ्रष्टाचार बढेको छ । देशको राष्ट्रियता र अखण्डतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा भएको छ । न्यापालिका, कार्यपालिकामा मनपरितन्त्र देखिएको छ । विदेशीहरुले नेपाललाई आफ्नो क्रिडास्थल बनाउनका लागि राम्रै हिसाबकिताब गरिरहेका छन् । सत्ता र शक्तिमा बस्नेले किन भ्रष्टाचार गर्छन् ? किन उनीहरु अपराधिक काम गर्छन् ? किनभने निर्णायक ठाउँमा आफ्नो मान्छे छ । भ्रष्टाचार गरेर आर्जन गरेको सम्पत्ति भएपनि हाम्रो बाच्ने ठाउँ छ भन्ने उनीहरुलाई छ । न्यायलयमा भागबण्डाबाट गएका न्यायधीशहरुले इमान्दारितापूर्वक आफ्नो आत्मालाई साछि राखेर फैसला गर्न सक्छन् ? जब अदालतमा न्यायाधीश नियुक्त गर्दा योग्यता र दक्षता, इमान्दारिता होइन, आफ्नो मान्छे हेरिन्छ । त्यतिबेला उनीहरुको काम आफूलाई नियुक्त गर्नेलाई बचाउने उपाय खोज्नु नै हुन्छ । सर्वोच्चको हालत हेर्नुहोस त । जिल्ला अदालतले, पुनरावेदनले ‘ज्यानमारा’ भनेर फैसला गरेको व्यक्ति (रञ्जन कोइराला)लाई सफाई दियो ।

    अहिलेका प्रधानन्यायाधीशलाई सर्वोच्चमा ल्याउन हुन्न भनेर म ३१ दिनसम्म लडेको हुँ । यिनको विगत स्वच्छ थिएन । यस्ता व्यक्तिलाई सर्वोच्चमा ल्याउनु हुँदैन भनेर २०७१ सालमा संसदीय सुनुवाई विशेष समितिमा लड्दा म एक्लै परेँ । भागबण्डामा यिनी न्यायाधीश हुँदै प्रधानन्याधीश बने । त्यसैको परिणाम हो, आजको न्यायपालिकाको अवस्था ।

    अन्तमा, भारतीय शासकहरूको कालान्तरमा नेपाललाई सिक्किम बनाउने नियतले काम गरिरहेका छन् । नेपाली जनता सजग र सचेत नहुने हो भने नेपालको राष्ट्रियता र भौगोलिक अखण्डता बाँकी रहँदैन । तैपनि शासकहरुको हालत देश र जनताको हित भन्दा पनि आफ्नै स्वार्थ प्रधान छ । उनीहरुले आफूलाई सत्तामा पुर्याउन र सत्ता जोगाउन जस्तोसुकै सौदावाजी गर्न पछि पर्दैनन् । तर यो हुन नदिन नेपाली जनता सजक छन्, नेपाली जनताले संगठित आवाज उठाएका छन् । त्यसकारण अहिले हामीहरुले देखेका विकृति विसंगतिलाई नेपाली जनताले हटाउँछन् । हामीलाई के विश्वास छ भने नेपाली जनताले सधैँ यस्तो सहन्नन् । जनताको चेतना धेरै माथि छ । नेपाली जनताको संघर्षले नै बिकृति र विसंगती अन्त्य गर्नेछ र देश जोगाउनेछ ।
    (राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसँग सम्पादक विद्यानाथ अधिकारीले गरेको कुराकानीमा आधारित)

     

    शुक्रबार, कार्तिक १४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.