इन्द्रमणी पाण्डे, बागलुङ ।
अखिल नेपाल युवक संघ सोरबाङ तोसबाङ सरादी टोल समितिको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । ढोरपाटन नगरपालिका–४ मा पर्ने सरादी, तोस्बाङ र सोर्बाङको प्रशिक्षण भेला बुधबार सम्पन्न भएको हो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चा बागलुङका सल्लाहकार गौरीश्वर पाण्डेले समसामयिक राजनितिक प्ररिस्थिति, पार्टी अनुशासन र कार्यकर्ताको भूमिका बिषयमा प्रशिक्षण दिनुभएको थियो ।
यस्तै, राष्ट्रिय जनमोर्चा ढोरपाटन नगर अध्यक्ष दिपक थापाले जनप्रतिनिधिको भूमिका बिषयमा र जातीय समता समाज बागलुङका अध्यक्ष नर बहादुर सुनारले समता समाजको भूमिकाको बिषयमा प्रशिक्षण दिनुभएको थियो ।
जीवन बुढाथोकीको अध्यक्षता, कुल बहादुर छन्त्यालको सन्चालानलमा सम्पन्न कार्यक्रमको स्वागत बसन्ती हर्मेलले गर्नुभएको थियो ।
यो पनिः ढोरपाटनको खुँगामा युवक संघको भेला, सोर्बाङ-तोस्बाङ टोल समिति गठन