काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली एकता समाजले छविलाल-तारापति सापकोटाप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । समाजका अध्यक्ष दुर्गाबहादुर केसीले वक्तव्य प्रकाशित गरी सापकोटाद्वयको निधनप्रति दुःख प्रकट गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।
तारापति र छविलाल सापकोटा दाजुभाइ हुनुहुन्थ्यो । दुई भाइको एक दिनको अन्तरमा कार्तिक ८ र ९ गतेका दिन निधन भएको हो ।
वक्तव्यमा भनिएको छ, ‘हाम्रो संगठन अन्तर्राष्ट्रिय नेपाली एकता समाजका सदस्य गोपाल सापकोटाका पिता तारापति सापकोटाको ७५ वर्षको उमेरमा २०७७ कार्तिक ९ गतेका दिन र जापान नेपाली एकता समाजका केन्द्रीय सदस्य छन्द सापकोटाका पिता छविलाल सापकोटाको २०७७ कार्तिक ८ गते ७७ वर्षको उमेरमा असामयिक निधन भएकोमा भावपूर्ण श्रद्धान्जली व्यक्त गर्दछौं । साथै शोक सन्तप्त सापकोटा परिवारप्रति समवेदना व्यक्त गर्दछौं । सापकोटा परिवार बाग्लुङ जिल्ला गल्कोट निवासी भई हाल नवलपुर जिल्लाको गैंडाकोटामा रहँदै आउनु भएको छ ।’
जापान नेपाली एकता समाजका सहसचिव र आर्थिक संयोजक सापकोटाद्वयलाई पितृ शोक

