मेघराज रिश्मेली, जापान ।
जापान नेपाली एकता समाज केन्द्रीय सह–सचिव एवं अन्तर्राष्ट्रिय नेपाली एकता समाजका सदस्य गोपाल सापकोटालाई पितृशोक परेको छ ।
नौमती बाजा समूह ओसाकाका सचिवसमेत रहेका गोपाल सापकोटा तथा जापान नेपाली एकता समाज क्षेत्रीय समिती ओसाकाका सदस्य राजन सापकोटा, तुल्सीराम सापकोटाका पिता तारापति सापकोटाको ७३ वर्षको उमेरमा निधन भएको छ ।
नवलपरासीको गैँडाकोट निवासी सापकोटाको यहीकार्तिक ९ गते निधन भएको हो ।
यस्तै, जापान नेपाली एकता समाज केन्द्रीय समिती आर्थिक संयोजक एवं क्षेत्रीय समिती ओसाकाका कोषाध्यक्ष छन्द सापकोटा तथा पुरस्कार सापकोटा र दिपक सापकोटाका पिता छबिलाल सापकोटाको ७७ वर्षको उमेरमा निधन भएको छ ।
तारापति सापकोटाका दाजु छविलालको एक दिन अघि अर्थात कात्तिक ८ गते निधन भएको हो ।
जापान नेपाली एकता समाजले मृतक दाजुभाइप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोध सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।