राम गैरे पाल्पाली
Advertisement
वर्गसङ्घर्षको जीवन बाटो मन पराएछु
निमुखाको बस्तीलाई एकता गराएछु
वर्गमित्र खोज्छु वर्गदुस्मन चाहिँदैन
यथार्थमा सपनाभित्र पनि कराएछु
एकता नै मेरो जीवन हो पछाडि जान्न
जिते संसार नत्र आफै हत्कडी लगाएछु
शोषणभित्र बाँच्नुभन्दा यो मानव जीवन
नै भन्छु भोका निमुखा वर्गलाई चराएछु
यथार्थ बोलेर अन्तिम समय बित्यो भने
सम्झन्छु राष्ट्रियताको झण्डा फहराएछु