• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

राजनीतिमा बौद्धिक क्षमताको समस्या


  •   आइतबार, कार्तिक ०९, २०७७ मा प्रकाशित
  • दुर्गानाथ खरेल ।।

    Advertisement

    राजनीति गर्ने भनेको वर्गसङ्घर्ष सञ्चालन गर्ने हो ।

    समाजमा परस्पर विरोधी वर्ग भएको हुनाले राजनीतिमा पक्ष विपक्ष भएको अवस्थामा कि श्रमजीवीलाई शोषण गर्ने, कि आफूले शोषणको मार खपेर शोषित हुनेभन्दा बिचको बाटो हुन्न । त्यहाँ हुने तिकडम, छलकपट, उचाल्ने÷पछार्ने सबै काममा बौद्धिक क्षमताको प्रयोग भइरहेको हुन्छ ।

    वर्तमान व्यवस्थाका नेताहरूको सफलता जनताको पिछडिएको चेतनाबाट फाइदा उठाएर आफूले उच्चस्तरको सुविधा उपयोग गर्नेमा नै हुन्छ । समाजमा श्रम बेचेर खर्च चलाउने गर्दा मात्रै आफू श्रमजीवीसँगै होइन्छ भन्ने कुराको उनीहरूलाई हेक्का हुन्न ।

    पारिश्रमिक लिने र नाफा लिने परस्पर विरोधी पक्षका काम हुन् । यी दुवै काम एक्लैको प्रयत्नले हुन्न । धेरै जना व्यक्ति संलग्न भएर मात्र काम पूरा हुन्छ । त्यसकारण उत्पादनको क्षेत्रमा उच्चस्तरको बौद्धिक क्षमता हुने गरी योग्यता विकास गर्ने अथवा बढी शोषण गर्न उत्पादनका साधन आफ्नो नाममा दर्ता गराउन बढी योग्यता विकास गर्ने—यिनी दुवैमध्ये आफ्नो रोजाइबाट क्रान्तिकारी राजनीति गर्ने अथवा अवसरवादी बुर्जुवा राजनीति गर्ने दिशा निश्चित हुन्छ । दुईमध्ये जुनसुकै एउटा रोजे पनि बुद्धिको विकास वा योग्यता, क्षमताको विकास त गर्नैपर्छ, सजिलो काममा पनि हुन्न ।

    समाजवादी समाजमा नेता हुने प्रयत्नभन्दा नागरिक हुने प्रयत्न बढी हुन्छ । त्यो समाजका नागरिकहरू तीन किसिमका हुन्छन् । किसान, मजदुर र बुद्धिजीवी—यी समाजवादी समाजका नागरिक हुन्छन् ।

    किसान र मजदुरले शारीरिक श्रम बढी गर्छन् बौद्धिक श्रम कम गर्छन् । बुद्धिजीवीले बौद्धिक श्रम बढी गर्छन् र शारीरिक श्रम कम गर्छन् ।

    महत्त्वका हिसाबले बौद्धिक श्रमको बढी महत्त्व हुन्छ । त्यो काम बढी अप्ठेरो पनि हुन्छ । त्यही भएर बौद्धिक श्रम गर्नेको सङ्ख्या कम हुन्छ । तर बुर्जुवा समाजमा बौद्धिक श्रम गर्ने कामलाई अरूलाई बढी शोषण गर्ने कलाको रूपमा अर्थको अनर्थ लगाएर शोषकवर्गको भूमिकामा बुद्धिजीवी रहन्छन् । अझै नेताको अभिनय गरेर पिछडिएको चेतनाबाट फाइदा उठाइरहन्छन् । सामन्तवर्गको दलाली गर्ने र श्रमजीवी वर्गलाई झुक्काउने कलालाई बौद्धिक श्रमको नतिजा बताउने ठगको भूमिका रहन्छन् ।

    बौद्धिक श्रम गर्ने भनेको सहीलाई सही र गलतलाई गलत प्रमाणित गर्नमा आफ्नो योगदान थप्ने हो । समाजमा गलत पक्ष हावी छ । त्यस्तो अवस्थामा गलतलाई पन्छाएर सहीलाई अगाडि ल्याउनुको बदला गलतको पक्षलाई समर्थन गर्ने/गराउने बौद्धिक कसरत गर्नु गलत हो । निरपेक्ष रूपमा सत्य अथवा गलत नभएर सापेक्ष सत्य या असत्य हुने हुनाले परिस्थितिमा आमूल परिवर्तन गरेर सत्यलाई सत्य सावित गराउने काम पनि बौद्धिक श्रमबाट नै हुन सक्छ । त्यसकारण बौद्धिक श्रमको बढी महत्त्व छ ।

    सिद्धान्तको अध्ययन र त्यसको व्यवहारमा प्रयोग दुई वटै काम बौद्धिक कसरतबाट सम्पन्न हुन सक्दछन् । सिद्धान्तको अध्ययन त्यसलाई व्यवहारमा प्रयोग, फेरि सिद्धान्तको अध्ययन, फेरि व्यवहारमा प्रयोग गर्दै ज्ञानको स्तर उच्च बनाउन बौद्धिक कसरत गर्नुपर्नेमा धेरै बौद्धिक व्यक्तित्वहरूले त्यसो गर्दैनन् । त्यसको सोझो असर जनतामा र राजनैतिक व्यवस्थामा पर्दछ ।

    जनताको पिछडिएको चेतनाबाट फाइदा उठाउन खोज्दा गलत व्यवस्थाको आयु लामो हुने र गलत परम्परालाई पन्छाउन धेरै अप्ठेरो पर्ने हुन्छ । बुद्धिजीवीहरूको काम जनताको पछि लाग्ने नभई अघि लागेर जनतालाई नेतृत्व गर्ने हो । त्यस्तो हुन नसके आफ्नोतर्फबाट सत्यको पक्षमा जेजति गर्न सकिन्छ, गरेर आफ्नो योगदान थप्ने हो ।

    सत्यलाई झुटले घेरिरहेको हुन्छ । झुटलाई पन्छाएर सत्य पत्ता लगाउनुपर्छ । अंशमा सत्य पत्ता लगाएर सम्पूर्णमा लागु हुन्न । फेरि सम्पूर्णको सत्य अंश अंशमा पनि लागु हुन्न । सत्य धेरै गहिराइमा हुन्छ । धेरै पक्षको ख्याल गर्नुपर्छ । त्यसका लागि उच्च बौद्धिक अध्ययनको आवश्यकता पर्दछ । अध्ययन नगरिकन र सङ्घर्ष नगरिकन सत्य तथ्य पत्ता लगाउनै सकिन्न । जसलाई जुन विषयमा बढी जानकारी छ, उसले त्यस विषयमा धेरै पक्षको ख्याल गरेर मात्र सत्य पत्ता लगाउन सक्दछ । धेरै मान्छेहरूले बौद्धिक कसरत कम गर्छन्, तर आफू धेरै जान्ने भएको घमण्ड गर्छन् । त्यसो गर्दा असल अथवा झुटले प्रोत्साहन पाउँछ । राजनीति गर्ने भनेको वास्तवमा बौद्धिक काम हो । राजनीतिमा धेरै झुटले काम गरिरहेका हुन्छन् ।

    वर्तमान बुर्जुवा राजनीतिको खराब पक्ष एउटा पक्षले निर्णय गर्छ, अर्को पक्षले लागु गर्छ । निर्णय गर्ने पक्षले जतिसुकै स्वस्थ छलफल गरे पनि लागु गर्नेले विकृत बनाएर लागु गर्छ । उसको बौद्धिक क्षमता अत्यन्त कम हुन्छ । त्यसो गर्दा जनताप्रति उत्तरदायित्व लिने पक्षको जवाफदेहिता कम हुन्छ । जनता अन्यायमा पर्छन् ।

    बौद्धिक क्षमता बढाउने भनेको योग्यता बढाउने हो । योग्यता बढाउँदा उत्पादनको गुणस्तर उच्च बनाउन र उत्पादन बढी बनाउन सकिन्छ । काम गर्न सजिलो बनाउन पनि योग्यता बढाउनुपर्दछ । वर्गसङ्घर्षका लागि अन्तरविरोधको अवस्था पत्ता लगाउन पनि योग्यताले काम गर्दछ ।

    वैज्ञानिक प्रयोगका लागि पनि बौद्धिक कसरत नै गर्नुपर्छ । यसरी बौद्धिक क्ष्मताको बढी महत्त्व हुन्छ । तर समाजका धेरै मान्छेले बौद्धिक क्षमता बढाउन परिश्रम गर्दैनन् । आफू उच्च बौद्धिक क्षमता भएको अभिनय गर्दछन् । सर्वसाधारण जनता झुक्किन्छन्; विश्वास गर्छन् र शोषण गर्न सजिलो हुन्छ । त्यस्तो काम राजनीतिको क्षत्रेमा प्रशस्तै हुन्छ । त्यसबाट राजनीति कमाइखाने भाँडो बन्दछ । सामन्ती, पु“जीवादीहरूको त उद्देश्य नै त्यही हो । त्यसो गर्ने नै भए आफूलाई कम्युनिस्ट क्रान्तिकारीको नाम राखेका व्यक्ति वा समूहले पनि त्यही तरिका उपयोग गर्दछन् ।

    बौद्धिक क्षमता विकास गर्न दुःख हुन्छ, तर जनता झुक्काउन सजिलो हुन्छ ।

    क्रान्तिकारीहरूको काम जनताको राजनैतिक चेतनास्तर उच्च बनाउने हो । त्यसका लागि पत्रिका प्रकाशन र वितरण गर्ने, उच्च बौद्धिक क्षमता भएकाबाट प्रशिक्षण गराउने, भाषण सुनाउने, पुस्तक वितरण र अध्ययन गराउने, गीत सुनाउने आदि काम क्रान्तिकारीहरूले गर्नुपर्ने काम हुन् । यी सबै काम सजिला छैनन् । अध्ययन, सङ्गठन, अनुशासन र दृढताको खाँचो पर्दछ । त्यो भनेको पनि बौद्धिक क्षमता बढाउनुपर्छ भनेकै हो ।

    राजनीति गर्ने मुक्तिका लागि हो । राजनीतिक रूपमा मुक्तिका लागि समाजमा भएका मान्छेमध्ये कसैले कसैलाई शोषण नगर्ने भई सबैको समान हैसियत भएको अवस्था हुने भनेको हो । त्यसका लागि व्यक्तिगत स्वामित्वमा उत्पादनका साधन दर्ता गर्न नपाउने व्यवस्था गराउनुपर्दछ । त्यो काम पनि सजिलो छैन । वर्गसङ्घर्ष चलाएर नै त्यस्तो काम पूरा हुन सक्दछ । वर्गसङ्घर्ष चलाउन पनि बौद्धिक क्षमता बढाउनैपर्दछ । बलले होइन, बुद्धिले शासन गर्नुपर्छ । तर राजनीतिलाई कमाइखाने भाँडो बनाउन लाग्ने/लगाउनेका लागि बौद्धिक कसरत गर्ने झन्झटिलो काम भएको र जनताको चेतनास्तर उठाउनेभन्दा पिछडिएको चेतनास्तरबाट आफूले फाइदा उठाउन सजिलो महसुस गर्दछन् ।

    कम्युनिस्ट पार्टीभित्र पनि बौद्धिक क्षमताको विषयमा समस्या छ । कम्युनिस्ट पार्टी मजदुर र किसानको पार्टी हो । त्यहाँ अधिनायकत्व सर्वहाराको र नेतृत्व मजदुरको हुन्छ । उद्योगधन्दाको विकास नभइकन मजदुरको सङ्ख्या बढी हुन्न ।

    निम्न पुँजीपति वर्गका मान्छेलाई पार्टीमा ल्याएर उनीहरूको घटीभन्दा घटी दैनिक समस्या समाधानको व्यवस्था पार्टीको आम्दानीबाट ब्यहोर्ने व्यवस्था गर्नुपर्छ । धेरै वर्ष पार्टीमा काम गरेपछि उनीहरूले आफूलाई नेता भएको महसुस गर्छन् । पार्टीमा बुद्धिजीवी पनि हुन्छन् । बुद्धिजीवीलाई भन्दा मजदुरलाई उपल्लो मान्यतामा राखिन्छन् । त्यसो गर्दा उनीहरूले नेतृत्व र अधिनायकत्वको दावी गर्छन् । व्यवहारमा त्यसले मेल खान्न । बौद्धिक कसरत गरेर उच्च बौद्धिक व्यक्ति बन्न सक्दैनन् । त्यति मात्रै होइन, समाजमा आफ्नो श्रम बेचेर खर्च चलाउने क्षमता पनि राख्दैनन् । समस्या पार्टीमा तेर्सिन्छ । त्यस्ता व्यक्तिलाई महत्त्व दिएर पार्टी चल्दैन । पार्टीले ठुलो र नेता नबनाएपछि उनीहरूको विरोध र आक्रमण पार्टीका शीर्षस्थ नेतृत्वमा रहेका बौद्धिक व्यक्ति र पार्टीमाथि खनिन थाल्छ । उनीहरूलाई पार्टीबाट निष्कासन गर्नुपर्छ । त्यसले गर्दा पार्टीले विरोध र फुटको सामना गर्नुपर्छ । यो पुँजीवादको विकास हुन नसकेका देशका कम्यनिस्ट पार्टीको समस्या हो । यो बौद्धिक क्षमताले पार्टीमा ल्याउने समस्या पनि हो ।

    कम्युनिस्ट पार्टीले मजदुरलाई महत्त्व दिनुको कारण उनीहरू श्रमजीवी र शोषित हुन् भनेर हो । ठुलो मान्छे त मजदुरभन्दा बुद्धिजीवी हुन् । उनीहरू समाजमा सम्मानित हुन्छन् । धेरै पारिश्रमिक पाउँछन् । पार्टीमा मजदुरजति खटेर काम गर्दैनन् भनेर मजदुरलाई बढी महत्त्व दिएको हो । मजदुरभन्दा बढी खटेर काम गर्ने र थोरै पारिश्रमिकले खर्च चलाउने हो भने त उत्तम कम्युनिस्ट त्यही बुद्धिजीवी हुन्छ ।

    बुद्धिजीवी बन्न बढी मिहिनेत गर्नुपर्छ । आफूले सजिलो काम गरेर पनि बढी मिहिनेत गर्नेमाथि शासन चलाउन खोज्नु राम्रो र उत्तम काम होइन । सबैभन्दा पहिले आफ्नो हैसियत थाह पाउनुपर्छ कि समाजमा मेरो स्थान कहाँ हो ? समाजमा निम्न स्थानमा रहेर बढी शोषणको मार खपेकाहरूको आफ्नो पार्टी कम्युनिस्ट पार्टी हो । तर समानताका लागि बढी योगदान गर्ने मात्र कम्युनिस्ट हुन् ।

    अहिलेको युग विज्ञान र प्रविधिको हो । विज्ञान र प्रविधिमा काम गर्ने भनेको उच्च बौद्धिक क्षमताको प्रयोग गर्ने काम हो । विश्वविद्यालय र अनुसन्धान केन्द्र उत्पादन वृद्धि गर्ने ठाउँ हुन् । ती संस्थाले र ती संस्थामा काम गर्ने वैज्ञानिक र अनुसन्धानकर्ताले समर्थन गरेका हुनाले एकाधिकारी पुँजीपति साम्राज्यवादीले शासन गर्न सकेका हुन् ।

    मजदुर भन्दा सामान्यतया शारीरिक काम गर्ने व्यक्ति भन्ने अर्थमा बुझिन्छ । मजदुरले बुद्धिजीवीको मातहतमा काम गर्नुपर्छ । आफ्नो बौद्धिक क्षमता बढाएर आफ्नो क्षमताले आफू पनि काम गर्ने र अरूलाई पनि काम गराउने गर्न लाग्ने र गर्न सक्ने हो भने त ऊ मजदुर होइन, बुद्धिजीवीमा गिन्ती हुन्छ । उसलाई बुद्धिजीवी भन्नुपर्छ ।

    वर्तमान व्यवस्था पुँजीवादी व्यवस्था हो । पुँजीपतिले मजदुरलाई बेरोजगार बनाएर पुँजीको बलले शासन गर्दै जाँदा उसैले आफ्नो रोजगारी गुमाएर आफै फाल्तु आबादीमा दर्ता हुन्छ भनेको न मजदुर हुन्छ, न बुद्धिजीवी हुन्छ भनेको हो । त्यस्तो अवस्थामा उसलाई मजदुर बनाउन समाजवादी व्यवस्था ल्याउनुपर्छ । त्यतिखेर उसले कि बौद्धिक क्षमताको विकास गर्नुपर्छ, कि खुरुखुरु शारीरिक काम गर्नुपर्छ । दुवैमध्ये एउटा वा दुवै काम नगरेर बच्ने उसको पनि उपाय नहुने अवस्था मजदुरको शासनले सृजना गर्दछ । त्यही समानताको अवस्था हो । कोही बेरोजगार नहुने भनेको पनि त्यही हो ।

    अहिलेको समाज पुँजीवादी समाज हो । यो समाजमा शोषण गर्नेहरूको प्रभुत्व छ । धेरै मान्छे उत्पादनमा भन्दा शोषणमा लागेका छन् । राज्यसत्ताले शोषकलाई र शोषणलाई प्राथमिकताका साथ खुला छुट दिएको छ । आमूल परिवर्तन गर्ने भनेको त्यसैमा हो । शोषण गर्न प्रतिबन्ध लागेपछि कि उत्पादन र वितरण वा सेवा क्षेत्रमा काम गर्नुपर्यो, कि खान, लाउन, बस्न, शिक्षा, स्वास्थ्य, रोजगारबाट पनि अलग हुनुपर्यो । त्यसको तयारीका लागि सबैभन्दा पहिले विश्वदृष्टिकोणमा आमूल परिवर्तन गर्नुपर्यो; र, निष्कर्षमा पुग्न पर्याे कि मान्छे प्रकृतिको सर्वश्रेष्ठ उत्पादन हो । मान्छेको काम मान्छेलाई शोषण र शासन गर्ने होइन । मान्छे मान्छेबिच मायाप्रेम र सद्भावका साथ व्यवहार गरेर सबै मान्छेले एकसाथ प्रकृति विरुद्ध सङ्घर्ष गर्नुपर्छ । मान्छे भएर मान्छेलाई शोषण गर्न सम्पूर्ण शक्ति खर्च गरेको हुनाले मान्छेले अभाव र गरिबीको मार खप्न बाध्य हुनुपरेको हो ।

    कम्युनिस्ट पार्टी मजदुरहरूको पार्टी हो भने बौद्धिक मजदुर र शारीरिक मजदुर गरी दुई थरिका मजदुर हुन्छन् । दुवै थरिका मजदुरले अनिवार्य रूपमा बौद्धिक श्रम गर्नैपर्छ । फरक त्यत्ति हो कि शारीरिक मजदुरले थोरै बौद्धिक श्रम र धेरै शारीरिक श्रम गर्छन् र बौद्धिक मजदुरले धेरै बौद्धिक श्रम र थोरै शारीरिक श्रम गर्दछन् । बौद्धिक कामको नतिजानुसार अप्ठेरो काम सजिलो हुन्छ । थोरै उत्पादन हुने ठाउँमा धेरै उत्पादन हुन्छ; निम्न गुणस्तरको ठाउँमा उच्च गुणस्तर हुन्छ; धेरै समय लाग्ने काम थोरै समयमा नै सम्पन्न हुने हुन्छ; छिटो बिग्रने वस्तु धेरै समयसम्म टिक्ने हुन्छ; नराम्रो देखिने वस्तु राम्रो देखिने आदि आदि गुण समावेश भएको हुन्छ ।
    शारीरिक काम गर्ने भनेको बौद्धिक कामको माहतहमा रहेर गर्ने काम हो । शारीरिक काम गर्दा हातखुट्टाको प्रयोग बढी हुन्छ । दिमागको प्रयोग कम हुन्छ । अर्काको बुद्धिको मातहत रहेर गरिने काम शारीरिक काम हो ।

    शारीरिक काम गर्नेहरूको सङ्ख्या बढी हुन्छ । बौद्धिक काम गर्नेहरूको सङ्ख्या कम हुन्छ । बौद्धिक कामको सार फरक–फरक हुन्छ । उच्चस्तरका बौद्धिक व्यवसायीहरू अत्यन्त थोरै हुन्छन् । उनीहरूको उत्पादन उच्चस्तरको हुन्छ । त्यो स्तरको बौद्धिक क्षमता हासिल गर्न धेरै वर्ष लाग्ने र कडा बौद्धिक परिश्रम गर्नुपर्ने हुन्छ ।

    मध्यमस्तरका बौद्धिक व्यवसायहरू सङ्ख्यामा अलि धेरै हुन्छन् । उच्चस्तरका बौद्धिक व्यवसायीहरूबाट प्रशिक्षण प्राप्त गर्छन् र निम्नस्तरका बौद्धिक व्यवसायीलाई प्रशिक्षण दिन्छन् । निम्नस्तरका बौद्धिक व्यवसायीहरू मजदुरलाई काममा लगाउँछन् र आफूहरूले पनि काम र अध्ययन गरेर स्तर उच्च बनाउँछन् । मजदुहरूले प्राविधिक अथवा निम्नस्तरका बौद्धिक व्यवसायीसँगै रहेर उनीहरूको निर्देशनमा काम गर्छन् । त्यस्तो स्तरको काम समाजमा भइरहेको हुन्छ ।

    कम्युनिस्ट पार्टी राजनैतिक संस्था भएकाले राज्यसत्तासँग सम्बन्धित रहेर काम गर्नुपर्छ । राज्यसत्ता ठुलो सङ्गठित संस्था भएको हुनाले त्यसको वर्गचरित्र अध्ययन गरेर पुँजीजीवीको हातबाट बलपूर्वक खोसेर श्रमजीवीको हातमा ल्याउने र उत्पादनका साधन सरकारी र सहकारी गरी सामूहिकतामा लैजाने, त्यसपछि उत्पादन र वितरण दुवै सामूहिक स्वामित्वमा लगेर वर्गको उन्मूलन गर्ने उद्देश्यसहित काम गर्छ । यो सबै काम सचेत, सङ्गठित र अनुशासित श्रमजीवीको प्रयत्नबाट चलाइने आन्दोलनमा बहुमत जनताको साथ र सहयोगबाट मात्र विजय प्राप्त हुन सक्छ ।

    कम्युनिस्ट पार्टी नेताहरूको पार्टी हो । सर्वसाधारण जनता कम्युनिस्ट पार्टीको सदस्य बन्न सक्दैनन् । नेता भनेको बौद्धिक कसरत बढी गर्ने व्यक्ति भनेको हो । अध्ययन, प्रशिक्षण, सङ्घर्ष र अनुशासन बिना कम्युनिस्ट पार्टीको सदस्यता कायम राख्न सकिन्न । त्यो भनेको कम्युनिस्ट पार्टीको सदस्य बौद्धिक व्यक्तित्व हो । उसको राजनैतिक चेतनास्तर सर्वसाधारण जनताको भन्दा उच्च भएर मात्रै पुग्दैन, अध्ययन गरिरहने, प्रशिक्षण लिइरहने, वर्गसङ्घर्षमा सहभागी भइरहने र पार्टीको विधान र सङ्गठनात्मक नियमावलीअनुसारको अनुशासन पालना गरिरहने हुनुपर्दछ ।

    अध्ययन गरिरहनु सबैभन्दा अप्ठेरो काम हो । पहिलो त पढेर बुझ्ने हैसियत राख्नुपर्यो । दोस्रो पढेको कुरा व्यवहारमा लागु गर्नुपर्याे । तेस्रो कुरा श्रम बेचेर खर्च चलाउने पनि गर्नुपर्यो ।

    यी तीन वटा कुराको तालमेल मिलाउन नसकेका कारणले धेरै व्यक्तिहरू कम्युनिस्ट पार्टीको सदस्यता कायम राख्न सक्दैनन् । प्रचलित व्यवस्थाको शासक पार्टीका सदस्यलाई यी सबै कुरा चाहिन्नन् । जनताको पिछडिएको चेतनाबाट फाइदा उठाउनमा र कम्युनिस्ट विरोधी कृयाकलाप गर्न सकेसम्मको शक्ति प्रयोग गर्छन् । कम्युनिस्ट पार्टीका सदस्य पनि त्यतैतिर आकर्षित हुन्छन्, जुन बौद्धिक क्षमताको दिवालिया भएको प्रमाण हो ।

    बौद्धिक क्षमता उच्च बनाउन धेरै पसिना बगाउनुपर्छ । परिश्रम गर्न धौ भएपछि सजिलो–सजिलो काम गर्दा नेताको भूमिका समाप्त हुन्छ । त्यहाँबाट जनताको पिछडिएको चेतनाबाट फाइदा उठाउने सजिलो बाटो रोज्ने गर्दछन् । यो बौद्धिक क्षमता घटेको र घटाएको नतिजा हो ।

    जनताको सेवक बन्ने बाटो छोडेर शासक बन्ने बाटो पक्रेपछि कम्युनिस्ट पार्टीको सदस्यता कायम रहने कुरा भएन । कम्युनिस्ट पार्टीको सदस्यता कायम रहने कुरा भएन । कम्युनिस्ट पार्टीको सदस्यले मान्नुपर्ने सबैभन्दा मुख्य विषय सिद्धान्त, त्यसपछि राजनीति र तेस्रो पक्ष सङ्गठन हो ।

    पहिलो विषय नबुझेपछि अथवा बुझेर बुझ पचाएपछि दोस्रोको परिपालना पनि हुन्न । जहाँसम्म सङ्गठनको कुरा हो, त्यो सिद्धान्त र राजनीति मातहतको सङ्गठन हो । पहिलेका दुई वटा पक्षको महत्त्व नदिएर गरिने सङ्गठन र अनुशासनले अवसरवादी दिशातिर तान्दछ । अवसरको फाइदा उठाउनेबाहेक अरू काम गर्न सक्दैन । पार्टीको सिद्धान्त, राजनीति र सङ्गठनात्मक अनुशासन तीन वटै क्षेत्रमा स्तरोन्नति गर्न बौद्धिक क्षमताको स्तर उच्च बनाउनु अनिवार्य छ ।

    आइतबार, कार्तिक ०९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.