काठमाडौं । ब्राजिलको स्वास्थ्य मन्त्रालयले (कारोना भाइरस) कोभिड–१९ भ्याक्सिनको क्लिनिकल परीक्षणको क्रममा एक स्वयम्सेवकको मृत्यु भएको जनाएको छ । तर परीक्षण जारी रहने समाचार एजेन्सी रोयटर्सलाई उदृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।
Advertisement
ब्राजिलमा, अक्सफोर्ड आधारित कोरोना भाइरस खोपको लागि परीक्षण चलिरहेको छ, जसलाई एस्ट्राजेनिकाले ठूलो मात्रामा उत्पादन गर्ने छ ।
अक्सफोर्डले मूल्यांकनपछि परीक्षण जारी राख्ने कुरा गरेको छ र एक विज्ञप्ति जारी गर्दै भनिएको छ, ‘क्लिनिकल परीक्षणको सुरक्षाको बारेमा कुनै चिन्ता छैन ।’
एस्ट्राजेनिकाले अहिलेसम्म यस मुद्दामा टिप्पणी गरेको छैन ।
रोयटर्सले एक स्रोतको उद्धृत गर्दै भनेको छ कि यदि मरेका स्वयम्सेवकलाई कोविड १९ को खोप दिइयो भने यस बीचमा परीक्षण रोकिने थियो। तर उनलाई कोविड १९ को खोप दिइएन, तर मेनिन्जाइटिसको खोप दिइयो ।