मानबहादुर भण्डारी
बलबैँस छँदासम्म लुटेर खायौ
अब फेरि ढाँटेर छलेर सुतेर खायौ
अफ्ना विरोधी छानेर पाखा लगायौ
अब आँखा चिम्लिएर मनपर्दी रमाऔँ
अन्तरेजन्तरेहरूलाई ललिपप बाँड्यौ
नमान्नेहरूलाई बिलो लगाएर फकायौ
शक्तिको बाँडफाँड गरी सत्ता चलायौ
स्वाभिमानी शिरहरूलाई तह लगायौँ
\तिमीलाई के मतलब आफू हाँस अरू रुवायौ
आसेपासे जम्मा गरेर स्वादिष्ट भतेर खुवायौ
भोक रोग शोकले जनता जति मरे मरुन्
भ्रष्टाचार गर पुस्तौँपुस्ताक लागि पुग्ने कमायौ
राज्यकोषमा हालिमुहाली गरी मनपरी गर्यौ
आफू र आफन्तलाई देशविदेश घुमायौ
निर्लज्ज मत्तहात्ती बनेर चलाऊ नग्न हैकम
प्राकृतिक स्रोतसाधन विदेशीलाई भेटी चढायौँ
ठेकेदार, तष्कर, माफिया भ्रष्टलाई काखी च्याप्यौ
कमिसन खाऊ आफू र आसेपासेहरूलाई बनायौँ
न्याय, स्वतन्त्रता, समानताका निम्ति लड्नेलाई
प्रशासन लगाई बुटलाठी गोली बमगोला बर्सायौ
अनि पो बल्ल चल्ने छ जनविद्रोहको आँधीबेहरी
तब चल्ने छ जनक्रान्तिको तीव्रता बनेर सुनामी
चिहान खनिरहेछौ अझै खन अरू तीव्र गतिमा
फुल्ने छ क्रान्तिफूल मासेर वर्गदुस्मन यो धर्तिमा