• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

छेपारोबाट सिकौँ


  •   बुधबार, कार्तिक ०५, २०७७ मा प्रकाशित
  • ठाकुर खनाल

    Advertisement

    छेपारोे सर्वत्र पाइने सानो आकारको सरिसृप जीव हो । यसका विभिन्न प्रकारहरू हुन्छन् । कतिपय छेपारोका प्रजातिमा रङ बदल्ने र पुच्छर छाड्नेलगायतका गुण हुन्छन् । त्यही रङ बदल्ने गुणलाई मानिसका अवसरवादी व्यवहार र कुरा बदल्ने प्रवृत्तिसँग तुलना गरेर छेपारोलाई बदनाम गर्ने गरिन्छ । तर छेपारोले रङ किन बदल्छ भन्ने विषयमा हामी सबैलाई थाहा हुन जरुरी छ ।

    छेपारोले रङ आफ्ना शत्रुबाट बाँच्नका लागि बदल्छ । मानिसले पनि आफ्ना शत्रुबाट बँच्न रङ बदल्नुपरे बदल्नुपर्दछ । यसमा कुनै दोष छैन ।

    अझ बुझ्नुपर्ने यो कुरा यो छ कि छेपारोले रङ आफ्नो वातावरणअनुसार बनाउँछ । काठमा जाँदा काठको जस्तो, सेतो भित्तोमा जाँदा सेतो सेतो, ढुङ्गामा बस्दा ढुङ्गाको जस्तो; अथवा वा जुन वस्तुमा बस्यो, त्यसैअनुसारको रङ बदल्दै आफूलाई सुरक्षित बनाउँछ ।

    यस रङ बदल्ने कुरालाई मानिसको सामाजिकीकरणसँग तुलना गरौं ।

    मानिसको सामाजिकीकरण भनेको समाज जस्तो छ, त्यसैअनुसारको व्यवहार गर्नु हो; देशअनुसारको भेष गर्नु हो र सभ्य मानिस भनेको नै सामाजिकीकरण हुनु भनेको हो ।शिक्षाले मानिसलाई सामाजिकीकरण हुन सिकाउँछ । शिक्षित हुनु भनेको पनि समाजअनुसारका काम गर्नु भनेको हो । त्यसैले ठुला मानिससँग ठुलो मानिसले जस्तो व्यवहार गर; बच्चासँग बच्चा जस्तो बन; किसानसँग किसानजस्तो बन; मजदुरसँग मजदुरजस्तो, गरिबसँग गरिबजस्तो र दुःखमा परेकाहरूको पिरमर्का आफ्नोजस्तै ठान ।

    रङ बदल्न सके तिमी असल मान्छे बन्ने छौ । हरेक मानिसले समय, परिस्थितिअनुसार आफ्नो व्यवहार र भूमिकामा परिवर्तन गराउनु नै पर्दछ । छेपारोेले पनि त्यही सन्देश दिएको छ ।

    छेपारोले रङ बदल्नु उसको बाध्यता हो; तर व्यक्तिले आफ्नो निच स्वार्थको लागि कुरा बदल्नु, व्यवहार र दृष्टिकोण बदल्नु निन्दनीय कुरा हो ।

    एउटा क्रान्तिकारी युद्धका बेला क्रान्तिकारी योद्धाले वा राजनेताले आफ्नो रूप बदल्नैपर्छ । यदि आफूलाई त्यति बेला त्यसो गर्न सकेन भने के होला ? आफ्नो परिचय, हुलिया बदली आफनो काम फत्ते गरी सुरक्षित उम्कन सक्नुपर्दछ ।

    सही राजनीति, कूटनीतिलगायतका विषयमा पनि एकरूपताले काम दिँदैन । परस्पर दुई देशबिच युद्ध चलिरहेका बेला शत्रु देशको विशिष्ट व्यक्ति आफ्नो देशमा आउँदा तपाईंलाई भेट्दा असाध्यै खुसी लाग्यो भन्नैपर्ने हुन्छ । असल मित्रजस्तो बनेर आफ्नो देशको हितको पक्षमा वातावरण बनाउनुपर्छ; तर स्वार्थी व्यक्तिहरू आफ्नो स्वार्थ, शक्ति र सत्ताका लागि रूप बदल्ने गर्छन् । कूटनीति आफ्नो फाइदाका लागि प्रयोग गर्छन् ।

    हाम्रा धार्मिक ग्रन्थका अनेकौंँ कथामा पनि असल कार्यका लागि भेष बदलेको कुरा पाइन्छ । महाभारतमा पाण्डवहरूले भेष बदलेर आफ्नो कार्य सिद्धि गरेको कुरा रोचक ढङ्गले प्रस्तुत गरिएको छ ।

    अनि, छेपारोलाई रङ बदल्दा केको दोष ? परिस्थितिअनुसार मानिसले पनि असल कार्यको लागि रङ बदल्नैपर्छ; नत्र भने जीवन जीउन त्यति सजिलो छैन ।
    कतिपय छेपारो प्रजातिमा शत्रुले आक्रमण गर्दा पुच्छर छाड्ने गर्दछन् । ज्यान जोगाउन पुच्छर छाड्ने कुराबाट पनि हामीले केही सिक्न सक्दछौँ ।
    बढी ठुलो क्षति हुन लाग्दा अंश गुमाउनु ठुलो कुरो होइन ।

    पार्टी–सङ्गठनमा पनि यो कुरा लागु हुन्छ । पार्टीमा क्षति पुर्याउने केही तत्त्वलाई निस्कासित गर्दा पार्टी बच्छ भने निस्कासित गर्नुपर्छ । यो रोग लाग्दा शल्यक्रिया गर्नुजस्तै हो ।

    इस्ट इन्डिया कम्पनीसँगको नेपालको युद्धमा केही अंश नगुमाएको भए झन् ठुलो क्षति हुन्थ्यो ।

    छेपारोको पुच्छर छाड्ने प्रकृतिबाट महत्त्वपूर्ण सन्देशको रूपमा लिनुपर्छ ।

    छेपारोहरूमा आँखा घुमाएर अगाडि–पछाडि, तलमाथि, चारैतिर हेर्न सक्ने गुण हुन्छ । यसबाट मानिस पनि सधैँ चनाखो रहनुपर्दछ भन्ने संदेश लिनुपर्दछ । आफूले कार्य गर्दै अगाडि बढ्दा आफ्नो कार्यको सिंहावलोकन गर्नुपर्छ । कतै कुनै कमी–कमजोरी त भएन भनी सचेत रहनुपर्छ । चारैतिरको वस्तुगत स्थिति मूल्याङ्कन गरी कार्य गर्नुपर्छ । कुनै पनि कार्य गर्दा सधैँ योजनाबद्ध तरिकाले अगाडि बढ्नू भन्ने सन्देश दिन्छ । त्यसकारण छेपारोको चारैतिर हेर्ने गुणबाट धेरै सिक्न जरुरी छ ।

    छेपारोमा उपर्युक्त गुणबाहेक अन्य थुप्रै गुण पनि छन्, जुन मानिसले सिक्न सके उसलाई जीवनमा धेरै फाइदा हुन्छ ।

    छेपारोले मानिसलाई कुनै हानीनोक्सानी गर्दैन, बरु खेतबारीका बालीनालीमा लाग्ने किरा–फट्याङग्रा खाइदिएर बालीनाली बचाइदिन्छ ।

    घरभित्र हुने माउसुली प्रजातिको छेपारोे, जसले अति छिटो रङ फेर्दछ, त्यसले घरभित्रका किराकाँटी, माखा, लामखुट्टेलगायतका किरालाई खाएर मानिसलाई फाइदा पुर्याउँछ ।

    त्यस्तो जीवलाई हामी मानिसको खराब पात्रसँग तुलना गरेर छेपारोलाई असुरक्षित र बद्नाम गरिरहेका छौँ । यसलाई असुरक्षित र बदनाम नगरौँ, बरु संरक्षण गरौं र यसबाट सिकौँ । एउटा निर्दोष प्राणीलाई मानिसको खराब प्रवृत्तिसँग तुलना गरी बद्नाम गर्नु कदापि राम्रो होइन ।

    छेपारो लोप भए हाम्रो इकोसिस्टम नै खतरामा पर्दछ र त्यसबाट मानिसलाई समेत ठुलो असर पर्दछ । छेपारोबाट हरेक तह र तप्का व्यक्तिले थुप्रै गुण सिक्न सकिन्छ; तर छेपारो प्रवृत्ति भनेर छेपारो बदनाम छ ।

    बुधबार, कार्तिक ०५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.