• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

जनताको उपचार खर्च नब्यहोर्ने सरकारको निर्णय गैरजिम्मेवार : मसाल


  •   सोमबार, कार्तिक ०३, २०७७ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) ले सरकारको कोभिड–१९ सङ्क्रमितको उपचार खर्च नबेहोर्ने निर्णयलाई गैरजिम्मेवार बताएको छ । पार्टीले सरकारको यस्तो निर्णयलाई जनताप्रतिको कर्तव्यबाट भाग्न खोजेको आरोपसमेत लगाएको छ ।

    Advertisement

    पार्टी प्रवक्ता रामप्रकाश पुरीको हस्ताक्षरमा २०७७ कार्तिक ३ गते जारी प्रेसवक्तव्यमा पार्टीको सो धारणा सार्वजनिक भएको हो । वक्तव्यमा केही समयअगाडि सर्वोच्च अदालतले समेत कोभिड–१९ का बिरामीको निःशुल्क उपचार गर्नुपर्ने आदेश दिएको सन्दर्भमा सरकारको उक्त निर्णयलाई न्यायालयको आदेशको विरुद्ध रहेको पनि बताइएको छ ।

    पार्टीले भनेको छ– “नेपाली जनताले मौलिक अधिकार तथा मानवअधिकार, संविधानमा व्यवस्था गरिएका स्वास्थ्यसम्बन्धी प्रावधान, न्यायालयको आदेश आदिको संरक्षणका लागि कदम उठाउनुपूर्व नै सरकारले आफ्नो निर्णय र घोषणालाई फिर्ता लिएर कोभिड–१९ को नियन्त्रण र उपचारको सर्वसुलभ, वैज्ञानिक र समुचित व्यवस्था मिलाई जनतालाई सेवा उपलब्ध गराउन हाम्रो पार्टीले सरकारलाई सुझाव दिन चाहन्छ ।”

    वक्तव्यको पूर्ण पाठ यस्तो छ

    “नेपाल सरकारले कोभिड–१९ का सन्दर्भमा २०७७ कार्तिक २ गते स्वास्थ्य मन्त्रालयका प्रवक्तामार्फत अहिलेसम्म कोभिड–१९ को उपचार खर्च सरकारले ब्यहोर्दै आएकोमा अब आइन्दा उक्त उपचारको जिम्मेवारी नलिने र बिरामी आफैले यसको जिम्मा लिनुपर्ने भन्ने घोषणा गरेको छ । यो घोषणाबाट सरकारको गैरजिम्मेवारिता नाङ्गो रूपमा प्रस्तुत हुनुको साथै कर्तव्यबाट सरकार भाग्न खोजेको स्पष्ट हुन्छ ।

    स्वास्थ्यसम्बन्धी संविधान तथा अन्य कानुनी व्यवस्थाको विरुद्ध गरिएको त्यो घोषणा जनताको मौलिक तथा मानवअधिकारका विरुद्धसमेत रहेको छ । त्यसरी संविधानका विरुद्ध नै निर्णय गरेर सरकारले आफ्नो जनविरोधी प्रवृत्तिलाई उदाङ्गो पार्ने काम गरेको छ । केही समयअगाडि सर्वोच्च अदालतले कोभिड–१९ का बिरामीको उपचार राज्यले निःशुल्क रूपमा गर्नुपर्ने आदेश दिएको सन्र्दभमा सरकारले अहिले घोषणा गरेको कुरा न्यायालय विरुद्ध पनि रहेको कुरा प्रष्ट छ । हामीले सरकारद्वारा संविधान, कानुन र न्यायालय विरुद्ध भएको त्यो घोषणाको विरोध गर्दछौँ र जनताको मौलिक अधिकारको रूपमा रहेको स्वास्थ्य सेवाको अधिकारको प्रावधानलाई अहिलेको महामारीको बेलामा पूर्ण रूपमा र कडाइपूर्वक कार्यान्वयन गर्नका लागि माग गदछौँ ।

    कोभिड–१९ महामारीका कारण विभिन्न समयमा हुने गरेका लकडाउन, निषेधाज्ञा आदिका कारणले पैदा भएका आर्थिक समस्याको प्रकोपमा बहुसङ्ख्यक जनता नै बढी प्रभावित छन् । उनीहरू ठुलो सङ्ख्यामा बेरोजगार बन्न गएका छन् र त्यसबाट उनीहरूको जीविकोपार्जनको समस्या अत्यन्त जटिल बन्न गएको छ । त्यसरी विपन्नवर्गमा रहेका बहुसङ्ख्यक जनताको समस्यालाई समाधान गर्नका लागि सरकारले योजनाबद्ध ढङ्गले काम गर्नुका सट्टा बेजिम्मेवार हुँदै कर्तव्यबाट भाग्ने जुन घोषणा गरेको छ, त्यसबाट समस्याको समाधान हुने छैन । त्यसबाट देशमा गम्भीर राजनीतिक समस्यासमेत आउने र त्यसको फाइदा गलत तत्त्वले लिनसक्ने सम्भावनालाई अस्वीकार गर्न सकिन्न । त्यसैले त्यो घोषणा खालि तत्कालीन समस्याबाट भाग्नका लागि पर्याप्त हुने छैन, त्यसको दीर्घकालीन असर समग्र राजनीतिमा समेत पर्नसक्ने सम्भावनालाई अस्वीकार गर्न सकिन्न । सरकारले जनताका मौलिक अधिकार, संविधानका मूल्य र न्यायालयको आदेशको समेत पालना गरी आफ्नो त्यस प्रकारको अदुरदर्शी निर्णय र घोषणालाई तुरुन्त फिर्ता गर्न हामीले माग गर्दछौँ ।

    अहिलेको महामारीको सामना गर्न अभिभावकीय र नेतृत्वदायी भूमिकामा रहेर विश्वका सबै सरकार र राज्य कम्मर कसेर लागिपरेका छन् । त्यस प्रकारको स्थितिमा नेपालको सरकारले गरेको घोषणा विश्वका सामु एउटा लज्जास्पद कुरा पनि हो । त्यसैले नेपाली जनताले मौलिक अधिकार तथा मानवअधिकार, संविधानमा व्यवस्था गरिएका स्वास्थ्यसम्बन्धी प्रावधान, न्यायालयको आदेश आदिको संरक्षणका लागि कदम उठाउनुपूर्व नै सरकारले आफ्नो निर्णय र घोषणालाई फिर्ता लिएर कोभिड–१९ को नियन्त्रण र उपचारको सर्वसुलभ, वैज्ञानिक र समुचित व्यवस्था मिलाई जनतालाई सेवा उपलब्ध गराउन हाम्रो पार्टीले सरकारलाई सुझाव दिन चाहन्छ ।”

    सोमबार, कार्तिक ०३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.