बुटवल । रक्तिम साँस्कृतिक अभियानको केन्द्रीय प्रशिक्षण असोज ११ गतेदेखि बुटवलमा जारी छ । प्रक्षिणमा २० जिल्लाबाट ७० जना प्रशिक्षार्थीहरु सहभागी छन् ।
प्रशिक्षार्थीलाई नृत्य र गायन, अभिनय र वादनसहित सैद्धान्तिक प्रशिक्षण दिइएको रक्तिमका केन्द्रीय सचिव हेमराज आश्रमले जानकारी दिनुभएको छ ।
अभिनय, गायन र वादनतर्फ रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष रेम राना, सल्लाहकार नारायण योगी, जनवादी गायीका लक्ष्मी गुरुङ र हेमराज आश्रमले प्रशिक्षण दिइरहनुभएको छ । यस्तै, नृत्यतर्फ शुसीला थापा, तेजेन्द्र थापा, जीवन पुन र मिना बुढाथोकीले प्रशिक्षण दिनुभएको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
प्रशिक्षार्थीहरुलाई दुर्गा खरेल, राजेश विक, रेम राना र नारायण योगीले सैद्धान्तिक प्रशिक्षण दिनुभएको छ । प्रशिक्षणमा सहभागीहरु निकै उत्साहित देखिएका सचिव आश्रमले जनाउनुभएको छ ।

बुटवलस्थित राष्ट्रिय जनमोर्चाको क्षेत्रीय कार्यालयमा जारी प्रशिक्षण कार्यक्रम यही असोज १७ गतेसम्म सञ्चालन हुने रक्तिम केन्द्रीय कार्यालयले जनाएको छ ।
कार्यक्रमको उद्घाटन अभियानका अध्यक्ष रेम रानाले गर्नुभएको थियो ।
