काठमाडौँ । विश्वमा सङ्क्रमितको सङ्ख्या ४ करोडभन्दा माथि पुगेको छ । पछिल्लो चौबिस घण्टामा ३ लाख २४ हजार ९२६ जना नयाँ सङ्क्रमित थपिएसँगै सो सङ्ख्या बढेर ४ करोड २ लाख ६४ हजार २१८ पुगेको हो ।
गैरसरकारी अनुसन्धान संस्था वल्र्डोमिटर्सका अनुसार अहिले पनि विश्वमा सर्वाधिक सङ्क्रमितको सङ्ख्या अमेरिकामा नै छ । पछिल्लो चौबिस घण्टामा ४४ हजार ९४० जना थपिएसँगै त्यहाँ कुल सङ्क्रमितको सङ्ख्या ८३ लाख ८७ लाख ७९८ पुगेको छ । त्यस्तै त्यहाँ हालसम्म २ लाख २४ हजार ७३० जनाको मृत्यु भएको छ । पछिल्लो चौबिस घण्टामा ४४८ जना मृतक थपिएका छन् । हालसम्म त्यहाँ ५४ लाख ५७ हजार ६८१ जना निको भएर घर गइसकेका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या २७ लाख ५ हजार ३८७ पुगेको छ ।
सङ्क्रमितको तथ्याङ्कमा दोस्रो स्थान भारतको छ । यहाँ पछिल्लो चौबिस घण्टामा ५५ हजार ५११ जना नयाँ सङ्क्रमित थपिएसँगै कुल सङ्क्रमितको सङ्ख्या ७५ लाख ४८ हजार २३८ पुगेको छ । भारतमा हालसम्म १ लाख १४ हजार ६४२ जनाको मृत्यु भएको थियो । हिजो दिनभरिमा त्यहाँ ५७८ जनाको मृत्यु भएको थियो । भारतमा विश्वमै सर्वाधिक सङ्ख्यामा ६६ लाख ५९ हजार ८९५ जना डिस्चार्ज भएका छन् । त्यहाँ सक्रिय सङ्क्रमितको सङ्ख्या ७ लाख ७३ हजार ७०१ पुगेको छ ।
ब्राजिल कुल सङ्क्रमितको तथ्याङ्कमा तेस्रो स्थानमा छ । त्यहाँ कुल सङ्क्रमितको सङ्ख्या ५२ लाख ३५ हजार ३४४ पुगेको छ । पछिल्लो चौबिस घण्टामा त्यहाँ १० हजार ९८२ जना नयाँ सङ्क्रमित थपिएका थिए । त्यहाँ हालसम्म १ लाख ५३ हजार ९०५ जनाको मृत्यु भएको छ । गत २४ घण्टामा त्यहाँ २१५ जनाको मृत्यु भएको थियो । ब्राजिलमा ४६ लाख ५० हजार ३० जना डिस्चार्ज भइसकेका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या ४ लाख ३१ हजार ४०९ रहेको छ ।
कुल सङ्क्रमितको तथ्याङ्कमा रुस चौथो स्थानमा छ । त्यहाँ पछिल्लो चौबिस घण्टामा १५ हजार ९९ जनाँ नयाँ सङ्क्रमित थपिएसँगै कुल सङ्क्रमितको सङ्ख्या १३ लाख ९९ हजार ३३४ पुगेको छ । पछिल्लो चौबिस घण्टामा १८५ नयाँ मृतक थपिएसँगै त्यहाँ कुल मृतकको सङ्ख्या २४ हजार १८७ पुगेको छ । रुसमा १० लाख ७० हजार ५७६ जना निको भएर घर फर्किसकेको छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या ३ लाख ४ हजार ५७१ रहेको छ ।