शंकर प्रसाद पोख्रेल, गुल्मी ।
गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नं ६ मा राष्ट्रिय जनमोर्चाको वडा समिति गठन भएको छ । शनिबार खमरिपाटामा सम्पन्न भेलाले जित बहादुर श्रीसको अध्यक्षतामा १७ सदस्य वडा समिति गठन गरेको हो ।
समितिको सचिवमा मनु ढकाल, कोषाध्यक्ष ओम प्रकाश थापा र सदस्यहरुमा मोहराज ढकाल, टेक बहादुर श्रीस, प्रेम थापा, सागर थापा, उपेन्द्र थापा, रुद्रमाया थापा, पुस्पा थापा, अनिल थापा, कमल थापा। भुपाल थापा, हरि थापा, अर्जुन थापा, पुरन थापा र खडक बहादुर थापा रहनुभएको छ ।
कार्यक्रममा राजमो केन्द्रीय सदस्य एवं कालीगण्डकी गाउँपालिकाकी उपाध्यक्ष तारा थापाले भेलामा प्रशिक्षणात्मक मन्तव्य राख्दै देशको एक मात्र पार्टी राष्ट्रिय जनमोर्चाको राजनीतिक लाइन सही भएकोले सबै युवाले राजमोको झन्डा समाउनुपर्ने बताउनुभयो ।
यस्तै, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य रामकुमार क्षेत्रीले अहिले परिस्थितिमा राजनीतिलाई घाटा र नाफामा जोड्नु पूँजीवादी प्रवृत्ति भएको बताउँदै देशको असल र ईमानदार पार्टी राष्ट्रिय जनमोर्चा मात्र भएको दाबी गर्नुभयो । त्यसक्रममा नेताद्वयले तीस जना भन्दा बढीलाई राजमोको सदस्यता दिएर पार्टीमा स्वागत गर्नुभएको थियो ।
