• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

आज रोई रोई बाच्नेहरू भोलि हाँसी हाँसी मर्न तयार हुने छन्


  •   बुधबार, असोज २८, २०७७ मा प्रकाशित
  • रामबहादुर बुढा ।।

    Advertisement

    यहाँ कवि गोपालप्रसाद रिमालको एउटा प्रगतिवादी कविता ‘परिवर्तन’ लाई उल्टो बनाएर आजको कम्युनिस्ट आन्दोलनको अवस्थाको तुलना गर्न खोजिएको छ ।
    रिमालको उक्त कविता सरासर सुल्टो अवस्थामा निम्नानुसार रहेको छ–

    ‘हिजोसम्म रोई रोई बाँचिरहेका थिए
    आज तिनै हाँसी हाँसी मर्न तयार छन्
    हिजोसम्म जसको बोलीमा केही थिएन;
    मनको प्रतिध्वनिसम्म थिएन;
    मानिसले बोलेजस्तै थिएन;
    केवल शब्द थियो, अर्थ थिएन;
    आज तिनैको बोलीमा प्राण छ,
    व्यथा, उन्माद, आह्वान छ, आकर्षण छ,
    आज तिनैको मौनता पनि बोल्छ
    हिजोसम्म जो रोई रोई बाँचिरहेका थिए
    आज तिनै हाँसी हाँसी मर्न तयार छन्
    हिजोसम्म जसको हात भिखारीको जस्तो फैलिएको मात्र थियो
    आज त्यही हात अँजुली परेको छ—
    आफ्नो सम्पूर्ण जीवनलाई एक स्वप्नका निम्ति
    अर्पिदिने प्रेरणा त्यसमा आएको छ;
    हिजोसम्म जसमा लिने लाचारी मात्र थियो,
    दिने इच्छाको उदय पनि भएको थिएन;
    लाचारी, निश्छलता, कायरताका दिन बिते
    आज सब कटिबद्ध छन्, प्राण हत्केलामा छ ।
    हिजोसम्म जो रोई रोई बाँचिरहेका थिए
    आज तिनै हाँसी हाँसी मर्न तयार छन् ।
    हिजोसम्म जसको माया गर्ने मित्र थिएन,
    घृणा गरिदिने दुश्मनसम्म थिएन—
    त्यस्तो गरीब थियो !
    हिजोसम्म जसको क्षुद्रता नै सर्वस्व थियो,
    जो त्यही क्षुद्रतालाई कुच्री कुच्री
    कायरताको ढालले बचाएर हिँड्थे
    आज तिनैको ज्यान दिने टमात्र होइनन्
    ज्यान लिने दुश्मन पनि छन्—
    आज यस्ता धन छ !
    आज तिनैको छाती फुलेको छ, त्यही तिनको ढाल छ ।
    हिजोसम्म रोई रोई जो बाँचिरहेका थिए
    आज तिनै हाँसी हाँसी मर्न तयार छन् ।’

    कवि गोपालप्रसाद रिमाल नेपाली साहित्यमा गद्य कविता भित्राउने एउटा विशिष्ट साहित्यकार हुन् । प्रस्तुत कविता ‘आमाको सपना’ कविता सङ्ग्रहमा सङगृ्रहित छ । यही कविता सङ्ग्रहका लागि कवि रिमालले २०२० सालमा मदन पुरस्कार प्राप्त गरेका थिए ।

    यो कविता २००७ को राजनीतिक परिवर्तनको सेरोफेरोमा लेखिएको थियो । क्रान्तिकारी परिस्थितिमा बेग्लै वातावरण हुन्छ । विगतमा रोई रोई बाचेकाहरू पनि जब क्रान्तिकारी उभार आउँछ, हाँसी हाँसी मर्न तयार हुन्छन् । क्रान्तिकारी उभार सेलायो वा परिवर्तनकारी सङ्घर्षमा सिथिलता आयो वा क्रान्तिकारी सङ्घर्षले धोका खायो भने कवि रिमालको ‘परिवर्तन’ कविताको उल्टो स्थिति आउदो रहेछ ।

    कवि रिमालको उक्त कवितालाई उल्टाएर हेर्ने हो भने नेपालको आजको कम्युनिस्ट आन्दोलनको स्थितिसित मेल खाने छ । हेरौँ–

    ‘हिजो हासी हासी मर्न तयार हुनेहरू
    आज रोई रोई बाचिरहेका छन ।’

    मान्छेको दृष्टिकोण फेरिएपछि यस्तै हुन्छ । विगतमा प्रतिकृयावादी सत्ता उल्टाएर शोषित–पीडित वर्गको सत्ता लिन भनेर लागेका व्यक्तिहरू हाँसी हाँसी सहिद बन्न तयार थिए । तर तिनै ब्यक्तिहरू आज प्रतिक्रियावादी सत्तामा पुगेपछि विदेशी शक्तिकेन्द्रसित आफ्नो सरकार जोगाइदिन, पद र सुविधा जोगाइदिन हारगुहार गर्दै रुँदै रुँदै बाचिरहेका छन् । तल्लोस्तरका कार्यकर्ता माथिल्लो तहका नेताअगाडि पद, सुविधा नखोसिदिन वा पद, सुविधा बढाइदिन रोइरहेको छ ।

    रिमालको उक्त कविताको एक अंशलाई उल्टो बनाएर हेरौँ–

    ‘हिजो जसको बोलीमा प्राण थियो
    उन्माद, आह्वान र आकर्षण थियो
    हिजो तिनैको मौनता पनि बोल्थ्यो
    तर आज तिनको बोलीमा केही छैन
    मनको प्रतिध्वनिसम्म छैन
    मानिसले बोलेजस्तै छैन
    केवल शब्द छ, अर्थ छैन ।’

    मान्छेप्रतिको विश्वास हराएपछि यस्तै हुन्छ । जहिलेसम्म मान्छेको व्यवहारप्रति विश्वास हुन्छ, त्यति बेलासम्म उसको बोलीप्रति आकर्षण हुन्छ; बोलीमा तागत हुन्छ; दम हुन्छ । ऊ नबोले पनि उसको केवल उपस्थिति र हाउभाउले मात्र मानिसमा जोसजाँगर उम्राउँछ । विगतमा ब्यक्तिगत स्वार्थभन्दा सामूहिक स्वार्थ प्रमुख हो भन्दै इमान, जमान, क्रान्तिकारी नैतिकताको पाठ पढाउँदै हिड्ने ब्यक्ति आफै भ्रष्ट र पतित भएपछि, ऊ आफै ब्यक्तिगत स्वार्थमा चुर्लुम्म डुबेपछि ऊप्रतिको सबै विश्वास टुटेर जान्छन् । उसको बोलीमा शब्द हुन्छ, अर्थ हुँदैन ।

    उक्त कविताको अर्काे अंशलाई उल्टो बनाएर हेरौँ–

    ‘हिजो जसका मुट्ठीहरू लक्ष्यप्रति समर्पित भई उठेका थिए
    आज तिनै हातहरू भिखारीको जस्तै फैलिइरहेका छन्
    हिजो जसले आफ्नो एउटा सपनाका लागि
    सारा जीवन अर्पिदिने अठोट गरेको थियो
    आज उसमा लिने लाचारी मात्र छ
    मानौँ, दिने इच्छाको उदय नै भएको छैन
    लाचारी र कायरताका दिन बितिरहेका छन्
    हिजो जसले प्राण हत्केलामा राखेर हिँडेको थियो
    जो पूराका पूरा कटिबद्ध थियो
    आज उही रोई रोई बाचिरहेको छ ।’

    सपनाहरू पोलेर खाएपछि यस्तै हुन्छ । आज सपनाको हत्या भइरहेको छ । सुन्दर समानतामा आधारित समाजको निर्माण गर्ने अठोट बोकेर हिडेको भन्ने ब्यक्ति अहिले भिखारीले जस्तै चारचौरास हात फिजाउँदै हिडेको छ । लाचारिपन उसको जीवनशैली बनेको छ । परिवर्तका सारा इच्छा मारिएको छ । त्यहाँ श्वास छ, तर प्राण छैन ।

    रिमालको उक्त कविताको अन्तिम लाइनलाई उल्टो बनाएर हेरौँ–

    ‘हिजो जसको ज्यान लिने दुस्मनहरू थिए
    हिजो जसको ज्यान दिने दुस्मनहरू पनि थिए
    विगतमा तिनका छाती गर्वले फुलेका हुन्थे
    दुस्मनका आक्रमणसामु तिनै छाती ढाल थिए
    तर आज क्षुद्रता नै उसको सबथोक हो
    त्यही क्षुद्रतालाई कायरताको ढालले
    छोपेर कुचु्रक्क परी परी हिड्छ ।’

    दुश्मन र मित्रको रेखा मेटिएपछि यस्तै हुन्छ । विगतमा जो ब्यक्ति मित्रको पनि धनी थियो र सत्रुको पनि धनी थियो । तर अहिले मित्र र दुस्मन सबैलाई बराबर देख्छ । सबैलाई बराबर देख्न थालेपछि सत्रु र मित्रको धनी पनि रहेन । विगतमा दुस्मनका आक्रमणअगाडि आफ्नै छातीलाई ढाल बनाएर तेर्साउन तयार हुने व्यक्ति अहिले आफ्ना सम्पूर्ण लाजलाई कायरताको कवचले छोपेर बाचिरहेको छ ।

    कम्युनिस्ट नाम गरेको कुन पार्टी सरकारमा पुग्यो वा पुगेन ? कसले कति सांसद जित्यो वा जितेन ? स्थानीय तहमा कति प्रतिनिधित्व छ ? समग्र कम्युनिस्ट आन्दोलनको भविष्यका लागि यो त्यति धेरै महत्त्वको विषय हैन । यी नितान्त अल्पकालीन र अस्थायी कुरा हुन ।

    कम्युनिस्ट आन्दोलनको भविष्यका लागि दीर्घकालीन महत्त्वको कुरा यो हो कि आज हामीले कस्तो दृष्टिकोण बोकिरहेका छौँ ? कस्तो आचरण र जीवनशैली बाचिरहेका छौँ ? कार्यकर्ता र जनतालाई के सिकाइरहेका छौँ ?

    झण्डै ५ वर्ष जेलजीवन बिताएका र विगतमा द्वन्द्वको अनुभव बोकेर आएका एक जना नेताले लेखकसित भने– ‘यो पार्टी र त्यो पार्टी भन्नुभन्दा पनि समग्र कम्युनिस्ट आन्दोलन कता गइरहेको छ भन्ने कुरा मुख्य कुरा हो । विगतमा हामीले सुन र गहनाको अर्थ छैन । लेनिनले साम्यवादमा सुन ट्वाइलेटको कोप्रा बनाउन काम लाग्ने छ भनेका छन्; किनभने त्यसमा खिया लाग्दैन भनेर प्रशिक्षण गर्यौं । अहिले भोज र पार्टीमा हाम्रा कमरेडका श्रीमती सुनका गहना प्रदर्शनको प्रतिष्पर्धा गरेको देखिन्छ । काटे रगत रातै हुन्छ । मान्छे सबै बराबर हो भनेर द्वन्द्वकालमा धेरै जनाले अन्तरजातीय विवाह गरे । शान्ति प्रकृयामा आएपछि धेरै जनाको अन्तरजातीय विवाह असफल भयो । त्याग, समर्पण गर्न हैन, अहिले कार्यकर्तालाई लुट्न सिकाइरहेका छौँ । हामी भौतिकवादी भन्नेहरू धमाधम मन्दिर बनाउने काममा लागिरहेका छौँ । सामूहिक स्वार्थ प्रमुख हो, निजी स्वार्थ गौण हो भन्थ्यौँ तर निजी सम्पत्ति थुपार्नमै तल्लीन छौँ । अब कम्युनिस्ट आन्दोलनको भविष्य के हुन्छ ?’

    यी कुराहरू साँच्चिकै गम्भीर सोचनीय कुरा हुन् । ती नेताले गरेको कुरा यथार्थ हो । उनी आफू कम्युनिस्ट आचरण अपनाउन कति तत्पर छन् भन्ने अर्काे कुरा हो ।
    कवि रिमालको ‘परिवर्तन’ कविताको उल्टो अवस्था नै आजको कम्युनिस्ट आन्दोलनको मूल प्रवृत्ति हो, अवसरवादी प्रवृत्ति । तर सम्पूर्ण रूपले कम्युनिस्ट आन्दोलनको सकारात्मक पक्ष समाप्त भएको भन्ने हैन । कालो बादलमा सेतो चाँदीको घेरा भने झैँ निजी स्वार्थ विरुद्ध सामूहिक स्वार्थको पैरवी गर्ने, द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादमा विश्वास गर्ने र त्यसलाई व्यवहारमा लागु गर्न प्रयास गर्ने, क्रान्तिको भविष्यप्रति विश्वास गर्ने प्रवृत्ति पनि कुनैनकुनै रूपमा अस्तित्वमा छ । त्यो चिन्तन प्रवृत्ति बोक्ने जमात पनि कुनै न कुनैनकुनै रूपमा क्रियाशील छ । यही प्रवृत्तिलाई जोगाउँदै हुर्काउँदै गएमा नै कम्युनिस्ट आन्दोलनको भविष्य उज्यालो हुने छ ।

    के सधैँभरि उक्त ‘परिवर्तन’ कविताको उल्टो अवस्था रहिरहने छ ? हैन, रहने छैन । कवि रिमालको ‘परिवर्तन’ कवितामा भनेजस्तै फेरि परिवर्तन आउने छ । प्रतिकृयावादी व्यवस्थामा आएको सङ्कट र त्यस व्यवस्थाले गरेको अन्यायका कारण मानिसहरू सोच्न बाध्य हुने छन् । परिवर्तन हरेक चिजको अस्तित्वका लागि अनिवार्य छ भने आजको निराशा, हतासा, पलायन, निरीहता, रुन्चे मनोविज्ञानमा पनि परिवर्तन हुनु अनिवार्य छ ।

    कवि रिमालको ‘परिवर्तन’ कविताको उल्टो अवस्था परिवर्तन भएर सुल्टो अवस्था अवश्य आउने छ । कैयौँ रोई रोई बाचेकाहरू रुँदा रुँदै मर्ने छन्; तर कैयौँ रोई रोई बाँचेकाहरू फेरि हाँसी हाँसी मर्न तयार हुने छन् । नयाँ युगमा जन्मिएका नयाँ पुस्ताका मानिसहरू आफ्नो जमानाको नयाँ क्रम्बेलको इतिहास रचना गर्नतिर उद्यत हुने छन् ।

    बुधबार, असोज २८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.