राम गैरे ‘पाल्पाली’
Advertisement
मिलाऊँ हात समाज फेर्न सङ्घर्ष गरौँला ।
सफल भई बिहानी हेर्ने आसमा मरौला ।१।
मिलेर उठ दुःखको पल मिलेर फ्याँकौँला ।
खुसी खुसी हिँडेर हामी अगाडि सरौँला ।२।
सहिद भए साथी त हाम्रा सपना बोकेर ।
जागेर भन ल खाली ठाउँ हामीले भरौँला ।३।
मानव भई हामीले समाज विकास गरेर ।
देशमा नयाँ उज्यालो दिन किरण छरौँला ।४।
नभन अब हिमाल अनि तराई तिमीले ।
उकाली हुँदै ओराली पनि सँगै नै झरौँला ।५।