काठमाडौँ । दसैँतिहारजस्ता नेपालीहरूका ठुला चाड नजिकिएसँगै दसैँगीत सार्वजनिक हुन थालेका छन् । यसै सन्दर्भमा लोकदोहोरी गीत ‘दसैँ राम्रो’ सार्वजनिक भएको छ ।
Advertisement
गीतमा बलराम श्रेष्ठ, रामकृष्ण परियार र अमृता लुगेली मगरले स्वर रहेको छ । शब्द तथा सङ्गीत बलराम श्रेष्ठ र एरेन्ज मनोहर सुनामको रहेको छ ।
गीतमा परदेशिएका नेपालीले दसैँमा घर आउन नपाउँदाको चिन्ता जाहेर गरेका छन् भने घर बस्नेले पनि परदेशीको बाटो कुरिरहेको सन्देश दिन्छन् ।
कामको खोजीमा विभिन्न देशमा पुगेका नेपालीहरू चाडबाडमा घर नआउँदा जहान–परिवार र परदेशी दुवैलाई असहज हुने गर्दछ । झन् यस पटक कोरोना कहरका कारण विदेशिएका धेरै नेपालीहरु चाहेर पनि घर फर्कन नसक्ने अवस्था छ ।