काठमाडौं । अमेरिकाले भारतलाई चीनविरुद्ध युद्धको लागि उत्प्रेरित गरेको छ । केही दिनअघि मात्रै भारतलाई महत्वपूर्ण हतियार बेचेको अमेरिकाले चीनसँग वार्ता गरेर केही फइदा नहुने भन्दै युद्ध नै गर्न सल्लाह दिएको हो ।
टाइम्स अफ इन्डियाका अनुसार अमेरिकाका राष्ट्रिय सुरक्षा सलाहकार रबर्ट ओ ब्रायनले भनेका छन्, अब चिनियाँ कम्युनिष्ट सरकारलाई उसको बाटो बदल्न बाध्य बनाउने समय आएको छ । उनले चीनलाई बाध्य बनाउने तरिका ‘युद्ध’ भएको स्पष्ट पारेका छन् ।
ब्रायनले भनेका छन्, ‘चीनसँग वार्ता गरेर उसको बाटो बदल्न राजी बनाउन सकिँदैन । हामी अहिलेसम्म त्यही गर्दै आएका छौं । अब चीनलाई हामीले जवाफ दिने बेला आएको छ ।’
उनले भारतीय सीमामा चीनले दादागिरी गरिरहेका बताएका छन् । अमेरिकाको यो बयान यस्तो अवस्थामा आएको छ कि, यही अक्टुवर १२ तारिखका दिन लद्दाखमा भारत र चिनियाँ कमाण्डरबीच वार्ता हुँदैछ ।
द हिंदू अख़बारमा छापिएको एक रिपोर्टका अनुसार भारत–चीन सीमामा तनावका बीच आर्मीका सहायक प्रमुख लेफ्टिनेंट जनरल एसके सैनीले भनेका छन् कि, सशस्त्र बलको सुरक्षा आवश्यकता पूरा गर्नका लागि भारत आत्मनिर्भर बन्नुपर्छ । उनले चिनियाँ सिमामा सुरक्षा बल बढाउनुपर्नेमा पनि जोड दिएको समाचारमा उल्लेख छ ।
