खिमराज चालिसे, चंडिगढ (भारत) ।
महाराष्ट्र राज्यको तारापुरमा ह्रदयघातबाट मृत्यु भएका एक नेपालीको परिवारलाई मूल प्रवाहले सहयोग गरेको छ ।
Advertisement
गुल्मी जिल्लाको सत्यवति गाउँपालिका–२, चेहेमी पुर्वेटोला स्थायी घर भई भारतको तारापुरमा काम गर्ने क्रममा निधन भएका केशव कुँवरको परिवारलाई मूलप्रवाहले सहयोग गरेको हो ।
घरको आर्थिक अवस्था सुधार्न मुगलान पसेका कुँवरको २३ सेप्टेम्वरका दिन ह्रदयघातका कारण निधन भएको थियो । कुँवरको दाहसंस्कारका लागि नेपालीहरुले ३७ हजार रुपैयाँ संकलन गरी मृतकका परिवारलाई हस्तान्तरण गरिएको छ ।
तारापुरबाट टंक कुँवरले दिनुभएको जानकारी अनुसार केशव कुँवरको मृत्यु भएको १३औँ दिनमा उनको परिवारलाई सो रकम हस्तान्तरण गरिएको हो । मृतक कुँवरका श्रीमती, एक छोरा र एक छोरी छन् ।